कुमार जेभि कन्स्ट्रक्सनको बदमासी

हप्तादिन नपुग्दै पक्कि नाली भत्कियो, कालोपत्रे सडकको पनि अवस्था उस्तै


हप्तादिन नपुग्दै पक्कि नाली भत्कियो, कालोपत्रे सडकको पनि अवस्था उस्तै

बर्दिया १३ असार : कुमार जेभि कन्स्ट्रक्सनको बदमासीका कारण बर्दियाको गुलरियामा नवनिर्मि पक्कि नाली भत्किएकोछ ।

कुमार जेभिले गुलरिया बजारको उत्तरतर्फ निर्माण गरेको करिब एक सय मिटर पक्किनाला भत्किएपछि बर्दियाको जब्दीघाट पुल काण्ड दोहरिने भन्दै स्थानीयले चिन्ता ब्यक्त गर्न थालेकाछन् ।

बर्दियाको रम्भापुर–गुलरिया हुँदै भारतीय सीमानाका रजनवा जोड्ने सडक पक्किनालासंगै कालोपत्रे भइरहेकोछ । सडक सुधार परियोजना अन्तर्गत ६८ करोड बजेटमा रम्भापुर–गुलरिया– रजनवाको २९ किलोमिटर सडक कुमार जेभि कन्स्ट्रक्सन कम्पनीले लिएकोछ ।

सोही सडक क्षेत्रमा निर्माण भएको हप्तादिन नपुग्दै पक्किनाला भत्किएपछि स्थानीयले चिन्ता ब्यक्त गर्न थालेका हुन् । भने सम्बन्धित निकाय यसमा मौन बसेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

जव्दी घाटको पुल निर्माण भएसगै भत्किएपछि गुलरिया जयनगर हुदै पुर्व पश्चिम राजमार्ग रम्भापुरसम्म जोड्ने बाटो सम्बन्ध विच्छेद भएका कारण मर्कामा परेका नागरिकलाई पक्कि नाला भत्किएपछि उही घटना दोहरिने भन्दै चिन्ता ब्यक्त गर्न थालेका हुन् । अझ कुमार जेभि कन्स्ट्रक्सन निर्माण कम्पनीले एकातिर भुक्तानी लिनका लागि धमाधम मनपरी कालोपत्रे सडक निर्माण गरिरहेकोछ भने सोही सडकको ठाँउठाँउमा कालोपत्रे उप्किएर खाल्डो समेत पर्न थालेकोछ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बारबर्दिया नगरपालिकाको रम्भापुरबाट गुलरिया नगरपालिकाको गुलरिया बजार हुदँै भारतको सीमा रजनवासम्म जोड्ने सडक निर्माणको जिम्मा कुमार जेभि कन्ट्रक्सनले लिएको छ ।

सो सडकक्षेत्रमा निर्माण भइरहेको पक्कि नाली भत्किएपछि यसको गुणस्तरतामाथि प्रश्न उठिरहँदा समेत सम्बन्धित निकाय चुप लागेर बसिरहेकोछ ।

यकातिर निर्माण कम्पनीले काम गर्दै जाने र निर्माण भएको नाली तथा बाटो भत्किदै जाँदा समेत सम्बन्धित निकायले यसको नियमनमा ध्यान समेत दिएको छैन ।

यता गुणस्तरहिन सडक निर्माण र पक्कि नाला भत्किएपछि बढेको जन गुनासोलाई लिएर ठूला योजना निर्माणको जिम्मा लिएका निर्माण कम्पनिसंग समिक्षा गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए ।

उनले भने –‘हप्तादिनमै निर्माण गरिएको सडक र पक्कि नाला भत्किएको विषयमा गम्भिर भएर निर्माण कम्पनीसंग समिक्षा बैठक गरि सो विषयमा सचेत गराएका छौं ।’

निषेधाज्ञाको फाइदा उठाउँदै कमलसल सामाग्रीको प्रयोग गरि मोटो रकम असुल्ने धन्दामा कुमार जेभि कन्स्ट्रक्सन अग्रसर रहेकोछ ।

गुलरिया नगरपालिकाका योजना शाखा प्रमुख एव सूचना अधिकारी मुकुन्द अर्यालले गुलरिया नगरपालिकाको भन्दा बाहिरको बिकास योजनाको विषयमा नियमन तथा अनुगमन गर्ने संयत्र आफूहरुसंग नभएको हुँदा समस्या भएको बताए ।