वर्षाले नेपालगन्जलाई राहत

मेघ गर्जन सहित देशभर पानी पर्नेः पूर्वानुमान


वर्षाले नेपालगन्जलाई राहत

तस्विरः विजय मल्ल/ सेतोखरी

नेपालगन्ज: लगातार पछिल्लो हप्तादेखि बढेको गर्मीका कारण आजित भएका नेपालगन्जबासीलाई राहत भएकोछ । गर्मीका कारण नेपालगन्जबासीको दिनचर्या अस्तब्यस्त बनेको थियो । तर, नेपालगन्जमा शुक्रबार विहान ४ बजे मौसममा आएको बदलीले केही राहत दिएकोछ ।
शुक्रबार विहान मौसम बदलीभई मेघगर्जनसहित हलुका वर्षा हुदाँ नेपालगन्जमा शितलता छाएकोछ । करिब डेढघण्टा सम्म मेघगर्जनसहित चिसो हावाहुरी र वर्षा हुदाँ गर्मीबाट आजित भएका नेपालगन्जबासीलाई राहत मिलेकोछ ।

देशकै सवैभन्दा बढि गर्मी हुने नेपालगन्जमा शुक्रबार हावाहुरीसगै भएको वर्षाले राहत दिएको थियो । विहान करिब ७ः ३० बजे बादल फाटेरे घाम देखिएपछि गर्मी हुने आसंका गरिरहेका नेपालगन्जबासीलाई पुनः मौसमले र्सप्राईज दियो ।

शुक्रबार विहान आकाशमा बादल भएता पनि करिब सवा ८ बजेसम्म प्रष्ट घाम लागेको थियो । विहान करिब ९ बजेदेखि आकासमा पुनः कालोबादल लागेपछि यतिवेला नेपालगन्जको मौसम शितलमय बनेकोछ । आकाशमा बादल छ, पानी पर्ने छाँट देखिएकोछ । मौसममा आएको बदलिले गर्मीबाट काकाकूल भएकालाई राहत त होला तर, वर्षाको सिजन नभएको अवस्थामा भएको वर्षाका कारण विरामी हुनसक्ने हुदाँ सो विषयमा सचेत हुन चिकित्सक सुझावछन् ।

Kanti Aarogya Hospital Nepalgunj

हावाहुरीका कारण भौतिक क्षती
हावाहुरीका कारण नेपालगन्ज लगायतका केही स्थानमा क्षती समेत गरेकोछ । प्राप्त जानकारी अनुसार मानविय क्षती नभएपनि केही ठाउँमा निर्माणाधिन भौतिक संरचनामा क्षति पुगेकोछ ।

मेघगर्जनसहित आएको हावाहुरीका कारण नेपालगन्ज वसपार्कमा निर्माणाधिन यात्रु प्रतिक्षालय भाँचिएकोछ । हावाहुरीका कारण नेपालगन्जमा बन्दै गरेको अत्याधुनिक बसपार्कको पश्चिमपट्टिको यात्रु प्रतिक्षालयका पोलहरू भाँचिएर ढलेको अवस्था छ । यसले थप ब्ययभारसगैं पुर्ननिमार्णको समय बढाएकोछ । यस्तै बाँकेका ग्रामीणभेगमा हावाहुरीका कारण रुख र केहीको फुसको घर समेत उजाडिएको खबर प्राप्त भएकोछ ।

हावाहुरीका कारण भत्किएको नेपालगन्ज बसपार्कको पश्चिमपट्टिको यात्रु प्रतिक्षालय । तस्विरः शेरबहादुर रौलेको फेसबुकबाट

 

तीन दिन चट्यांग, हावाहुरीसहित वर्षा हुने:मौसमपूर्वानुमान
जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशमाका विभिन्न भागमा चट्यांग र हावाहुरीसहित वर्षा भइरहेको जनाएकोछ । सो प्रणाली क्रमशः पूर्वतिर सर्ने जनाएको छ ।
महाशाखाले आज शुक्रबार, भोलि शनिबार तथा आईतबारको मौसम विवरणमा हावाहुरी तथा मेघ गर्जन सहित देशभरका विभिन्न भूभागमा वर्षा हुने पूर्वानुमान गरेको छ ।
यसअघि, हावाहुरीको चर्चा शुक्रबार र शनिबारको विवरणमा गरिएको भएपनि आईतबार भने आंशिक बदली तथा मेघ गर्जनसहित वर्षाको सम्भावना मात्रै रहेको जनाइएको छ ।