कोहलपुर घटना : खुकुरी प्रहारमा घाईते प्रदीपलाई उपचारका लागि काठमाण्डौं लगियो, चन्दको खोजी ब्यापक


कोहलपुर घटना : खुकुरी प्रहारमा घाईते प्रदीपलाई उपचारका लागि काठमाण्डौं लगियो, चन्दको खोजी ब्यापक

नेपालगन्ज १३ भदौ : खुकुरी प्रहारमा घाईते भएका युवालाई थप उपचारका लागि काठमाण्डौं लगिएकोछ । बाँकेको कोहलपुरमा आईतबार दिउँसो भएको घटनामा कोहलपुरका स्थानीय युवा प्रदीप राना घाईते भएका थिए ।

ब्यक्तिगत रिसिबीका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आईतबार मध्यान्ह १२ बजेतिर स्थानीय युवा प्रदीपमाथि खुकुरी प्रहार भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार खुकुर प्रहारबाट घाईते भएका प्रदीपकको थप उपचारका लागि काठमाण्डौं लगिएको हो ।

पुरानो झगडालाई लिएर स्थानीइ युवा विनय चन्दले प्रदीपमाथि खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खनालले सेतोखरीलाई जानकारी दिए ।

उनले भने–‘खुकुरी प्रहारबाट रानाको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते रानाको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार गराइएपनि थप उपचारका लागि काठमाण्डौं लगिएको हो ।’ प्रहरी नायब उपरीक्षक खनालले भने –‘खुकुरी प्रहारबाट २ युवा घाईते भएका हुन् । स्थानीइ युवा विशाल केसीलाई सामान्य घाउचोट लागेको छ । भने प्रदीपलाई अलि बढि चोट लागेकोले थप उपचारका लागि काठमाण्डौं लगिएको हो ।’

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने चन्दमाथि केही दिन पहिले प्रदीपले कुटपिट गरेका थिए । उक्त घटनापछि दुबै पक्षलाई बोलाएर प्रहरीले मिलापत्र समेत गराएको थियो । तर, पुरानै घटनालाई लिएर रानामाथि खुकुरी प्रहार भएको खुल्न आएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले भने–‘घाईते दुवैको अवस्था सामान्य छ । खुकुरी प्रहार गर्ने चन्दको खोजी ब्यापक बनाइएकोछ ।’

यो समाचार तयार पार्दासम्म खुकुरी प्रहार गरी फरार भएका चन्दको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने चन्दलाई छिटै नियन्त्रणमा लिइनेछ ।