बर्दियामा प्रधानन्यायाधिशको पुत्ला जलाइयो


बर्दियामा प्रधानन्यायाधिशको पुत्ला जलाइयो

बर्दियाको गुलरियामा प्रधानन्यायाधिशको पुत्ला जलाउँदै । तस्विर: दीपक शर्मा /सेतोखरी

बर्दिया ३० असार : सर्वोच्च अदालतले विदेशी शक्तिको इसारामा फैसला गरेको भन्दै बर्दियामा प्रधानन्यायाधिसको पुत्ला दहन गरिएको छ ।

जिल्ला अदालत अगाडि भएको विरोध सभामा राष्ट्रिय युवा संघ नेपाल बर्दियाले प्रधानन्यायाधिस चोलेन्द्रशमशेर जवराको पुत्ला जलाएको हो ।

यस अघि विभिन्न नाराबाजी गर्दै गुलरिया बजार परिक्रमा गरिएको थियो ।

विरोध शभामा बोल्ने वक्ताहरु नेपाल किसान महासंघका केन्द्रिय सचिव एव नेकपा एमालेका युवा नेता खडकबहादुर खडका, अनेरास्ववियुका महेन्द्र पंगेनी र राष्ट्रिय युवा संघ बर्दियाका राजु पहारीले विदेशी शक्तिको ईशारामा गरिएको फैसला नेपालीको हितमा नभएको बताउँदै गलत फैसलाले जनादेशलाई लत्याएको बताएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

गणतन्त्र सस्थागत गर्न अझै चुनौती थपिएको भन्दै सर्वोच्चको फैसलाले दललाई पाखा लगाएको बक्ताहरुको भनाई थियो । साथै बर्दियामा राजु पहारीको संयोजकत्वमा युथ फोर्स पनि गठन गरिएको छ ।