आठौं राष्ट्रिय खेलकुद समुद्घाटन र यसले उब्जाएको प्रश्न


आठौं राष्ट्रिय खेलकुद समुद्घाटन र यसले उब्जाएको प्रश्न

नेपाली खेलकुदको ३८ वर्षे ईतिहासलाई हेर्दा यसले थुप्रै कालखण्ड पार गरेकोछ । यो अवधिमा थुप्रै राष्ट्रिय किर्तिमान कायम गरेकोछ । यसले देशभर विभिन्न विधाका उत्कृष्ट खेलाडी उत्पादन गर्नुका साथै खेलक्षेत्रमा आयामहरु पनि थपेकोछ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना यो लामो ईतिहासलाई हेर्ने हो भने हालसम्म सात वटा मात्र खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । आठौं राष्ट्रिय खेलकुद यतिवेला प्रदेश पाँचमा सञ्चालनमा छ ।

नेपालगन्जलाई केन्द्र बनाएर आयोजित ‘घरेलु खेलकुदको महाकुम्भ’ले देशभर चर्चा बटुलिरहेकोछ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महाकुम्भले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनायो । घरेलु खेलकुदको महाकुम्भ’ले खेलप्रेमी, खेलाडीलाई मात्र नभई देशव्यापीरूपमा खेलकुदमय वातावरण बनाइदियो ।
भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने खेलकुदको महाकुम्भलाई चलायमान गराउने र नयाँ गति दिने सबैभन्दा महत्वपूर्ण माध्यमका रुपमा आठौंलाई हेरिएको छ । राष्ट्रले प्रतिभावान खेलाडी उत्पादन गर्न नियमितरूपमा गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताले तल्लो तहबाटै छनोट प्रतियोगिताहरु आयोजना गरि खेलाडी छनोट गरिन्छ । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीहरूसँंग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन् ।

नेपालमा भने राष्ट्रिय खेलकुद सुरु भएको ३८ बर्ष पूरा भइसकेको भए पनि हालसम्म सातवटा संस्करण मात्र आयोजना हुन सकेका छन् । प्रत्येक दुई, दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन । अहिले आठौं खेलकूद प्रतियोगिता चलिरहेकोछ । नेपालगन्जमा बढेको गर्मीसँगै आठौंको सरगर्मीमा नेपालगन्ज छपक्कै डुब्यो । यतिखेर प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजकलाई भ्याईनभ्याई छ । गत चैत्र २७ गतेदेखि सुरु भएको प्रतियोगिताको २०७६ बैशाख ११ गते समापन हुनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

तोडिँदै ईतिहास
विगत ३३ वर्षयता राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण नियमित समयमा आयोजना हुन सकेको छैन । २०७५ सालसम्म आइपुग्दा १८ वटा संस्करण आयोजना भइसक्नुपर्ने भए पनि यस अवधिमा सातवटा संस्करण मात्र सम्भव भएका छन् ।

सातौं संस्करण आयोजना भएको दुई वर्षमै नेपालगन्जमा भइरहेको आठौँ संस्करणले ३३ वर्ष लामो इतिहास तोड्दैछ । २०४२ सालमा सम्पन्न तेस्रो संस्करणपछि हालसम्म राष्ट्रिय खेलकुद नियमित समयमा आयोजना हुन सकेको छैन ।

यसले सरकार र सम्बद्ध खेल अधिकारीका लागि पनि खेलकुद क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता दर्साउने गतिलो अवसर दिएको छ । सरकार तथा आयोजक कुनै पनि हालतमा पूर्व निर्धारित समयमै आठौँ राष्ट्रिय खेलकुद आयोजना गर्नुले लामो समयदेखि अनियमित बनेको राष्ट्रिय खेलकुदको क्यालेण्डरलाई सुधार्ने यो सबैभन्दा उपयुक्त अवसर हो ।

चुनौतीसंग लड्दै नेपालगन्ज
२०७३ सालमा पूर्वाञ्चलमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा आठौँ संस्करण नेपालगन्जमा आयोजना गर्ने भनेर घोषणा गर्न ठूलै कसरत गर्नुपरेको थियो । प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने, ‘तथ्य कसैसँग लुकेको छैन । हामीले पोखरामा हुनुपर्ने आठौंलाई नेपालगन्ज ल्याएका हौं ।

