सर्टिफिकेट प्राप्ती मात्र शिक्षा होईन


सर्टिफिकेट प्राप्ती मात्र शिक्षा होईन

मनवीर नेपाली

काठमाण्डौको एक प्रतिष्ठीत माध्यामिक बिद्यालयमा माध्यामिक शिक्षा सकेर कलेजमा पढेका बिद्यार्थी मदन धनाढ्य परिवारका एक बिद्यार्थी हुन् । उनलाई खान लाउन र पैसाको कमी भएन । उनले महंगा बिद्यालय पढे । अंग्रजीमा राम्रा उनी घरमा आएका पाहुना चिन्दैनन, आफन्त चिन्दैनन्, आफ्नो वरिपरीको परिवेश चिन्दैनन्, आफ्ना शिक्षक र गुरु चिन्दैनन् । बाबु आमालाई गर्नु पर्ने आदर सत्कारकावारेमा थाहा पाउँदैनन् । समाजमा उनको भूमिका के हो भन्ने कुराको हेक्का उनीमा छैन ।

एक दिनको कुरा हो जव मदन बैंकमा चेक सटाउन गउ उनले चेक सटाउने काम गर्न सकेनन । ऊनी चेक काउन्टरमा जानु पर्नेमा ऊनी खजान्ची शाखामा पुग्छन । उनलाई दिइएको जानकारीमा उनले प्रतिकार गर्ने र फरक बाटोमा हिड्ने कोशिस गरिरहेको थिए। सुरुमा आफ्नो आमाको घडी चोरेर रु.५०० मा बेचेर रक्सी पिउन, तास खेल्न र बिभिन्न प्रकारका ड्रग्स लिन सिकेको मदन कसैको सुझाव र सल्लाह मान्न तयार थिएन । यस्ता थुप्रै घटनाहरु घट्दै गए । उनले आफ्नो जिवनमा नया काम सुरुवातगर्न सकेनन् । न त जागिर नै पाउन सके ।

जिवन कहालीलाग्दो अवस्थामा पुग्यो । जमानामा बि.ए. पासको सर्टिफिकेट उनी संग थियो । उनी राम्रो बिद्यालयमा पढेका पनि हुन् । उनको पारिवारिक हैसियत र पढाईका कारण जागिर पनि पाए तर त्यो जागिरमा उनले राम्रो गरेर देखाउन सकेनन् । त्यस पछि उनलाई त्यहाँवाट हटाउनु पर्यो । उनी हटाईए ।

Kanti Aarogya Hospital Nepalgunj

बाबुको सम्पत्ती बेच्दै खादै गर्दा केही समय त पुग्यो तर पछि उनी कङगाल हुदै गए । श्रीमती, छोरा–छोरीको अवस्था पनि बिग्रदै गयो । अन्तमा समाज देखि नै तिरस्कृत हुनु पर्यो ।

यो एउटा कथा हामीले पढ्यौं । वास्तवमा राम्रा बिद्यालयमा प्राप्त शिक्षाले त मानवलाई समाजसेवी, दक्ष, सकारात्मक सोंचको, मेहनेती, मीलनसार, सहयोगी जस्ता गुणले पुर्ण वनाउनु पर्ने हो । बिद्यालयको शिक्षा सकेर कलेजको शिक्षा हासिल गरिसके पछी उनी सफल ब्यवस्थापक, प्रशासक वा सफल पेशेवर हुनु पर्ने थियो । उनको कामले अरुले फाईदा पाउनु पर्ने थियो । अरुले सेवा पाउनु पर्ने थियो । समाज विकासमा उनको अब्बल प्रकारको योगदान हुनु पर्ने थियो ।

इन्जिनियर भएको भए नयाँ टेक्नोलोजिमा, डाक्टर भए बिरामीको उपचारमा, समाजशास्त्री भए समाज सुधारका आयाममा, पत्रकार भए समाजको घटना र परिघटनाको उजागर गर्नेकाममा, बैज्ञानिक भए नयाँ आविस्कारमा उनको योगदान हुनु पर्दथ्यो । तर उनले राम्रो बिद्यालयमा पढेर पनि केह ीगर्न सकेको देखिएन ।

