नेपालगन्ज: नेपालमा आर्चरीको संस्थागत सुरुवात २०४४ सालदेखि नै भएको ईतिहास छ । तर, करिब दुई दशकसम्म यो खेल परम्परागत रूपमा खेलियो जसका कारण नेपालको अन्तर्राष्ट्रिय सहभागिता भने शून्य नै रह्यो । आर्चरीसंग जोडिएका सम्बद्ध सरोकारवालाहरुले यसको आधुनिकतामा जोड नदिदाँ नेपाली आर्चरी खेलले फड्को मार्न सकेको थिएन । अन्तर्राष्ट्रिय स्तरमा खेलिने आर्चरीमा जोड नदिँदा विश्वले आधुनिक आर्चरी खेल्न थालेको वर्र्षौंपछि मात्र नेपालले पछिल्लो समय यसमा घरेलुस्तरबाटै जोड दिन थालेकोछ ।
नेपालमै आर्चरीको विकास र प्रर्बद्धनमा जोड दिदै नेपाल आर्चरी संघले पछिल्ला वर्षहरुमा तदारुक्ताका साथ अघि बढेको पाइन्छ । यसबिच संघले स्वदेशमै थुप्रै ईनडोर आउटडोर प्रतियोगिता सम्पन्न गरिसकेकोछ । नेपालमा आधुनिक आर्चरी खेल्न थालिएको करिब आधा दशक मात्र भएको छ । खेल्ने ठाउँको अभाव, प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी लगायतका कारण नेपालले प्रशस्त सम्भावना हुदाँ हुदै अघि बढ्न सकेको छैन ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५/०७६का दौरानमा बाँकेमै पहिलो पटक आर्चरी प्रतियोगिता सम्पन्न भएको छ । सोही दौरानमा नेपालगन्ज आइपुगेका नेपाल आर्चरी संघका केन्द्रिय अध्यक्ष दिपकराज गुरुङ्गले बाँकेमा आर्चरी खेलको विकासको सम्भावना देखेकाछन् ।
आर्चरी खेलाडी समेत रहेका गुरुङ्गले यसको विकासका लागि राज्यस्तरबाटै लगानीको सिर्जना गरिए नेपालगन्जमा देशकै दोस्रो आर्चरी मैदान निर्माण हुनसक्ने बताए । उनले भने देशभरमा एउटामात्र आर्चरी खेलको मैदान पोखरामा मात्र छ । अन्य ठाँउमा छैन । जसका कारण यसको नियमित अभ्यास गर्न पाउनु नै हाम्रा लागि ठूलो चुनौती बनेकोछ ।
अध्यक्ष गुरुङ्गले थपे–राज्यपक्षबाट पनि यस खेलको विकास र प्रर्बद्धनका लागि त्यती चासो लिएको पाइदैन । खेलाडीहरुको विकासका लागि विभागीय टिमसंगको एकल सहकार्यले मात्र सार्थकता पाउदैन । यो खेलमा आज लगानी गरेमा भोली रिजल्ट आउदैन यसका लागि लामो समयसम्मको अभ्यासका साथसाथै खेल सामाग्रीहरु आवश्यकता पर्छ । अध्यक्ष गुरुङ्गले भने हामी आर्चरी संघ केन्द्रिकृत भएकै कारण पनि यसले थप चर्चा नपाएको बुझाईछ । हामी यस विषयमा सम्बद्ध सरोकारवालाविच समन्वय र सहकार्य गरिरहेकाछौं ।
नेपालगन्ज आएका संघका अध्यक्षले कुरा गर्दै भने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताले नेपालगन्जलाई त्यो सम्भावना प्रदान गरेकोछ । यहाँ खेलमैदानको समस्या छैन । भौतिक पूर्वाधारमात्र निर्माण गरिएमा आर्चरीसगै अन्य खेलको विकास समेत हुनसक्ने प्रचुर सम्भावना म देख्दछु । यो खेल एक प्रकारले महंगो खेल भएकाले पनि बुझाई गलत छ । एक ब्यक्तिका लागि आर्चरी खेलको सामाग्री सेट तयार पार्न साढे तीन देखि चार लाखसम्म लाग्छ ।
उनले थपे –धेरैको बुझाईमा अर्चारी खेल निशाना लगाउन सक्नेले खेल्ने खेल हो भनेर बुझेका छन् । तर, यसको सबै प्रकृया बुझने हो भने त्यस्तो छैन । निशाना लगाउनु खेलको एउटा पक्षमात्र हो । यो खेलले शरिरको मांसपेसीमा हुने तनाव, संकुचन, अस्थिरपञ्चरको सहि प्रयोग गर्न सिकाउँछ । र, त्यहीअनुसार खेलिन्छ । यो खेललाई उमेर र लिङ्गले छेक्दैन । बाहिरी भन्दा पनि आन्तरिक व्यवस्थापनको खेल हो आर्चरी । खेलाडीले कमानबाट तीर छोड्नु अगावै उसले आफ्नो टार्गेट निश्चित गरिसकेको हुन्छ ।
