अबको ३/४ महिनामै बाँकेमा नेपाल पर्यटन बोर्डको कार्यालय खोल्छौंः सिइओ डाक्टर रेग्मी


अबको ३/४ महिनामै बाँकेमा नेपाल पर्यटन बोर्डको कार्यालय खोल्छौंः सिइओ डाक्टर रेग्मी

नेपालगन्ज १३ भदौ : मध्य र सुदूरपश्चिम क्षेत्रको ‘गेटवे’का रुपमा रहेको बाँकेमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना हुने भएकोछ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर धनन्जय रेग्मीले बाँकेमा छिटै बोर्डको कार्यालय स्थापना गरि सञ्चालनमा ल्याउने बताए । उनले भने–‘हामी बोर्डको कार्यालय बाँके ल्याउन उत्सुक छौं । यो कार्य मेरै कार्यकालमा पुरा हुन्छ । अबको ३÷४ महिनामा बोर्डको कार्यालय नेपालगन्ज ल्याउँछौं ।’

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर रेग्मीले भने–‘नेपालमा आउने अधिकांश पर्यटक चिन र भारतका भएकाले उनीहरुलाई लक्षित गरी पर्यटन प्रर्बद्धन गर्नुपर्ने आवश्यकता औलाउँदै मध्य र सुदूरपश्चिम क्षेत्रको ‘गेटवे’का रुपमा रहेको बाँकेमा बोर्डको कार्यालय राखिने छ ।’

‘बोर्डको कार्यालय बाँके ल्याउन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा र यसक्षेत्रका पर्यटन व्यवसायी लगायतको अथक संघर्षले यो सार्थकता पुग्दैछ । हामी पनि यसको तयारी पुरा गरि बोर्डको कार्यालय यहाँ ल्याउनेछौं’ बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर रेग्मीले भने ।

Kanti Aarogya Hospital Nepalgunj

यता नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले नेपालमा पर्यापर्यटनको प्रर्बद्धन नहुनुको मुख्य कारण सरकार स्वयम दोषी भएको बताउँदै बोर्डको कार्यालय बाँकेमा ल्याउन थुप्रैपटक समन्वयकारी भूमिका निर्वाह गरेको बताए ।

उनले भने–‘विभिन्न चरणमा बोर्डसंग बसेर यस क्षेत्रको पर्यापर्यटन प्रर्बद्धनका लागि आवश्यक पहल कदम मेरै नेतृत्वमा भएकाछन् । बोर्डको कार्यालय नभएकै कारण थुप्रै सम्भावना बोकेर पनि हामी केही गर्न सकिरहेका छैनौं ।’

‘पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको बाँके लगायत पश्चिम नेपालको प्रचारप्रसार, स्तरबृद्धि लगायतका कार्यमा राज्यले चासो दिएन, यसलाई प्राथमिकतामा राखेन’ मेयर डाक्टर राणाले अगाडी थपे–‘सरकार कै गैर जिम्मेवारीका कारण यतिबेला यसक्षेत्रको पर्यटन प्रर्बद्धन हुनसकेको छैन ।’

बोर्डको कार्यालय स्थापनाका लागि बाँकेको कोहलपुर क्षेत्रमा जमिन समेत खोजेर व्यवस्थापन गरिसकेको डाक्टर राणाले बताए । बोर्डको कार्यालय बाँकेमा स्थापना गरि कार्य अघि बढाउने भएपछि बाँकेका होटल, ट्राभल, ब्यापरी तथा पर्यटन व्यवसायी उत्साहित बनेकाछन् ।