हैरानीमा अख्तियार

अख्तियारको पैसा लिएर भागेका पाठक पुत्र अझै फेला परेनन्


हैरानीमा अख्तियार

नेपालगन्ज:अख्तियारको पैसा लिएर भागेका कृष्णकुमार पाठक पुत्र विपिन पाठक अझै फेला पर्न सकेका छैनन् । विपिन फेला नपर्दा अख्तियार हैरानीमा परेकोछ ।

आयोगले उपलब्ध गराएको घुस रकम ओरोपित कृष्णकुमारका छोरा विपिनले वैशाख २१ गते लिएर भागेका थिए । घुस रकम लिएर फरार रहेका पाठक पुत्रको रातदिन खोजी गर्दा पनि आयोगले भेटाउन सकेकोछैन ।

आयोगले नै घुस रकम दिएर कृष्णकुमार पाठकलाई रंगेहात पक्रने स्ट्रिङ अपरेशन समेत गरेको थियो । आर्थिक अनियमितता नियन्त्रणमा सक्रिय रहेको आयोगकै लापरबाहीका कारण यतिवेला आयोगलाई हैरानी भएकोछ । साथै आयोगमाथिको विश्वासमा शंका समेत उब्जिएकोछ । घुस लिदै गरेका कृष्णकुमार पाठकलाई पक्रेको आयोग एकहिसावले झुटो हो भन्ने प्रमाणित भएकोछ ।

घुस लेनदेन भईसकेपछि पाठकका छोरा विपिन आयोगले सेवाग्राहीमार्फत बुझाएको तीन लाख घुस रकम लिएर फरार भएका थिए । घुस रकम लिएर फरार भएको भनिएका विपिन फेला नपर्दासम्म यो विषयको सहज निप्टारा लाग्ने देखिँदैन । घुस रकम लिएर विपिन तुरुन्तै भारततिर लागेको बुझिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मुद्दा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको आयोगकै तीन लाख घुस रकम लिएर फरार भागेका विपिनलाई १० दिन वित्दा समेत ै पक्रन सकेन । आफ्नो कार्यकुसलता र क्षमतामाथि उठेको प्रश्नलाई ढाकछोप गर्दै फरार भनिएका पाठकको खोजविन भइरहेको र फेला परेलगत्तै आफ्नो नियन्त्रणमा लिने आयोगले बताइरहेकोछ ।

सेतोखरीसंग कुरा गर्दै अख्तियार स्रोतले भन्यो– पक्राउ परेका आरोपित कृष्णकुमार पाठकमाथि आयोगको मुख्य कार्यालयबाटै अनुसन्धान भइरहेकोछ । यतिवेला पाठक आयोगकको नियन्त्रणमा छन् । अनुसन्धान भइरहेकोछ । बाँकी कुरा अनुसन्धान पछि बाहिर आउँछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्र्पक कार्यालय नेपालगन्जले गत बैशाख २१ गते साँझ नेपालगन्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा घुसको लेनदेन भइरहेको सूचना र उजुरी पाएलगत्तै स्ट्रिङ अपरेशन समेत गरेको थियो ।

आयोगकको स्ट्रिङ अपरेशनले उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका टाइपिष्ट सुब्बा कृष्णकुमार पाठकलाई आफ्नो नियन्त्रणमा लियो । मुद्दामा सहजिकरण गरिदिने भन्दै सुब्बा पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले पाठकलाई च्याम्बरबाटै घुस सहित नियन्त्रण लिएको जनाएको थियो ।

तर, घटना भनेअनुसार थिएन । अख्तियारले जारी गरेको विज्ञप्तीमा पाठकलाई ३ लाख घुससहित रंगेहात समातेको उल्लेख भनिएपनि ३ लाख रुपैयाँ पाठकबाट बरामद नभएपछि यसको रहस्य बाहिरिएको थियो । खबर बाहिर आएसगैं अख्तियारलाई टाउको दुखाई हुनुका साथै आयोगमाथिको चौतर्फी प्रश्न उब्जिएकोछ ।