प्रदेशका सबै स्थान समेटिएका छन् : मन्त्री गिरी
नेपालगन्ज: बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔं भन्ने मूल नारासहित लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचार–प्रसारलाई तिब्रता दिइएको छ ।
पाँच नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष उद्घाटन अगावै प्रचारलाई तिब्रता दिएको हो । प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । लुम्बिनीबाट विश्व शान्तिको सन्देश फैलाउने तथा आन्तरिक पर्यटकको संख्या बढाउने उद्देश्य सहित भ्रमण वर्ष घोषणा गरिएको हो ।
भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी जेठ ४ गते बुद्ध पूर्णिमाको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिनेछ । भ्रमण वर्षको प्रचार प्रसारका लागि मंगलबार बा“केको नेपालगन्जमा आयोजित पत्रकार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम यस्तो जानकारी गराइएको हो ।
कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी भ्रमण भन्दै अरु क्षेत्रलाई नछोडिएको स्पोष्टक्ति दिए । उनले पर्यटकीय क्षेत्रको प्रचार गर्ने शैलीमा कमी रहेको भन्दै त्यस्तो प्रवृतिलाई परिवर्तन गरि पर्यटन व्यवसाय प्रबद्र्धन गर्ने लक्ष्य भ्रमण वर्षको रहेको उनले बताए ।
‘नाम लुम्बिनी भ्रमण वर्ष हो, तर, यसमा प्रदेशका सबै स्थान समेटिएका छन्, उनले भने–‘लुम्बिनीलाई केन्द्रमा राखेर मानसरोवरसम्म पर्यटक पुराउने योजना हाम्रो हो ।’ यो भ्रमण वर्षले नेपालले लिएको सन् २०२० को पर्यटन वर्षलाई समेत थप सघाउ पुग्नेछ ।
पत्रकारबीच अन्तरक्रियामा बोल्दै मन्त्री गिरीले काठमाण्डौंमा आउने पर्यटक पोखरा र सौराहामात्रै नभई लुम्बिनी सहित प्रदेश ५ हुदै सुदुरपश्चिमसम्म पनि पुगुन् भन्ने लक्ष्य राखिएकाले लुम्बिनी भ्रमण वर्षको आयोजना गरिएको उनले बताए ।
भ्रमण वर्षले पर्यटकीय वातावरण सिर्जना हुने र पर्यटकको बसाई अवधी लम्बिने समेत मन्त्री गिरीले विश्वास ब्यक्त गर्दै भने लुम्बिनी आउने पर्यटकलाई दाङ उपत्यका, स्वर्गद्वारी, बाँके, बर्दिया राष्ट्रिय निकुञ्जसहित होमस्टेहरुमा घुमाउने अभियान समेत रहेको छ । लुम्बिनी भ्रमर्ण वर्ष मनाउनका लागि ४ करोड बजेट विनियोजन गरिएकोछ । जसमा उद्घाटका लागि मात्र ७० लाख खर्च हुने मन्त्री गिरीले बताए । हामीले पूर्वदेखि पश्चिमसम्म भ्रमण वर्षको ब्यापकताका लागि प्रचारप्रसारमा जुटेका छौं । विराटनगरदेखि सुरुवात गरिएको प्रचारप्रसारको अभियान मंगलबार नेपालगन्ज आइपुगको हो ।
मन्त्रालयले तालतलैया सहित बिभिन्न पर्यटकीय पूर्वाधार निर्माणको काम समेत थालेको जानकारी दिए । उनले स्थानीय तहलाई समेत पर्यटकीय पूर्वाधार निर्माण र त्यसको प्रवद्र्धन गर्न आग्रह समेत गरे । सबै तहबाट पर्यटन प्रर्वद्धनमा काम भए त्यसले मुलुकको समृद्धिमा सघाउने उनले बताए ।
मन्त्री गिरीले पर्यटकलाई लोभ्याउने काम गर्न होटल व्यवसायीहरुलाई समेत आग्रह गरे । अन्र्तक्रियामा बोल्दै बा“के क्षेत्रका पर्यटन व्यवसायीले लुम्बिनी भ्रमण वर्षमा प्रदेशका हरेक पर्यटकीय क्षेत्रलाई जोड्न सुझाव दिएका छन् । लुम्बिनीभित्र सबै क्षेत्र समेटिदाँ आञ्चलिक मनोविज्ञान अन्त्य हुदँै समग्र प्रदेशकै पर्यटन विकास हुने बताए । बाँके र बर्दियाका पर्यटकीय गन्तब्यलाई समेट्दै लैजान उनीहरुले सुझाव दिए ।
