नेपालगन्ज: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न विधामा प्रतिस्प्रर्धा सम्पन्न भएकोछ । विभिन्न विधामा सम्पन्न खेलकुद प्रतियोगिताको विस्तृत विवरण यस्तोछ ।
एनआरएनएलाई पहिलो स्वर्ण
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन्। बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरेका छन् । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए ।
महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन्। फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन् । आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भएकी छन्।
हक्की: रमनको ह्याट्रिकमा पुलिसको जित
रमनको ह्याट्रिक मद्दतमा नेपाल पुलिस अपराजित रहंदै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ ।
खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ह्याट्रिक गरेलगत्तै ४७औं मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबूत अवस्थामा पु¥याएका हुन् । यसैगरी टिमका लागि खेलको ३८औं मिनेटमा योगेश कुमार बालझारे र ५३औं मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए ।
समूह ए मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो । सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी भने प्रदेश २ को हारसंगै उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ । समूह ए को विजेता पुलिसले समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशसंग तथा समूह बी को विजेता प्रदेश ५ ले आर्मीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
महिलामा गण्डकी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । गण्डकीले प्रदेश २ लाई २–० गोलले पराजित ग¥यो । सविना पुन राना र करुणा दर्लामी मगरले गोल गरे । यो समूहबाट अर्को टोलीको टुंगो लाग्न बाँकी छ । मंगलबार हुने प्रदेश १ र प्रदेश २ बीचको विजेता सेमिफाइनलमा पुग्ने छ । समूह ‘ए’ को लिग खेलमा आर्मी र प्रदेश ७ ले १–१ गोलको बराबरी खेले । प्रदेश ७ की अनिता श्रेष्ठले २७ औं मिनेटमा गोल गरिन् । ४८ औं मिनेटमा आर्मीकी दिलकुमार घलेले बराबरी गोल फर्काइन् । बराबरीसंगै गोलअन्तरका आधारमा प्रदेश ७ विजेता तथा आर्मी उपविजेताका हैसियतले सेमिफाइनल पुगे ।
साइक्लिङ: ओकश र लक्ष्मी पहिलो
आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् ।
गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा २६ मिनेट ४४ सेकेन्ड) तेश्रो भए ।
४.६ किलोमिटरको ४ ल्याप लक्ष्मीले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पार गरिन् । गण्डकीकी उषा खनाल (१ घण्टा ३३ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा प्रदेश ३ की निर्जला ताम्राकार (१ घण्टा ३५ मिनेट ५६ सेकेन्ड) तेश्रो स्थानमा रहे । एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी थिए ।
बास्केटबल: सेमिफाइनल समीकरण पूरा
आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ ।
लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले हराए । प्रदेश ३ की सदिना श्रेष्ठले १३, आर्मीकी सुमन्ता खड्काले १५, प्रदेश ७ की अनिता भण्डारीले १७ र प्रहरीकी एलिशा मल्लले १५ स्कोर गरे ।
पुरुषतर्फ प्रदेश ३, आर्मी, प्रहरी र गण्डकी सेमिफाइनलमा पुगे। प्रदेश ३ ले एपीएफलाई ६०–५१, आर्मीले प्रदेश १ लाई ७६–५५, प्रहरीले प्रदेश ५ लाई ६८–४२ र गण्डकीले सुदूर पश्चिम प्रदेशलाई ७७–४४ ले हराए । प्रदेश ३ का सदीश प्रधानले १९, आर्मीका आयुश सिंहले १६, प्रहरीका रितेश मगरले १७ र गण्डकीका सुदीप कार्कीले २१ अंक जोडे । सेमिफाइनलमा प्रहरीको भेट आर्मीसंग हुनेछ भने प्रदेश ३ ले गण्डकी विरुद्ध खेल्ने छ ।
स्क्वास: कृष्णाद्वारा भावना पराजित
आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छन् । ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोविन लिगको फाइनल सरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्ण र भावनले समान ४–४ खेल जितेका थिए ।
पुरुष सिंगल्समा कृष्णाका भाइ अमृत थापा मगर च्याम्पियन बनिसकेका छन् । विपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेश्रो भए । दुवै प्रदेश ३ का हुन् । पुरुष टिममा प्रदेश ३ पहिलो भयो । फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो । प्रदेश १ र एपीएफ संयुक्त रुपमा तेश्रो भए ।
जुडो: आर्मीलाई चार स्वर्ण
आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको दोश्रो दिन आर्मीले ४ स्वर्ण जितेको छ । दोश्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले २ तथा एपीएफले १ स्वर्ण जिते ।
पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए । सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरेका छन । ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते । फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए । १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले आर्मीका रमेशबहादुर चन्दलाई पाखा लगाउदै स्वर्ण जिते ।
