बर्दियामा हात्तिको आक्रमणमा परि ३ वर्षिया बालिकासहित आमाको मृत्यु


बर्दियामा हात्तिको आक्रमणमा परि ३ वर्षिया बालिकासहित आमाको मृत्यु

बर्दिया ११ जेठ : बर्दियामा हात्तिको आक्रमणमा आमा र छोरीको मृत्यु भएको छ ।

गेरुवा गाँउपालिका वडा नम्बर–१ सरखुल खपतपुर गाँउकी ३७ वर्षिय चन्द्रा विक र उनकी ३ वर्षिया छोरी दीपिका विकको जंगली हात्तिको आक्रमणमा परी मृत्यु भएको हो ।

हात्तिको आक्रमणमा परि आमा चन्द्राको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी छोरी दीपिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

सोमबार राति घरको आँगनमा सुतिरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तिको समुहले आमा छोरीलाई आक्रमण गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सो क्षेत्रमा अहिले निकुञ्जका कर्मचारी तथा सेना घटाइएको र जंगली हात्तिको समुहलाई धपाइएको छ । पछिल्लो समय बर्दियमा वन्यजन्तुको आक्रमण बढेकोछ । कहिले बाघ आक्रमण त कहिले हात्तिको आक्रमणले स्थानीयको ज्यान जानुका साथै उनका अन्नबाली समेत क्षती हुनेगरेकोछ ।