यस्तो छ पूर्ण पाठ
काठमाडौं: सरकारले महत्वाकांक्षी कार्यक्रमहरु समेटेर आगामी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार निर्माणलगायत विषयहरु समेटिएका छन् । भूकम्पपछिको पुनर्निर्माण दुई वर्षभित्रमा सक्ने, सार्वजनिक विद्यालय सुधार्ने कार्यक्रम आदि विषयमा नीति तथा कार्यक्रममा छन् ।
मुलतः सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि तय गरेको नीति तथा कार्यक्रम महत्वकांक्षी रहेको पाइएकोछ । पुरानै योजना, नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै अहिले देशमा यसको चर्चा चुलिएकोछ । यद्यपी सरकारले लिएको नीति तथा कार्यक्रमले कति लक्ष्य प्राप्त गर्ने हो वा होईन त्यो भने हेर्न बाँकी नैछ ।
शुक्रबार सार्वजनिक सरकारको वार्षिक नीति तथा कार्यक्रम यस्तो छ । पढ्नुस पूर्ण पाठ