आजको शिक्षाको अवस्था किन यस्तै छ ? भनेर सबै सरोकारवालाहरुले सोच्न आवश्यक छ । किन भने बिद्यालयहरुमा आजभोली नैतिक शिक्षा, इतिहाँस, भुगोल जस्ता बिषय नै राम्रो तरिकाले पढाईहुन छाडिसकिएको छ । हो समय अनुसार शिक्षाको पाठ्यक्रम परिवर्तन हुन जरुरी छ तर पाठ्क्रमअनुसार बिद्यार्थीले बुझ्न र ज्ञान प्राप्त गर्न सक्नु पर्दछ । अध्यन ब्यापकरुपमा हुन जरुरी हुन्छ । बिद्यार्थीले पढेका कुरा ज्ञानकारुपमा बुझ्न सक्नु पर्दछ ।

एक जना बृद्ध जो आफ्नो जमानामा पढ्न सकेनन । उनको अनुभव हेरौं । उनी जन्मेको समयमा गाउँ–गाउँमा बिद्यालयहरु खुलिसकेका थिएनन । त्यसैले उन्ले औपचारिक शिक्षा हाँसिल गर्न सकेनन । तर उले परम्परागत शिक्षा भने सीके । उनले हलो जोत्न, अन्न वाली भित्रयाउने, भण्डारण गर्ने, पुजा–पाठ गर्न, कुल देवता पुज्न, कपडा लगाउन, बिवाह आदि कर्मकाण्ड गर्न परम्परागत तरिकाले सिक्दै गए । समाजमा मिलेर वस्न, सामाजिक अन्तरकृयाहरुमा भाग लिन, सामाजिक विकासमा भागलिन र समाज विकासमा भागलिन पनि परम्परागतरुपमा नै सिके । उनको भद्र ब्यवहारले समाज विकासमा टेवा पुगेको देखियो । उनी अरु मानिसहरु संग मिलेर काम गर्ने, पानीका सिंचाई कुलो संगसंगै वनाउनेकाममा, गाउँमा गोरेटो वा घोरेटोवाटो वनाउने काम, पाटी पौवा वनाउने काम, चौतारा वनाउने काम, पानीको धारा मर्मत हवस् वा कुवा मर्मत हवस् उनी गाउँका मानिसहरु संग मिलेर काम गर्दछन । गाउँको घट्ट हवस वा तेल पेल्ने कोल हवस् उनी मिलेर काम गर्दछन ।

उनले घट्ट वनाउन, तेल पेल्ने कोल वनाउन, मोइपारेर घ्यू निकाल्न र प्रशोधन गर्न, गाईवस्तुकालागि गोठ वनाउन, घरको बान्नो वा गारो लगाउन, धान रोप्न, काट्न र धान–पराल छुट्टयाउन र भण्डारण गर्न सीके । उनले घर सफाराख्न, खरानीररखानीले कपडा धुन, घरेलु किटनाशक औशधी वनाउन पनि सीके । सानातिना रोगको आर्युवेदिक औसधि वनाउन र उपचार गर्न पनि सीके ।

यि र यस्तै उधारणहरु हामीले थुप्रै पाईरहेका छौं हाम्रो समाजमा । हाम्रा अग्रजहरुको अगुवाईमा हामीले पनि सीक्दै जानु पर्ने हो जस्ले गर्दा हाम्रो शिक्षा अझ वढी अनुशासीत, कर्मठ र नविनतम हुँदै जाने थियो र आज हाम्रो शिक्षाको आफ्नै पाठ्यक्रम हुने थिए । हाम्रो पाठ्क्रमलाई अन्य देशले पनि सीक्ने माध्यम वनाउने थिए ।
वास्तवमा हाम्रो परम्परागत शिक्षा वा सीप र आधुनिक सीप वा शिक्षालाई एकैठाउँमा मिलाएर लैजान हामीले सकेनौं या पश्चिमेली स्कुलिङको हावी भयो यो त अनुसन्धानको बिषय नै भयो होला । तर शिक्षा भनेको अक्षर, शब्द वनाउन जान्नु, हिसाव गर्न जान्नु वा सिक्नु, शब्द उच्चारण गर्न जान्नु मात्र नभै बिस्लेषण गर्न सक्नु, समय र परिस्तिथीलाई चिन्न सक्नु, सामाजिक प्राणीकोरुपमा आफूलाई समाजमा स्थापित गर्न सक्नु, देशकोलागि योगदान गर्न सक्नु, समाजको पथप्रदर्शक हुन सक्नु, परिवारको अगुवाई गर्न सक्नु, दःख परेकालाई सहयोग गर्न सक्नु, नयाँ काम गरेर देखाउन सक्नु र यस्तै...यस्तै गर्न सक्नु र जान्नुलाई भन्न सकिन्छ ।

