बबई नदीमा आएको बाढीले बगर खेती बगायो, किसानलाई लाखौंको क्षती


बबई नदीमा आएको बाढीले बगर खेती बगायो, किसानलाई लाखौंको क्षती

बर्दिया १० जेठ : बबई नदिमा आएको पानिको बहावका कारण बगर खेति गरेका किसानको लाखौं रुपौयाँ बगर खेतीमा क्षति भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–४ जब्दि पुल आसपास क्षेत्रको बगरमा गरिएको खेतिमा बाढीले क्षती गरेको हो ।

बाढीका कारण किसानले लगाएको २० विघा क्षेत्रफलको खरबुजा, काक्रा, लौका लगायतका खेतीमा क्षती पुगेकोछ ।

केहि दिन अघि परेको वर्षाका कारण बबई नदिमा पानीको सतह ह्वात्तै बढेपछि नदी किनारमा लगाइएको खेति नष्ट भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख विनोद घिमिरेले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नदीमा आएको बाढीले तरकारी नष्ट गरेको निवेदन वडा कार्यालयमा आएको वडा अध्यक्ष रामबहादुर रावलले जानकारी दिए । उनका अनुसार स्थलगत अनुगमन गर्दा क्षती भएको पाइएको उनले बताए ।

नगदे बालीका रुपमा किसानले नदीको बगरमा गर्दै आएको खेतीमा क्षती पुगेपछि कोरोना भाइरस संक्रमणका बेला लगाइएको निषेधाज्ञामा जीविकोपार्जन गर्न समस्या थपिएकोछ ।

ताउ–ते चक्रावतका कारण मौसममा आएको बदलीले पश्चिम नेपालका क्षेत्रमा वर्षा हुदाँ आएको बाढीका कारण तरकारी खेति नष्ट भएपछि आफूहरुलाई राहत प्रदान गर्नुपर्ने किसानको भनाइ रहेकोछ ।