नेपालगन्ज २७ जेठ : राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको १६ औं स्थापना दिवसका अवसरमा बिहिवार बाँकेमा कार्यक्रम गरिएको छ ।
केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्दको उपस्थितीमा नीलसागर सेवा आश्रममा सहयोग गरि दिवस मनाइएको छ ।
आश्रममा आश्रितहरुका लागि खाद्यान्न एवं कोभिड– १९ सम्बन्धित स्वास्थ्य सामाग्रीहरू खरिदका लागि २० हजार ५०५ रुपियाँ नगद सहयोग गरिएको हो ।
सो अवसरमा केन्द्रीय उपाध्यक्ष चन्दले सम्पूर्ण स्वास्थ्यकर्मीको हकहितका लागि संघले स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए ।
चन्दले कोभिडको उच्च जोखिम नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै अझ उच्च मनोबलका साथ काम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।