नेपालगन्ज :आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो चार बजेसम्म भएका खेलमा त्रिभुवन आर्मी क्लबले एक सय ३६ वटा पदक जितेको छ ।
परिषद्को मिडिया सेन्टरले दिएको जानकारीअनुसार ६० स्वर्ण, ४१ रजत र ३५ काश्यसहित आर्मीले यति पदक जितेको हो । प्रतियोगितामा एपीएफले २५ स्वर्ण, २२ रजत र ३१ कास्य गरी ७८, नेपाल पुलिसले २४ स्वर्ण, २३ रजत र २३ कास्य गरी ६० पदक हात पारेको छ । प्रदेश तीनले ६२, सुदुरपश्चिमले २७, गण्डकीले ३९ प्रदेश दुईले १८ पदक हात पारेका छन् ।
सेन्टरकाअनुसार प्रदेश पाँचले ४१ प्रदेश एकले ४४, कर्णाली प्रदेशले ५ एनआरएनले ५ वटा पदक जितेका छन् । अहिलेसम्म एक सय ४९ स्वर्ण, एक सय ४८ रजत, दुई सय २८ कास्य गरी जम्मा ५ सय २५ वटा विभिन्न पदक खेलाडीले पाएका छन् ।