लुम्बिनी भ्रमण वर्षका अवसरमा प्रदेश सरकारले प्रदेशभरकै पर्यटकीय गन्तब्यको चिनारी गराउने उद्देश्य राखेको छ । लुम्बिनी आउने पर्यटकको बसाई अवधी लम्ब्याउनका लागि कपिलवस्तु, रामग्राम सहितका पर्यटकीय क्षेत्रको प्रचार र विकास गर्ने योजना समेत रहेको छ ।
लुम्बिनी भ्रमण वर्षकै अवसरमा लुम्बिनीमा मायादेवी प्रसुती उत्सव गरिदैछ । बौद्धकालीन खाना प्रदर्शनी सहित लुम्बिनी फेस्टिवल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दीर परिसरमा दैनिक दीप प्रज्वल, पूर्णिमा उत्सव लगायतका कार्यक्रम हुने प्रचार प्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले जानकारी दिए ।
भ्रमणवर्षबाट लुम्बिनीमा वार्षिक २० लाख पर्यटन आउने अपेक्षा गरिरएको छ । मन्त्रालयका अधिकृत केशव सुनारले भ्रमण वर्षको प्रचारका लागि सातै प्रदेशमा अन्र्तक्रिया गरिएको जानकारी दिए ।
लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र प्रवद्र्धन गरि बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गर्दै सिंगो प्रदेशको प्रर्बद्धनका लागि लुम्बिनी भ्रमण वर्ष मनाउन लागिएको हो । भ्रमण वर्ष अवधिभर लुम्बिनीका बारेमा प्रचार प्रसार मात्र नभई प्रवद्र्धनका विभिन्न कार्यक्रम र लुम्बिनीसहित अन्य बुद्ध जीवनीमा आधारित क्षेत्रको समेत एकीकृत विकासका लागि पहलसमेत गरिनेछ ।
पर्यटन आकर्षण गरौं
विश्वमानचित्रमा लुम्बिनीको अझै पनि राम्ररी प्रचारप्रसार हुन सकेको छैन । जसले गर्दा वार्षिक १ लाख ६० हजारको हाराहारीमा विदेशी पर्यटक लुम्बिनी आउने गरेका छन् । यस्तै पोखरा र काठमाडौंको तुलनामा आन्तरिक र भारतीय पर्यटक पनि लुम्बिनी निकै कम पुग्ने गरेको तथ्यांक लुम्बिनी विकास कोषसँग छ ।
सन् २०१८ मा लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि १ लाख ६९ हजारभन्दा बढी थियो । नेपाली पर्यटकको संख्या पनि १२ लाखको हारहारीमा थियो भने भारतीय पर्यटकको संख्या १ लाख ९२ हजार थियो । भ्रमण वर्षको समयमा विभिन्न आकर्षक कार्यक्रम तथा योजना ल्याएर पर्यटक आगमन संख्या गत वर्षको तुलनामा थोरै भएपनि वृद्धि गराउन सकियो भने त्यो ठूलो सफलता हुनेछ ।
त्यसैले पनि यो कार्यक्रम सफल बनाउन प्रदेश सरकार मुख्य रूपमा लाग्नुपर्छ भने प्रदेश अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगै लुम्बिनी विकास कोष, पर्यटन सम्बद्ध सरोकारवाला निकाय, होटल तथा ट्राभल व्यवसायीमात्र होइन्, समस्त प्रदेशका जिल्लावासीसमेत तातिनुपर्छ ।
प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने निर्णयसँगै यहाँका निजी क्षेत्र पनि खुसी देखिएका छन् । अब प्रदेश सरकारले केन्द्रीय सरकारसँग मिलेर भारत र चिनमा लुम्बिनीको अधिक प्रचार गर्नुपर्ने देखिन्छ । लुम्बिनी भ्रमण वर्षमा भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्नु पर्दछ ।
केही वर्षदेखि चिनियाँ नागरिकको आर्थिक अवस्था विश्वमै मजबुत हुँदै गएको र चिनियाँहरूको भ्रमण गर्ने संस्कृति अहिले विश्वमै खर्चालु पर्यटकका रूपमा लिइन्छ । त्यसैले चिनियाँ पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन चीनमा प्रचार गर्न जरूरी छ
पुर्वाधार निर्माणमा जोड दिऔं
भ्रमण वर्षसँगै आन्तरिक र बाह्य पर्यटक बढीभन्दा बढी भित्र्याउन प्रचारप्रसारसँगै लुम्बिनीसहित तिलौराकोट, कुदान, देवदह, रामग्रामलगायत बौद्ध जीवनीमा आधारित क्षेत्रहरूको प्रवद्र्धन र त्यसक्षेत्रमा पर्यटकहरूको सहज पहँुचका लागि यातायात साधन सञ्चालन र सडक पूर्वाधार मर्मत तथा निर्माण, पर्यटकीय सेवाका होटल रेस्टुराँ सञ्चालन र अन्य सेवासुविधा प्रदान गर्न पनि प्रदेश सरकारले सहकार्य गरी अघि बढ्न जरूरी छ ।