जसका कारण पनि हामीलाई निर्धारित समयमा प्रतियोगिता सक्नुपर्ने ठूलो दवाव थियो । त्यो चुनौती पुरा हुँदैछ । धरानमा सातौँको समापन समारोह सुरु भइसक्दासम्म पनि आठौँ आयोजनाको विषयलाई लिएर सम्बद्ध खेल अधिकारीबीच विवाद जारी थियो । अन्तिम समयमा आएर मात्र नेपालगन्जले आठौँ आयोजनाको अधिकार पाएको थियो ।

त्यसो त तत्कालिन समयमा राष्ट्रिय खेलकुद पालैपालो पाँचवटै विकास क्षेत्रमा आयोजना गर्ने परम्परा थियो । सो अनुरूप २०४० सालमा दोस्रो पोखरामा र २०५५ सालमा चौथो नेपालगन्जमा आयोजना भएको थियो । आठौं सञ्चालन गर्ने पालो त पोखराको थियो । यस आधारमा आठौँ संस्करण आयोजनाको अधिकार नेपालगन्जले भन्दा पहिले पोखराले पाउनुपर्ने थियो । सातौँ संस्करण सुरु हुनुअघि नै पोखरा आठौँ संस्करण आयोजनाको अधिकार पाउनेमा ढुक्क थियो ।

तर, हामीले पोखरालाई कन्भिन्स गर्न सक्यौ र प्रतियोगितालाई नेपालगन्जमा ल्याउन सक्यौं । विवाद बढ्दै गएपछि खेल अधिकारीहरू समेत विभाजित बनेको हामी माझ ताजै स्मरण छ । आठौँ खेलकूद आयोजनाको अधिकार पोखराबाट नेपालगन्ज आएपछि निर्धारित समयमै आठौँ संस्करण सफलतापूर्वक सम्पन्न गरेर देखाउनु पनि ठूलै चुनौती हाम्रा लागि बन्यो । तर, दत्तचित्त भएर गरे के हुन्न भन्ने कुरा नेपालगन्जले प्रमाणित गरेकोछ ।

प्रदेश संरचनामा पहिलो
राष्ट्रिय खेलकुदको सुरुवात अञ्चलगत संरचनाका आधारमा सुरु भएको थियो । सो समयमा १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे । अञ्चलबीच प्रतिसप्रधा गराइन्थ्यो । विस्तारै पाँच विकास क्षेत्रका आधारमा प्रतिश्प्रधा गराउन थालियो । यो अवधारणमा पाँचवटा विकास क्षेत्रका टोलीले प्रतियोगितामा भाग लिन्थे । त्यसपछि आएर पाँचवटा विकास क्षेत्रसँंगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पनि राष्ट्रिय खेलकुदमा प्रवेश दिइएको थियो ।

यतिबेला मुलुक संघीयतामा गइसकेको छ । आठौँ राष्ट्रिय खेलकुद नेपालगन्जमा आयोजना गर्ने घोषणा हुँदा विकास क्षेत्रकै आधारमा निर्णय गरिएको थियो । तर, त्यसपछि विकसित नयाँ राजनीतिक घटनाक्रम र पछिल्लो संविधानका आधारमा आठौँ राष्ट्रिय खेलकुदले पनि नजानिँदो किसिमले नयाँ स्वरूप ग्रहण ग¥यो । यस आधारमा अब आठौँ संस्करण प्रदेशगत ढाँचामा आयोजना हुने पहिलो राष्ट्रिय खेलकुद बन्यो ।

नेपालगन्ज–साग संयोग
२०५५ सालमा नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद आयोजना हुँदा नेपालमै आयोजना हुने आठौँ दक्षिण एसियाली खेलकुद (साग) को तयारी चलिरहेको थियो । चौथो राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नै थप प्रशिक्षण दिएर आठौँ सागमा सहभागी गराइएको थियो । त्यतिबेला सागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आफूलाई पदक तालिकाको दोस्रो स्थानमा उभ्याउन सफल भएको थियो ।

