बर्दिया १० जेठः बर्दियाको बाँसगढि नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले कोरोनालाई जित्नको लागी मनोवल उच्च राख्नु पर्ने बताउनु भएको छ ।
कोरोनाको दोस्रो लहर चलिरहँदा त्यसको व्यवस्थापन गर्दा गर्दै पोजेटिभ देखिएका नगर प्रमुख सालिकराम अधिकारीले कोरोनालाई हल्का रुपमा लिन नहुने बताएका छन् ।
साथै उनले कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गराउन आग्रह गर्दै होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई फोन सम्पर्क तथा पाएक पर्ने स्थानमा आफै गएर स्वास्थ्य अवस्था पनि बुझने काम गरिरहेकाछन् ।
हाल कोरोनालाई जितिसकेपछि नियमित काममा फर्केका अधिकारीले सो कुरा बताएका हुन् ।
बाँकेसंग सीमा जोडिएको बाँसगढि नगरपालिका क्षेत्र पनि कोरोनाको उच्च जोखिममा छ । त्यसो त बर्दिया जिल्ला नै उच्च जोखिममा रहेको छ । बर्दियामा भारतसंगको खुल्ला सीमानाका कारण संक्रमितको सख्या ह्वातै बढेको छ ।
बाँसगढि नगरपालिकामा शनिवार बाहेक अन्य दिन पीसिआर तथा इन्टिजेन टेस्ट भैरहेको छ । हालसम्म ५ सय ६१ जना संक्रमित देखिएकामध्ये २ सय ९७ जना होम आइसोलेसनमा रहेको प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
यो अवधिसम्म २ जना अस्पतालमा उपचाररत रहेका छन् भने हाल सम्म १२ जनाको मृत्यु भैसकेको छ । बाँकी संक्रमित निको भैसकेका छन् । अहिले पनि दैनिकजसो पीसीआर टेस्ट तथा इन्टिजेन टेस्ट भैरहेको बाँसगढि नगरपालिकाका कोरोना फोकल पर्सन उमेश गौतमले जानकारी दिए ।