लुम्बिनी विकास क्षेत्र अन्र्तगत पर्ने अधिकांस क्षेत्रमा सडक सञ्जाल मुख्य चुनौती बनेकोछ । पुलपुलेसा, सडक कालोपत्रे गर्न सकिएको छैन । अधिकासं सडक ग्राभेल रहेकाले पर्यटकका लागि उपयुक्त सडक सञ्जाल हुन जरुरीछ । एक तथ्यांक अनुसार स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी पर्यटक भैरहवा नाकाबाट भित्रिने गर्दछन् ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पनि भैरहवा नै हो । तर पछिल्लो समय यसक्षेत्रको जनघनत्व र शहरीकण बढेसगैं यसक्षेत्र धुवाँ, धुलो र फोहोर व्यवस्थापनको चपेटमा परेको छ । यसक्षेत्रको अस्तब्यस्त जनघनत्व र प्रदुषण नियन्त्रणमा चासो नदिए पर्यटन क्षेत्रमा समेत यसले नकारात्मक प्रभाव पार्छ ।
सहुलियत प्याकेज चाहियो
भ्रमण वर्षका अवसरमा होटल व्यवसायीहरूले लुम्बिनी, भैरहवा, बुटवल, तौलिहवा, रामग्रामलगायतका क्षेत्रमा सहुलियत दरको प्याकेज सार्वजनिक गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्नुपर्ने देखिन्छ ।
बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई लक्षित गरी विशेष प्याकेज निर्माण गरि यसतर्फ आर्कषित गर्न सके धेरै पर्यटकलाई लुम्बिनीको बसाई अवधि लम्ब्याउन सकिन्छ । जसका कारण लुम्बिनीमा बासै नबस्ने पर्यटकको बसाइ अवधि बढाउने खालका गतिविधि गर्नु जरूरी देखिन्छ ।
यस्तो छ भ्रमण वर्षको कार्यक्रम
भ्रमण वर्षका माध्यमबाट लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माणसँगै पर्यटकहरूको बसाई अवधि कसरी लम्ब्याउने भन्नेतर्फ पनि बहस हुनेछ ।
लुम्बिनी भ्रमण वर्षको मूल समितिका अध्यक्षमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् भने कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी रहेका छन् । भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ ।
तर, औपचारीक रूपमा भ्रमण वर्षका कार्यक्रम सञ्चालनका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताइएको छ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड बजेट विनियोजन गरेको छ ।
लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र संवद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए । उनले प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको बताउँदै पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने बताए ।
विश्व शान्तिको प्रतिक मानिने लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका विभिन्न देशका पर्यटक वर्षेनी भ्रमण गर्न आउँछन् । भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह (पण्डितपुर), अरौराकोट, सगरहवा, सिसहनिया, अनोमानदी लगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम संचालन गरिनेछ । लुम्बिनी क्षेत्र तथा बुद्धपथसँग सम्बन्धित स्थानहरूको साथै बुद्धपथसँग नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने छ ।
यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत सातवटै प्रदेश र भारतको खुसीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत सञ्चालन गरिने छ । भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुलमुन डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन तथा ५० फिटको नेपाली झण्डा फहराउने लगायतका कार्यक्रम गरिने छ ।