यस्तो छ, नेपालमा आधुनिक आर्चरीको ईतिहास
दुई सिंगापुर लाहुरेले नेपाललाई आर्चरीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल गराए । जसमध्ये दिपकराज गुरुङ्ग एक हुन् । सिंगापुरमा रहेर सेवा निवृत्त हँुदै नेपाल फर्किएका दिपकराज गुरुङ र किशोरकुमार गुरुङलाई आधुनिक आर्चरी नेपाल भित्र्याउनेको श्रेय जान्छ । उनीहरूकै प्रयासमा नेपालमा पहिलोपटक वि.सं.२०६२ मा राष्ट्रिय आर्चरी च्याम्पियनसिप भएको थियो । त्यसबखत यी दुईले नै आधुनिक आर्चरीका लागि आवश्यक सामग्री विदेशबाट ल्याएका थिए ।
हामीले त्यसबेला प्रक्रिया अघिनबढाएको भए नेपाल अझै परम्परागत आर्चरी खेलिरहेको हुन्थ्यो होला,’ हाल आर्चरी संघको अध्यक्षसमेत रहेका दिपकराज गुरुङ्गले भने– त्यसपछि नेपालमा पहिलो पटक आर्चरी राष्ट्रिय च्याम्पियनसिपको आयोजना भयो । र, यसैमार्फत नेपालमा आधुनिक आर्चरी पनि भित्रिएको हो ।’
भारतको नयाँ दिल्लीमा आयोजित १४ औं एशियाली आर्चरी च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । त्यसबखत अध्यक्ष स्वयम सहभागि थिए । उनले त्यतीखेर नै आर्चरीको विकासलागि उनीहरुसगं सहकार्य गरे । साउथ एशियन आर्चरी महासंघ पनि स्थापना भयो । पहिलो पटक ढाकामा भएको प्रतियोगितामा नेपालले श्रीलङ्का र भुटानलाई हराउदै पहिलोपटक ब्रोज मेडल प्राप्त ग¥यो ।
महँगो खेल भएका कारण चाहेर पनि खेलाडीको सहभागिता यस खेलमा धेरै हुनसकेको छैन । नेपाल आर्चरी संघका अध्यक्ष गुरुङ्गले हाल नेपालमा करिब दुइ सयको हाराहारीमा आर्चर रहेको अनुमान गर्छन् । आपैmँले इक्विपमेन्ट किनेर खेल्नुपर्ने स्थिति, इक्विपमेन्ट किन्न निकै पैसा लाग्नु, खेलाडी स्वयमले लगानी गरेर यो खेल खेल्नुपर्छ ।
यद्यपि, सम्भावना भने नेपालले देखाइसकेको छ । नयाँदिल्लीमा एसियन च्याम्पियनसिपमा सहभागी भएपछि त्यहाँ उपस्थित दक्षिण एसियाका प्रतिनिधि मिलेर दक्षिण एसियाली महासंघ गठन भयो र यसले तत्कालै दक्षिण एसियाली च्याम्पियनसिप खेलाउने निर्णय पनि र्गयो । उक्त प्रतियोगितामा सहभागिता जनाउँदै नेपालले टिम इभेन्टमा कास्य पदक जित्यो, जुन नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय आर्चरी पदक हुन पुग्यो ।
सन् २००९ मा नेपालले दक्षिण एसियाली च्याम्पियनसिपमा नै स्वर्ण पदक जित्यो, प्रेमबहादुर पुन पहिलो भएपछि । ११औँ दक्षिण एसियाली खेलकुदमा नेपालले टिम इभेन्टमा कास्य पदक जितेको थियो । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । अध्यक्ष गुरुङ्गले लगानी भए नेपालले आर्चरीमा धेरै गर्न सक्ने बताए । प्राविधिक र पूर्वाधारको हिसाबले नेपालको स्थिति आर्चरीमा निकै कमजोर छ । पोखरामा देशकै एक मात्र आर्चरी फिल्ड (आर्चरी खेल्ने ठाउँ) छ । यसबाहेक दूरी नापेर अस्थायी रूपमा प्रतियोगिताहरू सञ्चालन गर्ने गरिएको छ । यद्यपि, खेलाडीलाई विभिन्न समूहमा एकत्रित गरेका क्लबहरूका कारण अहिलेसम्म नेपाली आर्चरी यहाँसम्म आइपुगेको उनले बताए ।
२०६४ सालमा नेपाल आर्चरी संघ पुनर्गठन भएपछि यस संघको क्रियाशीलता बढेको छ । विदेशबाट सामग्री मगाउनेदेखि लिएर प्रशिक्षकहरू तयार गर्नका लागि पहलहरू भएका छन् । आर्चरी एउटा निश्चित दूरीमा खेलिने खेल हो । यद्यपि लामो समयसम्म प्रशिक्षक अभावमा रहेको स्थितिमा उनको आगमनले नेपाली आर्चरीबाट आशा गरिन थालिएको छ ।