महिला ७८ केजीमुनि आर्मीकी आकृति जोशी, ५२ केजीमुनि एपीएफकी देविका खड्का, ६३ केजीमुनि आर्मीकी निर्मला घर्ती मगर र ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भए । फाइनलमा आकृतिले प्रदेश ५ की दीपा गुरुङ, देविकाले प्रहरीकी दिलकुमारी छन्त्याल, निर्मलाले प्रहरीकी रेणुका थापा र पुनमले प्रदेश ५ की सम्झना चौधरीलाई पाखा लगाए ।
गोल्फः दुई बाहिररिए
आठौं राष्ट्रिय अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरू भएको छ । इन्डिभिज्योलतर्फ टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन । उनले सानदार सुरुवात गर्ने क्रममा ५ अन्डर ६७ अंक जोडी दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारेका हुन् । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र बयाक नाइन २ अन्डर ३४ मा पुरा गरे ।
शुक्र २ अन्डर ७० को नतिजामा दोस्रो स्थानमा रहेकाछन् ।युवा खेलाडी सुबाष तामाङ र अजित बिके १ ओभर ७३ अंककासाथ संयुक्तरुपमा तेस्रो स्थानमा रहे । महिलातर्फ १६ ओभर ८८ अंककाससथ प्रतिभा राई शीर्षस्थानमा रहदा कशमिरा शाहलाई ५ स्ट्रोकलेपछि पारिन । टिम ईभेन्टसमा प्रदेश एक १४४ अंक सहित पहिलो स्थानमा र सेना १५० अंककासाथ दोस्रोस्थानमा रहेका छन । तीन दिनदम्म चल्ने प्रतियोगितामा ३४ पुरूष र ६ महिलागरी कुल ४८ खेलाडीको सहभागिता रहेको छ । दुई महिला खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
बुद्धिचालःसुजना अगाडि
आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलामा छैटौं चरणको खेल सकिँदासम्म आर्मीकी सुजना लोहनी ६ अंकसाथ शीर्ष स्थानमा छन् ।
प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५–५ अंक जोडेका छन् । पुरुषमा ६ चरणको खेल समाप्तिसम्म प्रहरीका पुरुषोत्तम चौलागाईं तथा एपीएफका क्षितिज भण्डारी समान ५–५ अंकमा पहिलो स्थानमा छन्। उनीहरुलाई समान ४.५–४.५ अंक जोडेका प्रहरीकात्रय मदनकृष्ण कायश्थ, मनीष हमाल र सूरवीर लामा तथा आर्मीका भूपेन्द्र निरौलाले पछ्याइरहेका छन् ।
कबड्ीः आज सेमिफाइनल
आठौंअन्तर्गत राष्ट्रिय कबडीको पुरुषमा आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरेकोछ । महिलामा आर्मीले गण्डकीलाई ३६–१६, प्रहरीले प्रदेश १ लाई ७१–२२ र प्रदेश ५ ले प्रदेश २ लाई ५३–२४ ले हराउदै सेमिफाइनल यात्रा तय गरे । पुरुष÷महिला दुवैमा एक–एक लिग खेल हुने बाँकी छ । उक्त खेलसंगै मंगलबार सेमिफाइनल पनि हुनेछ ।
बक्सिङ:आर्मीलाई ४ स्वर्ण
आठौं राष्ट्रिय खेलकुदअन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल आर्मीले ४ स्वर्ण जितेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार भएको पुरुषतर्फको फाइनलमा सुशील थापा तथा आशिष दुवाडीले स्वर्ण हात पार्दा महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पूनम रावलले स्वर्ण जित्न सफल भए । पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण जितेका हुन् भने पुरुष ९१ केजीभन्दा माथिको तौल समूहको उपाधि भिडन्तमा प्रदेश ३ का सनी जुवाले पहिलो राउण्डमा खेल परित्याग गरेपछि आशिषले स्वर्ण चूमे ।
त्यसैगरी महिला ५१ केजीको फाइनलमा नेपाल आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राईलाई स्प्लिट निर्णयको आधारमा पराजित गर्दै स्वर्ण हात पारिन् । पूनमले पनि एपीएफकी विनिता थापा मगरलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण चुमिन् । सोमबारै सम्पन्न पुरुष ५२ केजीको सेमीफाइनलमा सफलता हात पार्दै एपीएपÞmका विक्रम परियार र आर्मीका तेज बहादुर देउबाले फाइनलमा भेट पक्का गरेका छन् । पुरुष ५६ केजी तौल समूहको फाइनलमा भने एपीएफका पुरन राई र प्रदेश १ का सुरेन्द्र राईले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बु इजम र आर्मीका एक बहादुर घले फाइनलमा प्रवेश गरेका छन् ।
ओलम्पिक टर्च लुम्बिनीमा
आठौं राष्ट्रिय खेलकुदको उदघाटनका क्रममा प्रज्वलन गरिने ओलम्पिक टर्च बुद्धजन्मस्थल लुम्बिनी आई पुगेको छ । प्रदेश नम्बर १ को बिराटनगरबाट चैत्र २९ गते ओलम्पिक टर्च यात्रा सुरु भएको थियो । बिराटनगरमा यस अघि राष्ट्रिय खेलकुदको सातौ सस्करण आयोजना भएको थियो ।
बिराटनगरबाट टर्च लिएर हिडेका चार जना ओलम्पियनहरु जीतबहादुर केसी, डम्बर कुँवर, विकास राना मगर र मेनुका राउत सोमबार लुम्बिनी आईपुगेका हुन् । चारै जना ओलम्पियनहरुले बुद्धजन्मस्थल लुम्बिनीमा रहेको बिश्वशान्ति दीपको ज्योति ओलम्पिक टर्चमा प्रज्वलीत गर्दै लुम्बिनी क्षेत्र परिक्रमा गरी गन्तब्य तर्फ प्रस्थान गरेका छन ।
लुम्बिनीबाट शान्ति दीप ज्योति सहितको ओलम्पिक टर्च बोकेर ओलम्पीयनहरु ५ गते प्रदेश नम्बर पाँचको नेपालगन्जमा हुने आठौ
राष्ट्रिय खेलकुदको उदघाटन स्थलमा पुग्नेछन् । उक्त टर्चलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्दै त्यहा रहेको ज्योतिमा प्रज्वलित गरेपछि आठौ राष्टिूय खेलकुदको विधिवत सुरुवात हुनेछ ।