अहिले पुनः यस्तै संयोग जुरेको छ । राष्ट्रिय खेलकुदको आठौँ संस्करण नेपालगन्जमा अबको केहीदिनमै सकिदैछ । भने देश १३ औँ साग आयोजान गर्ने तयारीमा जुटेकोछ । नेपालगन्जसँग जोडिएको नेपाली खेलकुदको यो अत्यन्तै गर्विलो संयोग हो । यसको भरपुर फाईदा लिन सक्नुपर्छ ।

ऐतिहासिक उद्घाटनसगैं भएका त्रुटीहरु
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको प्रदेश पाँच खेलकुद विकास समिति नेपालगन्जले हालसम्म विभिन्न खेल सम्पन्न गरिसकेकोछ । औपचारिक उद्घाटन अगावै थुप्रै खेल प्रतियोगिता सम्पन्न भएका थिए । नेपालगन्जलाई केन्द्र बनाएर गरिएका औपचारिक उद्घाटनले देशब्यापी चर्चासगैं थुप्रै चुनौतिको पनि सामना गरेकोछ । यसले निर्धारित समयमै प्रतियोगिता सञ्चालन, रात्रीकालिन समुद्घाटन तथा आतिशबाजी गराउनु ठूलो उपलब्धी हुन् । तरपनि केही त्रुटि र कमजोरी देखिएका छन् ती यसप्रकारछन् ।

क) राष्ट्रिय झण्डाको अपमान : मार्चपासका क्रममा मोहोरम समितिले ल्याएको सवैभन्दा ठूलो झण्डाले सवैको ध्यायन तान्यो । नेपाली झण्डा ल्याएको मोहोरम समिति र आयोजकलाई भने के गर्दा झण्डा अपमान हुन्न भन्ने सामान्य हेक्का समेत राखेनन । उनीहरुले ल्याएको बडेमानको राष्ट्रिय झण्डामा तलपट्टिको कोणमा दुई ठाउँमा टालिएको पाइयो । जो नजिकै रहेका आम नागरिकले प्रष्टरुपमा देखिरहेका थिए । यस्तो अवस्थामा आयोजक र झण्डा ल्याउने समितिले ती कुरामा विचार र सावधानी अपनाउनुपर्ने थियो तर गरेनन् । वास्तविक नेपाली झण्डा जोडिएर बनाइदैन । यसले राम्रो गर्दागर्दै पनि राष्ट्रिय झण्डाको अपमान गरेको प्रष्ट हुन्छ ।

ख) राष्ट्रपतीको अपमान : आयोजकले मर्यादाक्रमको खुलेयाम धजिया उडाएको पाइयो । राष्ट्र ज्ञान पश्चात आफ्नो आसनमा बस्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसगैं दायाँबायाँ भएका मन्त्री, सदस्य सचिव, मुख्य मन्त्री लगायतका विशिष्टब्यक्तिहरु सगैं आसनमा बसे । उनीहरुको बसाई पनि त्यही अनुरुप राखिएको थियो । राष्ट्रपति आफ्नो आसनमा बसिसकेको केही समयको अन्तरालमा ड्यासमा आसिन विशिष्ट ब्यक्तिहरु बस्नुपर्नेमा राष्ट्रपति सगसगै बसे । जसका कारण आयोजक र ती ब्यक्तिहरुले राष्ट्रपतिको अपमान गरेको प्रष्ट थियो ।

ग)बाहिर टाईट भित्र अस्तब्यस्तः राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन रात्री समयमा सम्पन्न गरियो । देशकै बढि गर्मी हुने नेपालगन्जमा त्यो पनि गर्मीको समयमा गरिन लागेको उद्घाटनले सवत्र चर्चा लियो । मौसमले पनि केही तनाव दिन्छकी भन्ने भान भइरहदाँ बाँकेबासीलाई भने साथ दियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा औपचारिक उद्घाटन गरिने भनिएपछि आयोजकले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै रङ्गशाला परिसरलाई सुरक्षाकर्मीको घेरामा राख्यो । आम दर्शकको भने उल्लेख्य उपस्थिती हुन सकेन ।

