गेरुवाद्वारा जर्मनी प्रविधिको ६ थान टेन्ट हस्तान्तरण


गेरुवाद्वारा जर्मनी प्रविधिको ६ थान टेन्ट हस्तान्तरण

बर्दिया १३ कार्तिक : टिडिएच फाउण्डेसन स्वीजरल्याण्डको सहयोगमा गेरुवा ग्रामीण जागरण संघले विपद् व्यवस्थापन समिति बर्दियालाई ६ थान टेन्ट हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा एक समारोहकाविच गेरुवा ग्रामीण जागरण संघका अध्यक्ष कृष्णजंग शाहले विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारीलाई (३८÷४२) को ६ थान जर्मनी प्रविधिबाट बनेको टेन्ट हस्तान्तरण गरेका हुन् ।

गत असोजमा बेमौसमी वर्षासंगै आएको कर्णाली नदीमा बाढी र डुवानले राजापुर नगरपालिका र गेरुवा गाँउपालिका हजाराँै नागरिक विस्थापित भएका थिए ।

विस्थापित भएका मध्ये केहि घर फर्किएका छन् भने वर्षाका कारण घरबास उठीबास लागेखका नागरिकहरु जीविकोपार्जनका लागि सडक तथा पुलमा त्रिपाल लगाएर बसिरहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले विपद्को समयमा गेरुवा ग्रामीण जागरण संघले गरिरहेको सहयोगको प्रसंशा गर्दै यसको विपद् व्यवस्थापन समितिले उच्च मूल्याङकन गरेको बताए । उनले यसअघि पनि पटक–पटक गेरुवाले सहयोग गरेको बताउँदै थप सहयोगको निरन्तरताका लागि आग्रह गरे ।

गेरुवाका अध्यक्ष कृष्णजंग शाहले बर्दियामा आएको बाढिका कारण विस्थापित भएकाहरुलाई तत्काल टेन्टको व्यवस्थापन गरि एउटै टेन्टमा करिब एक सय जना अटाउने खालको जर्मनीमा तयार भएको टेन्ट उपलव्ध गराएको बताए ।

सो सामाग्री हस्तान्तरण कार्यक्रममा नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओली, रेडक्रशका प्रतिनिधि, गेरुवा ग्रामीण जागरण संघका कार्यक्रम संयोजक रामरुप कौशल, सुमित्रा पौडेल र लेखा अधिकृत पुर्णीमा चौधरीको समेत उपस्थिति रहेको थियो ।