बर्दिया २३ साउन : बर्दियाको बाँसगढी नगरपालिकामा नगर अस्पताल उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले नगर अस्पताल उद्घाटन गरे ।
बाँसगढी नगरपालिका र एसओएसद्वारा सञ्चालित नगर अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले नगरका नागरिकका लागी स्वास्थ्य सेवामा थप सेवा पुर्याउने उद्देश्यका साथ नगर अस्पताल निर्माण गरिएको बताए ।
उनले एसओएस अस्पतालको स्वामित्व नगरपालिकाले लिदैँ ५ शैयाको अस्पताल निर्माण हुने बताउँदै एसओएस अस्पताले सेवा प्रवाह गरिरहेको सेवालाई अझै विस्तार गर्दै विशेषज्ञ डाक्टर सहितको सेवा सर्वसुलभ तरिकाले लिनसक्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख सुष्मा चौधरीले आम नागरिकको स्वास्थ्यप्रति आफुहरु चिन्तित रहेको बताउँदै नगर अस्पताललाई थप विस्तार गदै लैजाने बताइन् ।
सो क्रममा कार्यक्रममा एसओएसले गरेको सेवा प्रवाहको विषयमा एसओएसका ल्याव टेक्नीसिएन दीपबहादुर थापाले जानकारी गराएका थिए ।
पुर्वगाविस अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले एसओएस अस्पतालले दिइरहेको सेवा र नगरपालिकाले त्यसलाई गर्न लागेको विस्तार नगरबासीका लागी स्वास्थ्यमा थप टेवा पुग्ने बताए ।
एसओएसले सञ्चालन गर्दै आइरहेको अस्पताल नगरपालिकालाई हस्तान्तरण गरेपछि त्यसलाई नगर अस्पतालको रुपमा विकास गर्न लागीएको हो ।
सहभागीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थीत गुणस्तरीय र सुर्वसुलभ सेवा अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्थानीय राजनितिक दल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटा, वडाअध्यक्ष, उद्योग बाणिज्य संघका अध्यक्ष सञ्चारकर्मी लगायतको सहभागीता रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कुलबहादुर विष्टले जानकारी दिए ।