सिमित गेटपास वितरण गरिएकाले गेटसम्म आएका दर्शक निराश भएर फर्कनुपर्ने बाध्याता आयो । भित्र प्रवेश गरेका दशर्कहरुको उचित व्यवस्थापन गर्न नसक्दा भित्रि वातवरण कुनै राजनितिक दलको आमसभा भन्दा कम थिएन । आयोजकले दर्शक, खेलाडी लगायतको ब्यवस्थापन भने समुचित ढंगले गर्न सकेन । सवैजनाको अभद्र उपस्थिती रह्यो । खेलमैदान र मैदान नजिक जुनसुकै समयमा पुगे । गञ्जागोलको दृष्यले व्यवस्थापकीय पक्षलाई गिज्याइरह्यो ।

घ) फितलो साउण्ड तथा लाईट : संघीय संरचनामा देश गएको पहिलोपटक नेपालगन्ज आएकी राष्ट्रपतीले खेलको सौन्दर्य बढेको नै थियो । तर, विभिन्न राष्ट्रिय अन्तराष्ट्रि इभेन्ट म्यानेजमेन्ट तथा औपचारिक उद्घाटनको राम्रो अनुभव बोकेका हस्तिहरुको लापरवाहीका कारण प्रतियोगिता आयोजना गर्ने आयोजक र सम्बद्ध निकायप्रति प्रश्न उठ्यो साउण्ड सिस्टम र लाईटका कारण ।

राष्ट्रपतिले प्रतियोगितालाई सम्बोधन गर्दै जब बोल्न सुरु गरिन् माइकको आवाज यति सुस्त थियो कि अर्को कुनामा बोेलेका दर्शकको आवाज अर्को पट्टि प्रष्ट सुनिन्थ्यो । राष्ट्रपती बोल्दा आवाज प्रष्ट नसुनिएका कारण थुप्रै दर्शक आफ्नो स्थानबाट ओहोरदोहोर गरिरहे । विशिष्ट ब्यक्ति बोल्दा पनि मानमर्यादामा ध्याननराख्नु त्रुटी हो ।

रङ्गशालामा जडान लाईट मध्ये पूर्वतिरको लाईट राष्ट्रपति बोलिरहँदा निभिरह्यो । प्याराफिटमा बसेका तथा मैदानमा रहेका दर्शक खेलाडी अतिथिहरुलाई त्यहाँ जडान लाईट सिस्टमले सोझै असर गरिरहेको थियो । लाईट सिस्टमको हाइट सानो हुनाले उनीहरुको आँखामा एन्टिलाईट परिरहेको थियो । अझ अर्को कुरा खेलमैदानमा प्रयाप्त लाईटिङ्गको व्यवस्था थिएन । बरु आकासमा देखिएको चन्द्रमाको प्रकाश प्रष्ट थियो । जसले दर्शकलाई कठिनाइ भएको थियो ।

ङ) हराएको अनुसाशन: दर्शक तथा खेलाडीमा अनुसान नभएको पाइयो । मार्चपास तथा सांगेतिक कार्यक्रम भइरहदाँ उपस्थित दर्शकहरु आफु अनुकुल ओहोरदोहोर गरिरहे । राष्ट्रपति बोल्दा होस् वा अन्य गतिविधि गर्दा सवैको अभद्र प्रस्तुती रह्यो । अझ मार्चपासका क्रममा विभिन्न जाती, धर्म, सस्कृति र पहिचान बटुलेको झाँकी सहितको मार्चपासका क्रममा मोहर्रम समितिले राष्ट्रपति अगाडी करिब डेढ मिनेट रोकेर बजा बजाइरह्यो । जसका कारण अघि हिडेको मार्चपास टोली धेरै पर पुगिसकेको थियो भने उनीहरुको पछी रहेका मार्चपासटोली बीचमै अड्किएको थियो । तर, नजिकै रहेका सुरक्षाकर्मीको चलाखीपुर्ण कार्यले कन्भिन्स गरेर टोली अगाडी मुभ गरायो ।

