नेपालगन्ज :नेपालगन्जमा सम्पन्न प्रथम अन्तर बैंक फुटसल टुर्नामेन्टको उपाधी कैलाश बिकास बैंकले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा एसबिआई बैंकलाई पराजित गर्दै कैलाश उपाधी जित्न सफल भएको हो ।
कैलाशले एसबिआईलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । कैलाशका लागी निशान थापाले २ तथा रमेश बोहराले १ गोल गरेका थिए ।
उपाधीसंगै कैलाश बैंकले नगद २५ हजार रुपैया प्राप्त ग¥यो भने उपबिजेता एसबिआईले १५ हजार रुपैया प्राप्त ग¥यो ।
बिजेता तथा उपबिजेता टोलीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपाल, नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक मुक्तिनाथ सापकोटा, कर्मचारी संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज मिश्र लगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।
नेपाल राष्ट्र बैंक नेपालगन्ज कर्मचारी संघको आयोजनामा गत बैशाख १४ गतेबाट शुरु भएको प्रतियोगिता २९ वटा टीमको सहभागिता रहेको थियो । नेपाल राष्ट्र बैंकको ६४औं वार्षिकोत्सवको अवसरमा पहिलोपटक अन्तर बैंक फुटसल टुर्नामेन्ट प्रतियोगिताको आयोजना गरिएको हो ।