File Photo
बर्दिया(गुलरिया) ११ जेठ : बर्दियामा अक्सिजनको सहज आपूर्तिका लागि बर्दिया अक्सिजन बैंकमा सहयोग आउने क्रम जारी रहेको छ । सहयोग आउने क्रममा नेपाली काँग्रेसका नेताद्वय डाक्टर आरजु राणा देउवा र विनय रावलले बर्दिया अक्सिजन बैंकलाई सहयोग गरेकाछन् ।
काँग्रेस नेतृ आरजु राणा देउवाले एक लाख ५० हजार रुपैयाँ र नेता विनय रावलले एक लाख ५१ हजार सहयोग प्रदान गरेका हुन् ।
अक्सिजन बैंकलाई सहयोग गरेकी देउवाले यसअघि पनि धनगढी उपमहानगरपालिकालाई १० लाख नगद सहयोग गरेकी थिइन् भने विनय रावलले पनि बर्दियाको बिभिन्न स्थानीय निकायमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आइरहेका छन् ।
देशमा दोस्रो चरणको कोभिड–१९ का विरामीहरुको संख्या दिनानुदिन बढिरहेको र कोरोना अस्पतालहरुमा अक्सिजनको कमि पनि बढिरहेको छ ।
पोजेटिभहरु बढ्ने क्रममा कोरोना अस्पतालमा अक्सिजनको कमी देखिन थालेपछि अक्सिजन नपाएर कोही कोभिड संक्रमितले ज्यान गुमाउन नपरोस् भनी बर्दियाका व्यावसायी, उद्योगी, समाजसेवी र युवाहरु एकजुट भई ‘मेरो लागी अक्सिजनमा मेरो योगदान’ भनि सुरुवात गरिएको बर्दिया अक्सिजन बैंकका सदस्य शुधान्सु शर्माले बताए ।
हामीले अक्सिजन बैंकको स्थापना भएदेखि बर्दिया जिल्लामा रहेका कोरोना अस्पतालहरुले माग गरे बमोजिम अक्सिजन सिलिन्डर पुर्याइएको र आजसम्म पनि अक्सिजनको मागलाई सहज गराइरहेको शर्माले बताए ।
अक्सिजन बैंकलाई सहयोग आह्वान गरेदेखि हालसम्म करिब २५ लाख रुपैयाँ बैंकमा जम्मा भएको र सहयोग आउनेक्रम जारी रहेको समेत शर्माले जानकारी दिए ।
साथै बर्दिया जिल्ला भित्रका बिभिन्न कोरोना अस्पतालले माग गरे बमोजिम अक्सिजन सिलिन्डरका लागि सहजिकरण गरिरहेको र आज सम्म एक सय २० भन्दा बढि अक्सिजन सिलिन्डर कोरोना अस्पतालहरु पुर्याएको समेत शर्माले बताए ।
अक्सिजन आपुर्तिमा हामीले सहजिकरण गरे संगै बर्दियाका कोरोना अस्पतालले माग गरि बमोजिम अक्सिजन नपाएर कोहि विरामी तड्पिन नपर्ने बर्दिया अक्सिजन बैकमा सदस्य शुधान्सु शर्मा बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले दिएको पछिल्लो जानकारी अनुसार बर्दियामा दोस्रो चरणको कोभिड–१९ का सुरुवातसंगै हालसम्म ८५ जनाको मृत्यु भएको छ भने १६ सय ३५ जना कोरोना पोजेटिभ निको हुन बाँकी रहेका छन् ।