नेपालगन्ज मेडिकल कलेजः लागुऔषधको अखडा
नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज लागुऔषधको अखडा बनेका छन् । त्यहि कार्यरत कर्मचारी र एमविविएस अध्यनरत विद्यार्थीनै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ ।
कर्मचारीदेखी चिकित्सा अध्यरत विद्यार्थीसम्म लागुऔषध ब्राउसुगरसहित पक्राउ परेपछि नेपालगन्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको संख्या धेरै रहेको अनुमान गरिएको छ ।
डाक्टरलाई समाजमा निकै प्रतिष्ठीत मानिन्छ । बुवा आमाले छोराछोरीलाई डाक्टर पढ्न पठाएका छोराछोरीनै लागुऔषधमा फसेका छन् । प्रहरीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा वाहालवाला चिकित्सक र एमविविएस अध्ययनरत विद्यार्थी लागुऔषध दुव्र्यसनमा फसेका छन् । यसको आँकडा धेरै छ । मेडिकल कलेजभित्र चिकित्सकहरुनै लागुऔषध सेवन गर्छन् । र, तिनै चिकित्सकले नै विरामीको उपचार गर्छन् ।
प्रहरी अहिले मेडिकल कलेजभित्रको अनुसन्धानमा जुटेको छ । एक दर्जन भन्दा बढीले लागुऔषध् प्रयोग गर्छन् भन्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरिसकेको छ । कोहलपुर शिक्षण अस्पतालमा गाँजा, चरेस सेवन गर्नेको संख्या त झन् धेरै छ । अस्पताल हाताभित्रै त्यसका अवशेष मज्जाले भेटिन्छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमविविएस अध्ययनरत दुईजना विद्यार्थीलाई लागूऔषध सहित प्रहरीले २४ बैशाख, २०७६ मा जमुनहा नाकाबाट पक्राउ ग¥यो । भारतको सीमा बजार रुपईडिहाबाट लागूऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमविविएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मालाई पक्राउ गरेको हो ।
त्यसो त नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका तत्कालिन प्रशासन प्रमुख अरविन्द शर्मा लागूऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट पक्राउ परेका थिए । मेडिकल कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थी लागूऔषध सहित पक्राउ परेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लागूऔषधको प्रयोग र कारोबार हुन्छ भन्ने प्रमाणित भएको छ ।
शिक्षण अस्पतालमा कार्यरत कर्मचारी र मानव स्वास्थ्य जाँचका लागि अध्ययनरत विद्यार्थी लागूऔषध प्रयोग गरेको फेला परेपछि उक्त अस्पतालले दिने शिक्षा र उपचार सेवामा शंका गरिन थालिएको छ । उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रिय सदस्य बसन्त गौतमले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा लागूऔषध दुब्र्यसन तथा कारोबार हुनु चिन्ताको विषय भएको बताए । उनले एमविविएस अध्ययन गर्ने कलेजमा लागूऔषधको दुब्र्यसनी बढ्दा सिंगो स्वास्थ्य क्षेत्रमा असर पर्ने बताए । आफै कुलतमा परेको चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने उनको भनाई छ । ‘विरामी जाँच्ने चिकित्सक नै लागूऔषधको कुलतमा फसेपछि उसले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने कुरै आउँदैन,’ उनले भने ।
कानून व्यवसायी समेत रहेका गौतमले लागूऔषध कारोवारीले शिक्षा क्षेत्रमा कारोबार बढाएर शिक्षा क्षेत्रलाई तहस नहस बनाउन खोजेको जिकिर गरे । यसले सिंगो शिक्षा क्षेत्र धमिल्याउने बताए । लागूऔषधले शैक्षिक बातावरणमा खलल् पु¥याउने र यसले विद्यार्थीको करियरमा धक्का पु¥याउने देखिन्छ,’ गौतमले भने ।
राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश ५ नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले स्वास्थ्य शिक्षा दिने कलेजका विद्यार्थी नै लागूऔषध दुब्र्यसनमा फस्नु दुर्भाग्य भएको बताए । उनले लागूऔषध प्रयोग गर्ने एमविविएस अध्ययनरत विद्यार्थीले भविष्यमा दिने सेवा माथि आशंका उब्जाएको बताए । ‘राम्रा र जेहेन्दार विद्यार्थीले मात्र एमविविएस पढ्छन् भन्ने आमसमुदायको मानसिकता माथि यसले नकारात्मक सन्देश दिएको छ,’ उनले भने ।
उनले एमविविएस अध्ययनरत विद्यार्थीले लागूऔषध प्रयोग गर्दा गुणस्तरीय शिक्षा लिन नसक्ने भएकोले भविष्यमा उसले दिने स्वास्थ्य सेवामाथि पनि प्रश्न चिन्ह खडा भएको बताए । ‘स्वास्थ्य सेवा दिनका लागि अध्ययन गरिरहेको विद्यार्थीले राम्रोसँग पढेन भने उसले दिने सेवा कस्तो होला,’ उनले भने ।
नेपाल प्रहरी, प्रदेश ५ का लागूऔषध ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमविविएस अध्ययनरत ८–९ जना विद्यार्थीले लागूऔषध प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको बताए । उनले विद्यार्थीलाई निगरानीमा राखेको बताउँदै शिक्षण अस्पताल कोहलपुरका विद्यार्थीले लागूऔषध प्रयोग गर्दै आएको प्रमाणित भएको बताए । ‘हाम्रो अनुसन्धानले त्यहाँ अध्ययनरत केहि विद्यार्थीले लागूऔषध प्रयोग गर्छन् भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘पक्राउ परेका दुवैजना प्रयोगकर्ता भएको अनुसन्धानबाट खुलेको छ ।’
यस विषयमा मेडिकल कलेज ब्यवस्थापन समिति र कलेजका प्रवन्ध निर्देशक श्रवणकुमार चौधरीसँग छलफल जारी रहेको बताउँदै थापाले कुलतमा फसेका विद्यार्थीलाई सहि बाटोमा ल्याउन र कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्ने बचन दिएको बताए । ‘सचेतनामुलक कार्यक्रम संचालन गर्ने र लागूऔषध प्रयोगकर्ता विद्यार्थीलाई सचेत गराउने प्रतिवद्धता अस्पताल प्रशासनले दिएको छ,’ उनले भने ।