नेपालगन्ज: नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आर्चरी खेलमा सहभागि अनुष्का शेरचनले सवैको ध्यायन आफूतिर तानिन् । सानो उमेर, सानो कद र कद बराबर ‘बो’ जब उनले उचालेर आफ्नो लक्ष्यमा निशाना लगाईन उपस्थित सवैको ध्यायन उनीप्रतिनै केन्द्रित भयो ।
पोखरा महानगरपालिका–४ रानीपौवाकी निवासी अनुष्का शेरचन भर्खरै कक्षा ७ मा बी प्लस नतिजा ल्याएर उत्तीर्ण भएकी छन् । नोभेल सेकेण्डरी पोखरामा अध्यनरत अनुस्का कान्छी छोरी हुन् । उनको वुवा योगेन्द्र शेरचन आर्चरी प्रशिक्षक हुन् । कास्की आर्चरी संघका अध्यक्ष तथा नेपाल आर्चरी संघका सचिव समेत रहेका योगेन्द्रका बारेमा धेरै बताइरहनु नपर्ला ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उनी आबद्ध अन्नपूर्ण आर्चरी क्लब र कास्की आर्चरी संघबिच भएको प्रतिस्प्रर्धामा छनोट भएपछि उनले पहिलोपटक राष्ट्रिय स्तरको आर्चरी प्रतियोगितामा सहभागिता जनाईन । आर्चरी खेलका लागि ४ जना खेलाडी छनोट हुनुपर्छ जसमा ३ जनाले खेल्ने र एकजना एक्स्ट्रा रहने व्यवस्था छ ।
त्यसो त उनको परिवार नै खेल क्षेत्रमा कतै न कतै आबद्ध छन् । बुबा योगेन्द्र शेरचन आर्चरी खेलकै प्रशिक्षक हुन् । योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने उनकी फुपु शान्ति शेरचन पाँचौं राष्ट्रिय खेलकूदमा आर्चरीतर्फ स्वर्ण पदक विजेता तथा ११ औं ओलम्पिककी उच्च स्कोरर पनि हुन् ।
उनका दाजु अनिप शेरचन पनि आर्चरी, फुटबल तथा कराँतेका खेलाडी हुन् । यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का ११ वर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन् । १३ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकुदमा भाग लिने अवसर पाइन् । आफूभन्दा अग्रज र खारिएका खेलाडीसँग अनुष्काले प्रतिस्पर्धा गरिरहेकी छन् । छयानब्बे प्रतिस्पर्धीका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकले अचम्म मान्दै चासोका साथ उनलाई नियाले । आफूभन्दा निकै अग्रजसँग प्रतिस्पर्धा गर्नु उनका लागि चुनौतीपूर्ण छ ।
कलिलो उमेर, लामोसमयसम्मको अनुभव र ज्ञान लगायतका कुरामा केही चुक भएकै कारण उनी १६ जनाको प्रि क्वाटर फाइनलमा आफ्नै आर्चरी क्लबका खेलाडी अर्चना थापासंग हार ब्यहोरिन । तर, उनको त्यो हार त्यतीकै खेर गएन । यद्यपी उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्टाण्र्डरड ओमेन टिम ईभेन्टमा आफ्नो क्लब अन्नपूर्ण आर्चरी क्लबलाई गोल्ड मेडेल जिताउन महत्वपूर्ण भूमिका खेलिन ।
अनुस्का भन्छिन्, ‘खेल जितिहाल्छु भन्ने विश्वास त लागेको छैन । तर आफूभन्दा योग्य, अग्रज र अनुभवी खेलाडीसँग खेल्न पाउँदा धेरै कुराहरू सिक्ने अवसर पाइरहेकी छु । उहाँहरुसंग खेल्न पाउनु पनि एक प्रकारको जीत भएको छ । आर्चरीमै ओलम्पियन बनेर बुवाआमा र देशको नाम उचो राख्ने धोको छ ।
‘१३ औं सागमा पनि भाग लिन्छु’, अनुष्का भन्छिन, ‘आर्चरी मेरो जीवन भइसक्यो । आर्चरीमै रमाउँछु ।’ अनुष्का प्रतिस्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन् । तर, त्यही प्रतियोगितामा ७० वर्षीय रामप्रसाद राईले पनि भाग लिएका थिए ।
नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ यो खेलमा उमेरको कुनै हद नहुने बताउँछन् । उनले भने, ‘आर्चरीलाई थप व्यवसायिक बनाउँदै र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर पदक भित्र्याउन हामी लागि परेका छौं ।’ संघले सबै प्रदेशमा खेलाडी उत्पादन गर्ने योजना बनाएको गुरुङको भनाइ छ ।
