प्रथम पालिकास्तरीय महिला भलिबल प्रतियोगिता

कोहलपुर, बैजनाथ, खजुरा र नेपालगन्जको विजयी सुरुवात


कोहलपुर, बैजनाथ, खजुरा र नेपालगन्जको विजयी सुरुवात

नेपालगन्ज १२ कार्तिक : बाँकेको खजुरामा शुक्रबारबाट पालिकास्तरिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजनामा खजुरास्थित भलिबल स्टेडियममा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर नगरपालिकाले राप्ती सोनारी गाउँपालिकालाई हरायो ।

कोहलपुरले पहिलो सेटमा २५–१६ अंक ल्याएर अग्रता लिएको थियो, दोस्रो सेटमा राप्ती सोनारीले १९–२५ अंक ल्याएपछि बराबरीमा पुगेको थियो । तेस्रो सेटमा भने कोहलपुरले २५–२१ अंकले जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा अन्ततः राप्ती सोनारीले हार बेहार्नु पर्यो ।

शुक्रबार नै भएका खेलमा नरैनापुर गाउँपालिकालाई हराएर बैजनाथ गाउँपालिकाले विजयी सुरुवात गर्यो । यस्तै डुडुवा र खजुराबीचको खेलमा खजुरा गाउँपालिका विजयी भयो । त्यसैगरी नेपालगन्ज र जानकी गाउँपालिकाबीचको खेलमा नेपालगन्ज उपमहानगरपालिकाले विजयी सुरुवात गरेको आयोजकले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतियोगिता यही कार्तिक १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका ८ वटै स्थानीय तहले सहभागिता जनाएका छन् । लिककम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्तवना हुने टिमलाई १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने समितिले जनाएको छ ।

उक्त प्रतियोगिताको बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकायले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाहको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा सांसद रोकाय, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बिक, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, राखेप लुम्बिनी प्रदेशका सदस्य सचिव भिम ओली लगायतले सम्बोधन गरेका थिए ।

-सबै तस्विरहरु : विजय मल्ल /सेतोखरी