चैते धानप्रति बाँकेका किसान आकर्षित


चैते धानप्रति बाँकेका किसान आकर्षित

नेपालगन्ज ३१ असार : चैते धानप्रति बाँकेका किसान आर्षित बन्दै गएकाछन् । खाद्यान्नको आपुर्तिलाई थप सहज बनाउन तथा किसानको आर्थिक स्तर बृद्धि गर्नका लागी बाँकेमा हालै सुरु गरिएको चैते धान खेतिको परीक्षणमा यस्तो पाइएको हो ।

बाँकेमा ५७ हजार २ सय ५२ हेक्टर जमिन खेती योग्य रहेको छ त्यस मध्ये हाल कृषि ज्ञान केन्द्रको तथ्याङ्घ अनुसार सिचाँइको सुविधा १४ हजार ५ सय हेक्टर जमिनमा मात्रै भएपनि वर्षेनी ३६ हजार ५ सय हेक्टर जमिनमा धान खेति गरिदँै आइएको छ ।

यस बाहेका बाँकेको सिक्टा आयोजनाले करिब ३० हजार हेक्टर जमिनलाई पुग्ने गरी पानि छोड्दै आएको छ । धानपछि बाँकेका किसानले गहुँलाई दोस्रो बालिका रुपमा लागउने गरेका छन् । बाँकेमा गहुँ ३६ हजार ५ सय हेक्टर जमिनमा लगाइदैँ आइएको छ ।

सिचाँईको पहुँच भएको भएपनि वर्षमा एक सिजन मात्रै धान खेति गर्दै आइरहेका बाँकेका किसानका लागी कृषि ज्ञान केन्द्रले चैते धानतर्फ किसानलाई आकर्षित गर्नका लागी मल, बीउ तथा प्राविधिक ज्ञान निःशुल्क रुपमा प्रदान गरिरहेको कृषि ज्ञान केन्द्र बाँकेका बरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार अहिले परीक्षणका रुपमा राप्ती सोनारी गाँउपालिका र बैजनाथ गाँउपालिकाका केही वडामा चैते धान खेती गरी परीक्षण गर्दा उत्पादन तथा किसानको आकर्षण बढेको पाइएकोछ । चैते धानमा किसान आर्कषित बनेपछि आगामी वर्षमा यसलाई थप विस्तार गर्दै लैजाने ढकालले बताए ।

कृषि ज्ञान केन्द्रले स्थानीय तहसंग समन्वय गरेर चैते धानमा किसानलाई सहुलियत दिने अभियान पनि चलाउने भएको छ । कृषि ज्ञान केन्द्रले चैते धानतर्फ पनि किसानलाई आकर्षित गर्नका लागी स्थानीय तहसंग समन्वय गरी चैते धानको खेतीका लागी योजना बनाएर अगाडि बढेकोछ ।

चैते धान उत्पादनमा राम्रो भएपनि किसानको मनोबल बृद्धि गर्नका लागी थप योजना बनाउनु पर्ने देखिएको राप्ती सोनारी गाँउपालिकाका कृषि शाखाकी रेशमा चौधरी बताउँछिन् । उनका अनुसार कृषि ज्ञान केन्द्रले चैते धानको परीक्षणका लागी गरेको खेतीबाट उत्पादन राम्रो भएपनि चैते धान काट्ने बेलासम्म बर्खे धानको खेतीका लागी तयारी गर्नु पर्ने हुँदा केहि समस्या देखिएको बताइन् ।

कुनैबेला मुस्किलले वर्षमा एउटा मात्रै वाली लगाउने बाँकी समय खेत बाँझो राख्ने बाँकेका किसानले बाह्रै महिना अन्न उत्पादन गर्ने गरेकाछन् ।

बढ्दो जनघनत्व र खाद्यान्नको मागमा बृद्धि भएसगै किसानहरुको मनोबल बढ्दै गएका कारण कृषी क्षेत्रमा युवा पुस्ताको आर्कषण बढेकोछ । बाँकेमा हाल किसानहरुले राधा ४, रामधान, सामामंसुली लगायतका धान लागउँदै आएका छन् ।

राप्ती सोनारी गाँउपालिका वडा नम्बर–६ का किसान देखलाल चौधरीले परीक्षणको रुपमा कृषि ज्ञान केन्द्रको प्राविधिक सल्लाहमा आफुले ३ कठ्ठा जमिनमा चैते धान लगाएको बताए । उनले पहिलो पटक राम्रो उत्पादन भएको बताउँदै आगामी दिनमा पनि चैते धान खेती गर्ने बताए ।

चैते धान हुँदैन होला भनेर गाँउघरमा भन्ने गरेको भएपनि आफुले खेती गर्दा उत्पादन राम्रो भएपछि छिमेकका अन्यले पनि आगामी दिनमा चैते धान गर्ने सोँच बनाएको चौधरीले बताए ।

त्यसो त बाँकेमा धान खेतीका लागी रासायनिक मलको अभावका कारण किसानले समस्या भोग्दै आएका छन् । यो समस्या भने नयाँ होइन । वर्षौंदेखिको समस्या अझैं समाधान हुन सकेकोछ छैन ।

मलको अभावमा कतिपय किसानले समेत खेती गर्न विस्तारै छाडेको पाइएकोछ । मल अभावको समस्या समाधान गर्दै किसानलाई कृषिजन्य अनुदान बढोत्तरीसंगै यसको प्रभावकारी वितरण तथा सिचाईको व्यवस्थापनमा सरकारले ध्यान दिन सके अन्न भण्डारको रुपमा रहेको तराई मधेश क्षेत्रमा वर्षको दुईपटक धान खेती गरि उत्पादन बृद्धि गर्न सकिन्छ ।