जिल्ला प्रशासन कार्यालय बर्दियालाई ४५ लाख बढिको स्वास्थ्य सामाग्री प्रदान


जिल्ला प्रशासन कार्यालय बर्दियालाई ४५ लाख बढिको स्वास्थ्य सामाग्री प्रदान

बर्दिया १७ भदौ : जिल्ला प्रशासन कार्यालय बर्दियालाई ४५ लाख बढिको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम तथा प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय बर्दियालाई ४५ लाख ६२ हजार २६४ रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्र बर्दियाले जिल्ला विपत ब्यबस्थापन समिति बर्दियाको सहकार्य तथा समन्वयमा सो रकम बराबरको स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालका रिजनल म्यानेजर मिना पराजुलीले मानवीय सहयता कार्यका लागी विपतको अवस्थामा सहयोगको स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताइन् ।

संस्थाबाट बिपन्न परिवारलाई खाद्य सामाग्री पनि उपलब्ध गराइएको र कठिन अवस्थामा रोगसंग संघर्षरत स्वास्थ्यकर्मीका लागी आवश्यक स्वास्थ्य समाग्री पनि उपलब्ध गराउँदै आएको पराजुलीले बताईन ।

सामाग्री ग्रहण गर्दै बर्दियाका साहयक जिल्ला प्रमुख अधिकारी माधब प्रशाद शर्माले विश्वब्यापी मानवीय विपतीको रुपमा आएको कोभिड–१९ रोकथाम, न्यूनिकरण र प्रतिकार्यका लागि प्राप्त सहयोग प्रयोग गरिने बताए । उनले सहयोगका लागि प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रलाई विशेष धन्यबाद दिए ।

Kanti Aarogya Hospital Nepalgunj

सोहीक्रममा थारु महिला उत्थान केन्द्र बर्दियाका अध्यक्ष लिलावती थारुले स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीलाई समते स्वास्थ्य समाग्री प्रदान गरे ।

सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रशासकीय अधिकृत एव विपत ब्यवस्थापनका सम्पर्क अधिकृत नारायण ढकाल, जिल्ला विपत ब्यवस्थापन सञ्चालन केन्द्रका संयोजक मुकेश गौतम, थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारु, गैर सरकारी महासंघका अध्यक्ष बिष्णु तिमिल्सिना र प्लान इन्टरनेशनल नेपालका कार्यक्रम बिशेषज्ञ बिनय ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

यसैबीच बर्दिया जिल्ला अस्पतालका लागी स्वास्थ्य समाग्री हस्तान्तरण गरिएकोछ । समाग्री हस्तान्तरण गर्दै थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती थारुले कोभिड–१९ को हालको अवस्था यस्तै हुन्छ भन्न सकिदैन अर्को लहर आउदा हामीले उपलब्ध गराएको स्वास्थ्य समाग्रीले संक्रमणको रोकथामको लागी सहयोग हुने बताए ।

त्यसैगरी समाग्री ग्रहण गर्दै अस्पताल ब्यवस्थापनका अध्यक्ष अंगद श्रेष्ठले थारु महिला उत्थान केन्द्रले पटक–पटक सहयोग गरेको बताउँदै अस्पतालसंग सहकार्य गरेर संक्रमण नियन्त्रण र सेवाको ब्यवस्थापनमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सुभाष पाण्डे, गैर सरकारी महासंघका अध्यक्ष बिष्णु तिमिलसीना लगायतको उपस्थिती रहेको थियो ।