बाँकेमा पहिलो पटक स्विमिङ्ग प्रशिक्षण शुरु


बाँकेमा पहिलो पटक स्विमिङ्ग प्रशिक्षण शुरु

नेपालगन्ज: आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै बाँकेमा पहिलो पटक स्विमिङ्ग ईन्स्ट्रक्चर क्लिनिक सुरुवात गरिएकोछ । पौडी खेलाडीहरुलाई लक्षित गर्दै उक्त ईन्स्ट्रक्चर क्लिनिकको सुरुवात गरिएको हो । बुधबार नेपालगन्ज स्थित होटल किचन हटमा आयोजित सो कार्यक्रम आगामी बैशाख ७ गते सम्म सन्चालन हुनेछ ।

राष्ट्रिय खेलकुद परिसदका सदस्य विनोद मैनाली तथा राष्ट्रिय पौडी संघका अध्यक्ष अशोक बज्रचार्यले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा ४० बढी खेलाडीलाई प्रशिक्षण दिइनेछ । कार्यक्रमको औपचारिक उद्घाटनमा जिल्ला स्विमिङ्ग एसोसियसन बाँकेको अध्यक्ष गोर्वधन सिंह सम्झना,मुख्य प्रशिक्षक शंकर कार्की, वरिष्ठ प्रशिक्षक इश्वर कार्की, प्रदेश पाँचका प्रशिक्षक चन्द्र चौधरी लगायतले कार्यक्रमको शुभकामना ब्यक्त गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला स्विमिङ्ग एशोसियसन बाँकेको आयोजना तथा राष्ट्रिय पौडी संघको सहयोगमा उपत्यका बाहिर देशमै पहिलो पटक बाँकेमा सो प्रशिक्षण तालिमको सुरुवात गरिएको हो । काठमाण्डौं पछि ठूलो अन्तराष्ट्रिय स्तरको पौडी पोखरी नेपालगन्जमा निर्माणाधिन छ । जहाँ आठौं राष्ट्रिय खेलकुद अन्र्तगत पौडी प्रतियोगिता आयोजना गरिनेछ । सो प्रशिक्षणले यस क्षेत्रका पौडी खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान हुने राखेपाका सदस्य मैनालीले बताए ।