बर्दिया १३ भदौ : बर्दियाको राजापुरमा लागुऔषधको कारोबारमा प्रहरीले एक जना युवालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय राजापुरको टोलीले बिर्यानी एण्ड कफिसपमा छापा हान्दै राजापुर नगरपालिका वडा नम्बर–४ का ३१ वर्षिय अलिम अन्सारीलाई ठूलो मात्रामा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
अन्सारीले उक्त बिर्यानी एण्ड कफीसपबाट लागुऔषध बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले निगरानी समेत बढाएको थियो ।
प्रहरीले अन्सारीले सञ्चालन गर्दै आइरहेको बिर्यानी एण्ड कफिसपमा छापा मार्दा नाइट्रोभेट १० टयाबलेट, स्पासमो टयावलेट २ सय ६४ र अलपराजोपाम ४ सय २० टयाबलेट लागुऔषध बरामद समेत गरेकोछ ।
बरामद गरिएको लागुऔषध तथा अन्सारीलाई प्रहरी हिरासतमा राखि घटनाको थप अनुसन्धान भइरहेको छ । ईलाका प्रहरी कार्यालय राजापुरका अनुसार अनुसन्धानबाट थप कुरा खुल्ने अपेक्षा गरिएकोछ ।
पछिल्लोपटक बर्दियामा लागुऔषधको कारोबार, विक्रीवितरण, ओसारपसार र यसको प्रयोगकर्तामा बृद्धि भइरहेकोले प्रहरीले जिल्लामा लागुऔषध निश्तेज पार्न सशसक्तरुपमा अघि बढिरहेकोछ ।
प्रहरीले कोरोना महामारी र निषेधाज्ञाकाबीच यति ठुलो मात्रामा लागुऔषध बरामद गरेपछि यतिबेला बाँकेसंगै भारतीय सीमानाकासंग जोडिएको बर्दियामा पनि लागुऔषध कारोबार मौलाउदै गएको प्रहरीको भनाइछ ।