रङगशालाको गेट एक घण्टा ढिलो खोलियो
नेपालगन्ज:आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगन्ज अवतरण गरेकी छन् ।
नेपालगन्ज स्थित राँझा विमानस्थलबाट सोझै भुजइगााउस्थित होटल सोल्टीमा यतिखेर आराम तथा सभ्य भेटघाटका लागि उनी पुगेकिछन् ।
प्रतियोगिता सुरु हुन केही घण्टा बाँकी रहदाँ बाँके र बर्दियाका जनप्रतिनिधीसंग उनको भेट भइरहेको छ ।
नेपालगन्जको सुरक्षा कडा
२० वर्षपछि नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर यसक्षेत्रमा चर्चा चुलिएकोछ । प्रतियोगिताको उद्घाटनका लागि यतिबेला नेपालगन्जमा अतिविशिष्ट ब्यक्तित्वहरुको जमात लागेकोछ । राष्ट्रपतिको आगमनसंग सुरक्षा तीनैवटा निकाय यतिखेर नेपालगन्जमा चुस्तदुरुस्त पारिएकोछ । प्रतिबन्धित नेकपा विप्लब समूहको पूर्वघोषित बन्द र हुन सक्ने दुर्घटना न्यूनिकरणमा सुरक्षा दस्ता भरपूर मात्रामा परिचालन गरिएकोछ ।
रङगशालाको गेट एक घण्टा ढिलो खोलियो
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यतिबेला नेपालगन्ज रङ्गशालामा दर्शकहरुको बाक्लो भीड लागेकोछ । राष्ट्रपती विद्यादेवी भण्डारीद्वारा औपचारिक उद्घाटन गरिने प्रतियोगिताको आनन्द लिन नेपालगन्ज रङ्गशाला पुगेका दर्शकहरु गेट बाहिरै पर्खिनुपरेकोछ ।
आयोजकले प्रदान गरेको गेट पास लिएर रङ्गशाला आइपुगेका दर्शक, खेलाडीहरुलाई निर्वाध रङ्गशाला प्रवेश गराईएको छैन । यद्यपी आयोजकले प्रदान गरेको गेटपासमा रङ्गशाला प्रवेश बिहीबार बेलुका ४–५ बजेसम्म राखिएको छ । नेपालगन्ज रङ्गशालाको उत्तर, दक्षिण गेटमा बाक्लो दर्शको तातीँ देख्न सकिन्छ । सेतोखरीलाई प्राप्त सूचना अनुसार अहिले ५ बजे मात्र अर्थात एक घण्टा ढिलो रङ्गशलाको गेट खोलिएकोछ ।
यस्तो छ कार्यतालिका
खेलकुदको महाकुम्भ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ औपचारिक रुपमा राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
‘आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारासहित नेपालगन्ज स्थित रंगशालामा भव्य समारोहका बीच उद््घाटन गर्ने तयारी चलिरहेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनुका साथै ओलम्पिक टर्च समेत बालिनेछ । राति ९ बजेसम्म हुने कार्यक्रमको अन्त्यमा आतिशबाजीसमेत गरिने भएको छ ।
-बिहीबार बेलुका ४–५ वजेसम्म सर्वसाधरण लगायतलाई रङ्गशाला प्रवेश गराइनेछ ।
-साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ ।
-५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ ।
-६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ ।
-६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ ।
-७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत मन्तब्य राखिनेछ ।
-७ः१५ मा ओलम्पियन सुरेन्द्र हमालद्वारा ओलम्पिक टर्च बालिनेछ ।
सोही क्रममा उपस्थित विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी लगायतले आफ्ना सांगेतिक गतिविधि गर्नेछ ।
-करिब ९ बजे सम्म हुने कार्यक्रमको अन्त्यमा नेपालको राष्ट्रिय खेलकुद ईतिहासमै पहिलो पटक गरिन लागेको आतिशबाजी गराई दर्शक उपस्थित अतिथीहरुलाई मनोरञ्जन प्रदान गरिने पूर्व योजना रहेको राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।