यसकालागि बिद्यालय तह देखि नै वालवालिकाहरुले यि र यस्तै कुराहरु अभ्यास गर्दै आएका हुन सके उनीहरुको जिवनले पनि समाजलाई नया र तेश्रो आँखाकोरुपमा काम गर्न सक्ने थिए । त्यसकारण सटिफिकेट प्राप्तीलाई मात्र शिक्षा भन्न सकिदैन की ? त्यति ढुक्क त छैन तर सटिफिकेटपाईसके पछि त्यसको प्रयोगात्मकरुपमा ब्यवहारमा पनि लागु हुन सके र बिद्यार्थीहरुले पढाई अनुसार सफलता हाँसिल गर्दै जान सके सटिफिकेटको महत्व अझ हुने थियो ।

त्यसैले भन्ने गरिन्छ कि ‘वाँदरको पुच्छर लौरो न हतियार’ त्यस्तै आजका हाम्रा सटिफिकेटहरु पनि भैराखेका हुन कि जस्तो लाग्न थालिएको छ । किन भने बि.ए., एम.ए. पास गरेर बिदेश र खाडीमुलुकमा लेवरी गर्न लाखौं पैसा खर्चेर जान हामी नेपालीलाई बाध्यता जस्तै भैसकेको छ । या त हाम्रो सटिफिकेट त्याहाँ पनि बिक्रीहुनु पर्दथ्यो ।

फेरी हाम्रो देशमा सबै पढेकाहरुलाई पुग्ने सरकारी जागिर त छैन । ठुला–ठूला उद्योगधन्दाहरु प्नि छैनन । उनीहरुले पढेको शिक्षा र हाँसिल गरेको सटिफिकेट बिदेशमा पनि बिक्दैन । यसको बिकल्प पनि छैन भनेर निरास हुनु पनि हुदैन । शिक्षाले त नयाँकाम सृजना गर्न सिकाउनु पर्दछ । देशमा अझै पनि कपडा उद्योगहरु छैनन, चप्पल उद्योग, खाद्यान्न, जुत्ता, कागज, कपि, छापाखानाहरु, धातुका भाँडा, स्टीलको सामान, पलाष्टीक जस्ता उद्योग, मासुजन्य, तरकारी र तरकारी जन्य खाद्य पदाथर््को उद्योग र अन्य यस्तै थुप्रै उद्योग अलकारखाना छैनन ।

यिनलाई थोरै लगानिमा सुरुगर्न सकिने घरेलु उद्योगहरुले टेवा दिदै अगाढी बढाउन सके एकातिर स्थानिय स्तरमा रोजगारी वढ्ने र स्वदेशी उत्पादनले बिदेशी आयातलाई प्रतिस्थापन गर्न सकिनेहुनाले ति र त्यस्तै काममा लाग्न आजको शैक्षिक बेरोजगार उत्साहित हुनु पर्दछ र देशले राखेको खार्थिक बृद्धिदरको लक्ष पनि हाँसील गर्न सकिने र देश आत्म निर्भर तर्फ उन्मुख हुनेमा ढुक्क हुन सकिन्छ होला । त्यसैले सटिफिकेटको उपयोग गर्न थप मेहनेत गरौं न त हुंदैन !!!