'वनमन्त्री भएपनि खेलकूददेखि टाढा छैन'

लोकतान्त्रिक खेलकुदको स्वागत तथा सम्मान


'वनमन्त्री भएपनि खेलकूददेखि टाढा छैन'

नेपालगन्ज ४ कार्तिकः नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशले प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई बिहीबार नेपालगन्जमा भब्य स्वागत, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ओलम्पियन समेत रहेका मन्त्री हमालले वन मन्त्री भएपनि खेलकुददेखी टाढा नरहेको बताए ।

कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री हमालले परम्परागत तरिकाले खेलकुद अघि बढ्न नसक्ने भन्दै खेलकुद अगाडि बढाउन विज्ञानको सहारा लिनुपर्ने आवश्यकता औंल्याए । उनले भने–‘शारीरिक बनोट र परिवारिक बंशाणुगत गुणको आधारमा खेलकुदमा लाग्न नयाँ पिढीँलाई प्रेरित गर्नुपर्दछ ।’

उनले बेमौसमी वर्षाले किसानको धानबालीमा पु¥याएको क्षतीको लागि लुम्बिनी प्रदेश सरकारले राहतको व्यवस्था गर्ने बताए । उनले आफूले मुख्यमन्त्रीसंग कुरा गरेको बताउँदै पीडा खेपिरहेका किसानलाई राहत दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

ओलम्पियन हमाल मन्त्री बनेपछि नेपालगन्जबासी धेरै खुसी भएको संघका अध्यक्ष थापाले बताए । उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी ’भोला’, खेलकुदसंग सम्बन्धित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको स्वागत, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, ओलम्पियन पार्वती थापा, भलिबल संघका टिएस ठकुरी लगायत अतिथीको उपस्थिती रहेको थियो । प्रदेशको मन्त्री भएपछि पहिलो पटक गृहनगर आएका हमाल स्वागत, सम्मान तथा भेटघाटमा ब्यस्त छन् ।