च) देखिएन रेड कार्पेट: देशकै ठूलो खेलकुद प्रतियोगिताको उद्घाटन गर्न सरिक राष्ट्रपति विद्यादेवि भण्डारीको स्वागतमा आयोजकले कन्जुसाई सगैं लापरबाही समेत गरेकोछ । राष्ट्रपतिको स्वागतका लागि आयोजकले रेड कार्पेट समेत विच्छ्याएन । विना रेडकार्पेट राष्ट्रपति प्याराफिट उक्लिएर आसन ग्रहण गरिन् ।

छ) नाम मात्रका भोलियन्टर: भव्य समुद्घाटका क्रममा मार्चपास गर्दै खेल मैदानमा जमा भएका खेलाडी, पत्रकार, आयोजक टिमले अनुसाशन तोडेको पाइयो । जसको दृष्य जब उद्घोषकले खेल मैदानमा जमा भएका मार्चपासको टोलीलाई आफ्नो स्थानमा जान र साँगेतिक कार्यक्रम गर्न कलाकारलाई बोलायो खेलमैदानमा छरपस्ट फालिएका पानीका बोतल, पलास्टिक, कागजका टुक्राले मैदान फोहोर देखियो । यस्तो अवस्थामा नजिकै रहेका सुरक्षाकर्मीले ती फोहोर उठाए । त्यसवेला आयोजकले खटाएको भोलियन्टरहरु कुन दुलामा पसे थाहै भएन । अझ बीच मैदान उत्तरपूर्व तर्फ कसैले क्यामेराको स्टाण्ड राखेका थिए त्यो हटाउन कसैले ध्यायन दिएनन ।

ज)कलाकारले पानी समेत पाएनन: आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटनका क्रममा आयोजित सांगेतिक कार्यक्रममा सहभागि कलाकारहरुले पानी समेत पिउन पाएनन् । उद्घाटन सुरुहुनु ३ घण्टा अघिबाट रङ्गशाला प्रवेश गरेका स्कुले विद्यार्थीहरुले खाजा त टाढैको कुरा तिर्खा लाग्दा पानी समेत पिउन पाएनन् ।

झ) प्रचारप्रसारमा कमी: सामान्य मेलाजात्रा, मोहोत्सव आयोजना गरिदाँ आयोजकले एकमहिना अघिदेखि सहरदेखि गाँउवस्तीसम्म प्रचारप्रसारलाई ब्यापकता दिइन्छ । त्यहीअनुरुप दर्शकको भीड र रौनकता बढ्ने गर्छ । तर राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भइरहदाँ पनि नेपालगन्जमा यसको प्रचारप्रसार नगन्यमात्रामा रहेको पाइयो । केही सञ्चारमाध्यममा प्रशरित समाचार तथा विभिन्न ब्यक्तिहरुले सामाजिक सञ्जालमा लेखेका र पोष्ट गरेका तस्विरका अलावा यसको प्रचारप्रसार भने हुन सकेन ।

केही सफल र नयाँ अभ्यास गरिएको छ । ती यसप्रकार छन् ।
अ)भब्य समुद्घाटन र आतिसबाजी: आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य सभ्य र यादगारमय बनाउन आयोजकले खेलकुदको ईतिसामा केही फड्को समेत मारेकोछ । यसअघि भएका प्रतियोगितामा पहिलो पटक रात्रीकालिन उद्घाटनसगै आतिसबाजी गरिएको छ । जसले रङ्गशालामा उपस्थित दर्शक लोभित हुनुका साथै रोमाञ्चित बनेका थिए ।

आ) पुरस्कारमा बढोत्तरी: आठौं राष्ट्रिय खेलकुद प्रतियोगता गरिरहदाँ आयोजकले विभिन्न विधामा प्रदान गर्ने पुरस्कार राशीमा भने केही बृद्धि गरेकोछ जसले खेलाडीलाई केही राहत प्रदान गरेकोछ । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार तथा राष्ट्रिय कीर्तिमान तोड्नेलाई २५ हजार प्रदान गरिनेछ ।

इ) एनआरएनको डेब्यु: पहिलो पटक एनआरएनले राष्ट्रिय खेलकुदको महाकुम्भमा सहभागिता जनाएकोछ । यससगै यसको चर्चा चुलिएकोछ ।
प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गरिरहेकाछन् ।