संगितमय रङ्गशाला, कलाकारले गरे अभ्यास


संगितमय रङ्गशाला, कलाकारले गरे अभ्यास

नेपालगन्ज: आठौं राष्ट्रिय खेलकुदको बिहीबार औपचारिक उद्घाटन गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताएकाछन् । यसका लागि आवश्यक तयारी पुरा भइसकेको छ ।


राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम भएकाले नेपालगन्जको सुरक्षा व्यवस्था बुधबार साँझदेखि नै कडा पारिएको छ । सुरक्षाका लागि जनपथ र सशस्त्र प्रहरी खटाईएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

आठौं राष्ट्रिय खेलकुद भब्य र सभ्य रुपमा मनाउन औपचारिक उद्घाटनको पूर्व सन्ध्यामा नेपालगन्ज स्थित रङ्गशालामा कलाकारहरुले आफ्नो प्रस्तुतीको तयारी गरेका छन् । विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी लगायतको टोलीले बिहीबार हुने औपचारिक उद्घाटनको समारोहलाई भब्य र यादगारमय बनाउन विभिन्न भेषभूषामा सजिएर संगितमय वातावरणमा आफ्नो कला प्रस्तुत गरेका छन् । सोही क्रममा आतिसबाजी पनि गरिएको थियो ।

नेपालगन्ज रङ्गशालामा जम्मा भएका विभिन्न विद्यालयका विद्यार्थी, खेलाडी, सुरक्षाकर्मीका विभिन्न सास्कृतिक टिमले दृष्य यस्तो लाग्दथ्यो मानौ आजनै उद्घाटन कार्यक्रम हो । केही कलाकार आफ्ना साथीहरुसगै तालमा ताल मिलाइरहेका थिए । केहीले आफ्नो पालो कुरेर बसिरहेका थिए भने केहीले हौसला बढाइरहेका थिए । 


आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको पूर्वसन्ध्यामा गरिएको अभ्यासका क्रममा सेतोखरीका सह–सम्पादक विजय मल्लद्वारा कैद गरिएका तस्विर हेर्नुहोस् ।