प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा


प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा

प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताका बारेमा जानकारी दिदैँ क्लबका अध्यक्ष सूर्यमणी अधिकारी । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज १४ असोज : प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएकोछ ।

रोयल नेपालगन्ज फुटबल क्लबको आयोजनामा भोली शुक्रबारदेखि सञ्चालन हुने प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएकोछ ।

क्लबले बिहीबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पूर्ण तयारी भएको बताएको हो । नेपालगन्ज रङ्गशालामा हुने प्रतियोगितामा जिल्लाका १४ वटा क्लबबीच प्रतिस्प्रर्धा हुनेछ ।

क्लबका अध्यक्ष सूर्यमणी अधिकारीका अनुसार जानकी गाउँपालिकाको न्यू भगवती क्लब, कोहलपुरको सिटी युथ क्लब, नेपालगन्जको युनाइटेड क्लब, खजुराको न्यू डाँफे स्पोर्टस क्लब, कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण सम्पर्क कार्यालय नेपालगन्ज, सनलाईट युथ क्लब, हसनपुर, हेल्थ बिनिफिटनेस नेपालगन्ज, मोडेल टिम सीगाउँ, धम्बोझी क्लब नेपालगन्ज, नव दुर्गा युथ क्लब, कम्दी, साइनिङ स्टार युथ क्लब, भैरवप्रसाद गण, राँझा, रेसिङ साहारा क्लब, कोहलपुर र आयोजक रोयल नेपालगन्ज फुटबल क्लब नेपालगन्जबीच प्रतिस्प्रर्धा हुनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

आगामी दिनमा एन्फासंग समन्वय गरेर बागेश्वरी गोल्डकप सञ्चालन गर्ने तयारी समेत रहेको क्लबका अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ र द्वितीय हुनेलाई ५१ हजार एक सय ११ रुपैयाँ, मेडल,ट्रफी र प्रमाणपत्र दिइनेछ ।

आयोजकले बाँकेको फुटबल क्षेत्र र खेलाडीलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियोगितामा सहभागि हुने सबै खेलाडी बाँके जिल्ला बासी हुनुपर्ने नियम बनाइएको क्लबका महासचिव दीर्घराज आचार्यले जानकारी दिए । उनका अनुसार यसले बाँकेको फुटबल टिम बनाउन सहयोग गर्ने अपेक्षा गरिएकोछ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सांसद एवम ओलम्पियन सुरेन्द्र हमालले शुक्रबार दिउँसो ३ बजे हुने तयारी गरिएकोछ । खेल अवधिमा प्रतियोगि टिमले रेफ्रिको निर्णय अस्वीकार गरेमा २५ सय नगद राखि निवेदन(प्रोटेक्स)दिन सक्नेछन् । यस्तो अवस्थामा आयोजकको निर्णय अन्तिम हुनेछ ।

यसका साथसाथै प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कष्ट गोलकर्ता र अनुसाशीत टिमलाई ट्रफि र प्रमाणपत्र दिइने आयोजकले जनाएकोछ । उद्घाटन खेल रोयल नेपालगन्जक फुटबल क्लब र सनलाईट युवा क्लब हसनापुरबीच हुनेछ ।