बारबर्दियामा गर्भवती महिलासंग उपमेयर : ५०३ जनालाई स्वास्थ्य सामाग्रीसहित पौष्टिक आहार वितरण


बारबर्दियामा गर्भवती महिलासंग उपमेयर : ५०३ जनालाई स्वास्थ्य सामाग्रीसहित पौष्टिक आहार वितरण

बर्दिया ३ असार : गर्भवती महिलाहरुका लागी बारबर्दिया नगरपालिकाले स्वास्थ्य सामाग्रीसहित पौष्टिक आहार वितरण गरेको छ ।

बारबर्दिया नगरपालिकाका– ११ वटै वडामा रहेका करिब ५ सय ३ जना गर्भवती महिलारुलाई उपहार कार्यक्रम अन्तर्गत स्वास्थ्य सामाग्री सहित पौष्टिक आहार वितरण गरेको हो ।

पौष्टिक आहार उपहार अन्तर्गत अण्डा, हर्लिक्स, घीऊ तथा स्वास्थ्य सामाग्रीमा झुल, सेनिटाइजर, मास्क लगायतका सामाग्री प्रदान गरिएको नगर उपमेयर अञ्जु दहितले जानकारी दिइन् ।

उपमेयर दहितका अनुसार एक जना बरावर १ हजार ७ सय रुपैयाँ बराबर जम्मा ५ सय ३ जनालाई ८ लाख ५५ हजार रुपैयाँ भन्दा बढिको उपहार प्रदान गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

महिलाका समस्या महिलाले मात्रै बुझ्ने भएकाले गर्भ रहँदा अपनाउनु पर्ने सुरक्षा तथा खानपिनको विषयमा जानकार भएकै कारण आफूले हजार दिनको आमासँग उपमेयर भन्ने कार्यक्रम राखेर गर्भवती महिलाहरुसंग भेटघाट गर्दै उपहार प्रदान गरिएको उपमेयर दहितले बताइन् ।

प्रत्येक वडामा पुगेर प्रदान गरिएको सो उपहार कार्यमा प्रवक्ता दुर्गाबहादुर विश्वकर्मा (अविरल), महिला तथा बालबालिका शाखा महिला विकास निरीक्षक उषा पुन, स्वास्थ्य शाखाका गोविन्द पौडेल लगायतकाले गर्भवती गर्भवती महिलाले अपनाउनु पर्ने सुरक्षा तथा स्वास्थ्य सम्बन्धि मापदण्डका बारेमा जानकारी गराएका थिए ।

बारबर्दिया नगरपालिकाले यसरी गर्भवती महिलाहरुलाई सम्झेर उपहार वितरण गरेकोमा गर्भवती महिलाले खुसी ब्यक्त गरेका थिए ।