निजामती सेवा दिवसमा कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता हुदैँ


निजामती सेवा दिवसमा कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता हुदैँ

नेपालगन्ज ११ भदौ : आगामी भदौ १६ गतेदेखि निजामती कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता हुने भएकोछ । निजामती सेवा दिवसका अवसरमा कर्मचारी मिलन केन्द्र बाँकेले ब्यामिन्टन प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

प्रतियोगितामा जिल्लामा रहेका विभिन्न कार्यालयका निजामती कर्मचारीबिच प्रतिस्प्रर्धा गराइनेछ ।

भदौ १६ गतेदेखि २० गतेसम्म विहान साढे ६ बजेदेखि ९ बजेसम्म हुने उक्त प्रतियोगिताका लागि भदौ १४ गतेसम्म ईच्छुक प्रतियोगीले आफ्नो नाम टिपाउन सक्नेछन् । जसका लागि एक टिममा दुई जना सहभागिता रहने छ भने टिममा नाम दर्ता गरिनुपर्ने हुन्छ ।

यस्तै प्रतियोगितामा सहभागि हुने प्रति टिमले ५ सय रुपैयाँ दर्ता शूल्क तिर्नुपर्ने हुन्छ भने रैकेट र युनिफार्मको व्यवस्था स्वयम सहभागिले गर्नुपर्ने प्रतियोगिता संयोजक एबम कुखुरा विकास फार्म खजुराका प्रमुख डाक्टर शंकर न्यौपानेले जानाकरी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतियोगिता संयोजक डाक्टर न्यौपानेका अुसार प्रतियोगिता सञ्चालन हुने स्थान पछि जानकारी गराइने भएकाले निजामती सेवा दिवसका अवसरमा हुने प्रतियोगितामा भाग लिन सबै निजामी कर्मचारीलाई आह्वान गरे ।