५० वर्षदेखि मनिकापुर लालपुर्जाविहिन
मनिकापुर(बाँके) : नेपालगन्ज उपमहानगरपालिका भित्रकै सिंगो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठुल्ठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजस्व पाएको छ । यसले पनि व्यापारिक सहर नेपालगन्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन सहरका रूपमा चिनिन थालेको छ ।
नेपालगन्जको मनिकापुरका ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बितिसकेको छ । मनिकापुरमा प्रत्येक निर्वाचनमा मुख्य लालपुर्जा बन्ने गरेको छ । ०४६ सालपछि पनि का“ग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालिन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन नसकेको वर्तमान वडाअध्यक्ष कृष्ण कार्की बताउँछन्। सािवकको मनिकापुर गाविस अहिले नेपालगन्ज उपमहानगरपालिकामा गाभिएिर वडा नम्बर २० भएको छ । चुनावका बेला चर्चा हुन्छ तर, चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको जनप्रतिनिधी कार्की नै बताउँछन् ।
मनिकापुरका मदनापुर, नयाँबस्ती, थपुवा, बाबाघाट, फारमछोल, गायत्रीनगर, प्रैमनगर, पोतेदारपुर, दनापुर लगायतका गाउँ अहिले पनि लापुजाृविहनि अवस्थामा रहेको वडाअध्यक्ष कार्कीले बताए । यी टोलका ७५ प्रतिशत नागरिक लालपुर्जाको पर्खाइमा छन् । घरजग्गाको लालपुर्जा नहुँदा करोडौं लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्यांकन हुन सकेको छैन । बैंकले ऋण दिँदैन । उद्योग कारखाना चल्दैन । वडाअध्यक्ष कार्कीकाअनुसार २०२४ सालदेखि बसोबास गर्दै आएका व्यीक्त समेत अझै लालपुर्जाको आसमा छन् । जुनसुकै पार्टीको सरकार बने पनि मनिकापुरबासीको माग कहिल्यै सुनुवाइ भएन’, स्थानीय लक्ष्मी शर्माले भने ‘पुर्जा त चुनावी नारा मात्रै भए ।’ गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पुर्जा दिलाउने कुरा महत्वसाथ उठाएका थिए ।
उनले थपे ‘ घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपुर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन । तर, सुकुम्बासी जस्तै भएका छौं ।’ अहिले मनिकापुरमा २८ लाख पाँच हजार आठ सय ४० जनसंख्या रहेको छ । जसमा एक लाख ९४ हजार दुई सय ३८ पुरूष र एक लाख ८७ हजार ६ सय नौ जना नौ हजार महिला रहेको वडा नंम्बर २० को कार्यालयसँग रेकर्ड छ । मनिकापुरमा रहेको ६७ हजार दुई सय ६९ घरधुरीमा ७५ प्रतिशत घरधुरी लालपुर्जाविहीन रहेको वडाअध्यक्ष कार्की बताउँछन् । उनकाअनुसार थपुवामा मात्रै एक हजार चारसय, याँबस्तीमा सात सय ८७, पोथेदारपुरमा आठ सय ९६, मदनापुरमा एक हजार घरधुरी बषौंदेखि लालपुर्जाविहीन छन् ।
करिब ५० बर्षदेखि पुर्जाविहीन उक्त वडामा अहिले साना, मझौला र ठूला गरी दर्जनबढी विभिन्न उद्योगहरू स्थापना भएका छन् । अधिकांश उद्योगको भौतिक संरचना लालपुर्जाविहीन जमिनमै निर्माण गरिएका छन् । यसरी अस्थायी जमिनमा स्थायी संरचना बनी सकेपनि नेपालगन्ज उपमहानगरपालिकाले मनिकापुरबासीलाई लालपुर्जा दिने तर्फ अहिलेसम्म कुनै चासो देखाएको छैन् । स्थानीयले स्थायी लालपुर्जाका लागि वडा कार्यालय मार्फत नगरपालिका र सरकारसँग पटक पटक माग गर्दै आएका छन् । तर, ५० बर्षदेखि कसैले पनि चासो नदेखाएको स्थानीय कमला शर्मा बताउँछिन् । स्थानीय मागअनुसार सिंगो गाउँलाई नै लालपुर्जा उपलब्ध गराउँनका लागि आफूले वडा कार्यालय मार्फत पमहानगरपालिकामा प्रस्ताव राखेको वडाध्यक्ष कार्कीले बताए ।वडाले केही गर्न सक्दैन् उनले भने ‘उपमहानगरपालिकामा कुरा पु¥याएको छु, तर, सुनुवाई हुन सकेको छैन् । म निरन्तर लागिरहेको छु ।’