पोशाकविहीन खेलाडी


पोशाकविहीन खेलाडी

नेपालगन्ज : बाँकेको नेपालगन्जमा चलिरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीले अहिलेसम्म खेल पोशाक पाउन सकेका छैनन् ।

राष्ट्रिय खेलकुद परिषद्ले समयमै पोशाक उपलब्ध गराउन नसक्दा उनीहरु पुरानै पोशाक लगाएर खेल्न बाध्य भएका छन् । परिषद्ले चैत ३० गते खेल पोशाक उपलब्ध गराउने जनाए पनि अहिलेसम्म खेलाडीले पोशाक नपाएको नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौला बताउँछन् ।
सोमबार मात्र स्वर्ण पदक जितेकी त्रिभुवन आर्मी क्लबकी पुनम रावलले नयाँ पोशाक नपाउँदा पुरानै लगाएर खेलेकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘नयाँ पोसाक पाइन्छ भनेर पुराना थोरै मात्र कपडा ल्याएको थिएँ’ उनले भनिन् ‘फाइनल जितिसक्दा पनि पोशाक पाउन सकिएन ।’
पोशाक आउन ढिला भएको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद् भण्डार शाखाका प्रमुख सनत बम मल्लले पोशाक ढिला आएकैले खेलाडीले समयमै पाउन नसकेको बताए ।

मंगलबारदेखि पोशाक बाँडिएको उनले बताउपनि कतिपय खेलाडी खेल सकेर घर फर्किसकेका छन् । व्यवस्थापन पक्षको कमजोरीका कारण पोशाकदेखि सञ्चार क्षेत्र प्रभावकारी हुन नसकेको व्यापक जनगुनासो आइरहेको छ । बक्सिङमा सात प्रदेश, तीन विभाग र एनआरएनए टोली गरी एक सय ७७ खेलाडी, प्रशिक्षक र अफिसियल गरी ४४ जना र निर्णाय ४२ जनाले पोशाक पाएका छैनन् ।