File Photo
बर्दिया ३ साउन : बर्दियामा बाघको आक्रमणमा परी मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । पछिल्लो पटक बाघको आक्रमणमा परी ७० वर्षिय जेष्ठ नागरिकको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–६ मोतिपुर निवासी ७० वर्षिय गोरे थापालाई बाघले मारेकोछ ।
ठाकुरबाबा नगरपालिकाको कालिगौडी मध्यवर्ती सामुदायिक वनमा गएको बेला बाघले थापालाई आक्रमण गरी मारेको प्रहरीले बताएकोछ ।
थापा शनिवार सो जंगलमा बाख्रा चराउन गएका थिए । बेलुका घर नफर्किपछि खोजतलास गर्दा आईतबार विहान बाघले खाएको अवस्थामा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।