बाँसगढी(बर्दिया) २५ असारः चुरे पहाड र बलौटे माटोसहितको भूबनोटका कारण बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर एकका स्थानीयबासीले वर्षौंदेखि सास्ती भोग्दै आएकाछन् ।
बाँसगढी नगरपालिकाका वडा नम्बर १ का बासिन्दालाई आफ्नै वडा कार्यालय र नगरपालिका कार्यालय आउजाउमा समस्या हुने गरेको हो ।
बर्दियाको उत्तरतर्फ रहेको सो वडासंग सुर्खेत, बाँके तथा सल्यान जिल्लासंग सीमा जोडिएको छ । सल्यानसंग सीमा जोडिएका गाँउका वासीन्दालाई वडा कार्यालय रहेको स्थान चेपाङ्घसम्म पुग्न निकै समस्या हुने गरेको छ ।
हिँउद र सुख्खा समयमा बाँसगढी नगरपालिका वडन नम्बर १ का वस्तीमा यात्रुबहाक साधन सहजरुपमा सञ्चालन हुने गरेपनि बर्खायाममा भने वडा कार्यालयसंगै बाँसगढी नगरपालिकासंग सम्बन्ध विच्छेद हुने गरेको छ । जसले गर्दा सो क्षेत्रका नागरिकको जनजिवन कस्टकर हुदैँ आएकोछ ।
यही समस्या र चुनौतीकाबीच बाँसगढी नगरपालिकाले सो क्षेत्रको सडक स्तरउन्नती गरि वर्षभरी सवारीसाधन चल्ने वातावरण निर्माणमा अघि बढेकोछ ।
बर्दियाको अति बिकट मानिने बाँसगढि नगरपालिका वडा नम्बर–१ का थक्लेनि, कुरुल्ले, बाटुल्ले, भंगाह लगायतका गाँउका बासिन्दाहरु चेपाङ्घ गाउँमा रहेको वडा कार्यालय र बाँसगढीमा रहेको नगरपालिका पुग्न निकै समस्या हुने गरेको थियो । अझ बाँसगढी नगरपालिका पुग्न सो वडाका बासिन्दा बाँके जिल्लाको चिसापानी–कोहलपुर हुदै जानुपर्ने बाध्यता रहेको छ ।
सो क्षेत्रमा सडक सञ्जाल विस्तार गर्दै बाँसगढी नगरपालिकाले पहिरो जाने स्थान तथा विग्रिरहने स्थानमा सडक मर्मत गर्नुका साथै आरसीसी ढलान सहितको बाटो निर्माण गर्ने भएको छ । यस्तै अन्य स्थानमा ग्रावेल गरि सडक मर्मत गरिन लागेको बाँसगढि नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले बताए ।
उनका अनुसार वर्षायामा हुने यातायातको सम्बन्ध विच्छेदलाई रोक्नका लागी तत्काल यो बाटोलाई मर्मत गरिन लागेको बताए ।
बर्दिया जिल्ला मधेश, तराई क्षेत्रमा रहेको सुगम जिल्लाका रुपमा परिचित छ । तर, सडक सञ्जाल र भूबनोटले पीडित सो क्षेत्रका नागरिकका लागी सुगमले कुनै अर्थ राखेको छैन ।
रत्नराजमार्गसंग जोडिएको चेपाङ्घ बजार बबई नदिको किनारमा रहेको छ । पश्चिम उत्तरमा सुर्खेत, सल्यान, पुर्वमा बाँकेसंग सीमा जोडिएर रहेको सो वडाका नागरिकलाई यो बाटो निर्माण भएसंगै वडा कार्यालाय तथा नगरपालिका आउजाउमा मात्र सहज नभइ उनीहरुको दैनिकी फेरिने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसी बताउँछन् ।
वडाअध्यक्ष जयराज पाण्डेले पहिरो जाने स्थानमा सरिया राखेर आरसीसी सहितको बाटो निर्माण गरिने भएका हुँदा त्यस क्षेत्रका ४ वटा गाउँका हजारौ नागरिक प्रत्येक्ष लाभावन्तित हुने भन्दै सडकसञ्जालले स्थानीयले उत्पादन गरेका कृषि लगायतका सामाग्रीहरुले पनि बजार पाउनेछ ।
ईन्जिनियर बलराम पौडेलका अनुसार २ किलो मिटर २ सय ५० मिटर लम्वाई रहेको सो बाटोको वरीपरी पक्कि नाली निर्माण गरिनेछ । चेपाङ्घ– भंगाहा सडक निर्माण नामाकरण गरी निर्माण कार्य सुरु गरिएको सो बाटोमा एक करोड ६६ लाख ४० हजार ४ सय १२ रुपैयाँ २१ पैसाको लागतमा निर्माण सम्झौता भई काम सुरु भएको छ ।