‘आर्चरी खेलको प्रवद्र्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ । बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ । हामीलाई यसले थप हौसला दिएको छ ।’ उनी भन्छन्, ‘आर्चरी खेलमा भएको सहभागिताले खेलाडीमा उत्साह बढाएको छ ।’ नेपालमा आर्चरीको सुरूआत विसं २०४४ देखि नै भए पनि आधुनिक आर्चरी खेलको सुरुवा आधादशक मात्र भएकोछ ।
खेल्ने ठाउँको अभाव, प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी आदि कारण नेपालले प्रशस्त सम्भावना भए पनि सम्भावित सफलता निकाल्न नसकेको अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, ‘विगतको नेतृत्वले चासो दिएन, अहिले बामे सर्ने अवस्थामा आएको छ ।’
यस्तो छ अनुस्काको आर्चरी इतिहास्
अनुस्काका विषयमा भन्नुपर्दा उनी शान्त स्वभावकी कम बोल्ने खेलाडी हुन् । हरक्षण केही नयाँ सिक्ने ईच्छा राख्ने अनुस्कालाई उनको वुवाले पहिलोपल्ट ११ वर्षको उमेरमा आर्चरी खेलका बारेमा सिकाए । सुरुवातमा जिज्ञासु हुदै बुवालाई पन्छ्याउने उनी विस्तारै पछि आर्चरीतर्फ ध्यायन नदिएपछि बुवाले पनि करकाप गरेनन् । पढाईमा औधी रुची राख्ने अनुस्का १२ वर्ष पार गरेपछि एक दिन स्वस्फुर्त वुवा मलाई आर्चरी सिकाउनुहुन्न भनेपछि हर्षित भएका योगेन्द्रले त्यसदिनदेखि उनलाई आर्चरी खेलको सवैकुरा सिकाएको उनका वुवा बताउछन् । हो त्यही दिनदेखि मेरी छोरीको आर्चरी खेलमा आगमन भयो हर्षित मुद्रामा उनले आफ्नो विगत सम्झे ।
अण्डर १६ ओलम्पिक खेल्ने रहर छ :अनुस्का
कलिलो उमेरमा खेलक्षेत्रमा बामे सर्दै गरेकी अनुस्काले आर्चरी खेलक्षेत्रमा सम्भावना छ भन्ने प्रमाणित गरिसकेकी छन् । नेपालमा आर्चरी खेल २०४४ सालदेखि खेलिन थालेपनि यो परम्परागतरुपमै सिमित थियो । आधादशक अघिबाट मात्र आधुनिक आर्चरी खेलले नेपालमा आफ्नो रफ्तार बढाइरहेको छ । यद्यपी यो अवधिमा भने आर्चरी खेलको प्रर्बद्धन, उत्थान र यसको विकासका लागि थुप्रै प्रयासहरु नभएका भने होइन । तर त्यतीले मात्र पुग्दैन । आर्चरी खेल सामान्यरुपमा निशाना लगाउने र कमानबाट तिर छोड्ने भन्ने आम मानिसमा बुझाई छ । यद्यपी यसलाई गहिरिएर नियाल्ने हो भने कुरा फरक छ ।
आर्चरी खेलका लागि आवश्यक सामाग्री, खेलमैदान र यसको प्रशिक्षक नै आर्चरीका लागि ठूलो चुनौती बन्दै आएकोछ । यो एक प्रकारले महंगो खेल पनि हो । जसका कारण यो खेल सवैले खेल्ने आँट गर्दैनन् । तर, आफ्नै बुवा आर्चरीका प्रशिक्षक हुनु र त्यसका लागि घरेलु वातावरण तयार हुदाँ जोकोही पछि हट्नु मुर्खता हुन्छ । यही ब्याकसपोटका कारण उनीमा नयाँ जोश र उत्साह भरिएकोछ । अझ त्यसमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताले पृष्ठपोषण भर्ने काम गरेकोछ ।
अनुस्काले आफ्नो भावि उद्देश्य सुनाउदै भनिन– मेरो प्ररेणाको श्रोत वुवा हुनुहुन्छ । अण्डर १६ ओलम्पिक गेम खेल्ने धोको छ । खेल्नमात्र नभइ गोल्ड मेडल जितेर वुवाआमा र देशको नाम विश्वसामु परिचित गराउनुछ । उनले भनिन–आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मेरा लागि सुनौलो अवसर बनिदियो । आर्चरी खेलमै केही गरेर देखाउछु ।
सेतोखरीसंगको भलाकुसारीमा उनले भनिन्– खेलकुदमा उमेरले छेक्दैन, मात्र कुन खेल खेल्ने भन्ने कुरा निर्णय लिनु र त्यसमा नियमित अभ्यस्त हुनु ठूलो कुरा हो । म जस्तै थुप्रै दिदिवहिनीहरुलाई आफूमा लुकेको क्षमता उजागार गर्न म सुझाव दिन्छु ।