नेपालगन्जमा फलफुल र चिसोको व्यापार बढ्यो


नेपालगन्जमा फलफुल र चिसोको व्यापार बढ्यो

नेपालगन्ज : गर्मी बढेसँगै नेपालगन्जमा चिसो पेय पदार्थ, तरबुजा र काँक्राको व्यापार बढेको छ । धम्बोझी, त्रिभुवन चोक, त्रिवेणीमोड, पुष्पलाल चोक, विपी चोक, भेरी अस्पताल, नर्सिङ्गहोम अगाडीलगायतका स्थानमा ठेला तथा फुटपातमा फलफुल र काँक्रा विक्री गर्नेको भीड लाग्ने गरेको छ ।

बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा उत्पादन भएका काँक्रा र तरबुजा नेपालगन्ज बजारमा ठुलोमात्रामा खपत हुने गरेको छ । धम्वोझीमा तरबुजा र काँक्राको व्यापार गर्दै आएका सलिम राइले दैनिक १ हजार २ सय रुपैयाँसम्मको विक्री वितरण गर्ने गरेको बताए । बजारमा अहिले काँक्रा, तरबुजा तथा गर्मीयामका फलफुल बढिमात्रामा विक्री हुने गरेकोछ ।

नेपालगन्ज त्रिभुवन चोकमा लामो समयदेखि फलफुल विक्रि गर्दै आएका गरिब नवाज फ्रुट सेन्टरका सञ्चालक मोहम्मद वारिसले गर्मी बढेसगैं फलफुलको माग ह्वात्तै बढेको बताएकाछन् ।

उनले भने मुस्लिमहरुको रमजानको रोजा (व्रत) चलिरहेकोले केहीदिन यता फलफुलको माग ह्वात्तै बढेको हो । उनले भने विहान बेलुका केही मात्रामा राहत भएतापनि विहान १० बजेदेखि बेलुका ४ बजेसम्म गर्मीले काकाकुल भइन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

उनले आफ्नो फ्रुट सेन्टरबाट अनार, स्याउ, केरा, अङ्गुर, तर्बुजा, मेवा, मौस तथा खजुर जस्ता फलफुल बिक्री वितरण गरिरहेकाछन् । उनको पसलबाट दिनहुँ ५ देखि १० हजारको ब्यापार हुन्छ ।
फलफुलको दररेट
आँप: १२० देखि १६० रुपैयाँ प्रतिकेजी
खजुर: २ सय देखि ४ हजार प्रति केजी
तरबुजा: ४० देखि ८० रुपैयाँ केजी
अनार: १५० देखि १८० रुपैया प्रति केजी
अङ्गुरः २ सय रुपैयाँ केजी
केरा: ८० रुपैयाँ दर्जन
स्याउ: १८० देखि २ सय रुपैयाँ केजी
मौसम: १६० देखि १८० रुपैयाँ केजी
भुईकटहर: प्रती गोटा १ सय रुपैयाँ
मेवा: ८० रुपैयाँ केजी
सुन्तला: १६० रुपैयाँ प्रतिकेजी (पुनश्चः पसल र बस्तुको गुणस्तरताअनुसार दररेट फरक हुनसक्छ ।)

नेपालगन्ज उसैपनि गर्मी हुने ठाँउ । यहाँका स्थानीयबासीहरु गर्मी छल्न विभिन्न उपाय अपनाउने गरेकाछन् । स्वास्थ्यका दृष्टिकोणले पनि गर्मीयाममा फलफुल खानु उपयुक्त हुन्छ । फलफुलले गर्मीयाममा शीतलता प्रदान गर्नुका साथै शरीरलाई चाहिने जति पौष्टिक पदार्थ प्रदान गर्नेहुदाँ प्रयाप्त मात्रामा फलफुल खान चिकित्सकहरु सुझाउछन् ।

चिसो पेय पदार्थको विक्रि बढ्यो
गर्मी बढेसगैं फलफुलका साथसाथै चिसो पेय पदार्थको विक्री बढेको छ । चिसो पेय पदार्थ अन्र्तगत विभिन्न कम्पनीका सोडायुक्र पेय पदार्थ, लस्सी, दही, दुध, फलफु तथा उखुको जुस, बदामसेक तथा आइसक्रिमको ब्यापार ह्वात्तै बढेकोछ ।

सोडायुक्त चिसो पेय पदार्थहरुको पनि खपत बढेको किराना व्यवसायीहरु बताउँछन् । गर्मीयामको टण्टलापुर चर्को घामलाई छल्न चिसो पेय पदार्थले राहत गर्छ । तर, कतिपय चिसो पेय पदार्थ पिउदाँ स्वास्थ्यलाई असर गर्नेहुदाँ यसतर्फ सजग रहन चिकित्सक सुझाउछन् । चिकित्सकले सोडायुक्त चिसो पेय पदार्थ भन्दा सर्वत, काँक्रा, तरबुजाको सेवन गर्न सुझाव दिएका छन् ।

यस्तो छ चिसो पेय पदार्थको दररेट
दुध: ६० रुपैयाँ प्रतिलिटर
दही: ८० रुपैयाँ प्रतिलिटर
सोडियम युक्त चिसो पेय पदार्थ: ४० रुपैयाँ प्रतिबोटल
उखुको जुस: प्रति गिलास १० र २० रुपैयाँ
फलफुलको जुस: प्रतिगिलास ८०, १००, १२० रुपैयाँ
आइसक्रिम: १०, २०, ४०, ६०, ८०, १००, १२० र १५० रुपैयाँ ।
बदामसेक: प्रतिगिलास ३०, ५० रुपैयाँ
लस्सी: ७०, १०० र १२० रुपैयाँ प्रतिगिलास । (पुनश्चः पसल र बस्तुको गुणस्तरताअनुसार दररेट फरक हुनसक्छ ।)