ओम फिट्नेसका आनन्द बने च्याम्पियन


ओम फिट्नेसका आनन्द बने च्याम्पियन

नेपालगन्ज : नेपालगन्जमा सम्पन्न दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिताको च्यापियन ओम फिट्नेस क्लबका आन्नद मगरले हात पारेका छन् ।

नेपालगन्ज स्थित नगरभवनमा भएको दास्रो मेयर कप शारीरिक सुगठन प्रतियोगितामा प्रतिस्प्रर्धी खेलाडीलाई पछि पार्दै आनन्द मगरले उक्त च्यापियनसिप हात पारेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको संयोजनमा भएको प्रतियोगितामा सबै समूहका विजेताहरुबीचको प्रतिस्पर्धाबाट एक जना च्याम्पियन छनोट गरिएको थियो ।

फाइनल राण्डमा आनन्दले उपाधि जिते सगैं नगद १० हजार सहित ट्रफी ब्यानेटले सुसज्जित भए । विभिन्न ७ वटा तौल विधामा भएको प्रतियोगितामा करिब एक दर्जन फिटनेस क्लबले सहभागिता जनाएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० तथा ८० भन्दा माथिका गरी ७ समूहमा विभाजन गरेर खेलाडीहरुको प्रतिस्पर्धा गराइएको थियो । जसमा ७ मध्ये ६ विधामा ओभ फिट्नेश क्लबको बर्चश्व रह्यो । शुक्रबारदेखि भएको प्रतियोगितामा प्रत्येक समूहबाट प्रि–जजिङ राउण्ड पार गर्ने ५ जनालाई मात्र फाईनल राउण्डमा सहभागि गराइएको थियो ।

प्रतियोगिता अन्र्तगत ५५ केजी तर्फ लक्ष्मण जिम क्लबका पंज कौशल विजयी भए भने ६० केजी तर्फ फिरदोस हास्मी ढपाली, ६५ केजीतर्फ आनन्द मगर, ७० केजी तर्फ ओविराज खड्का, ७५ केजी तर्फ सुनिल भाट, ८० केजी तर्फ सितान्सु पाण्डेय र ८० केजीभन्दा माथिमा अमित ठकुरी विजयी भएकाछन् ।

५५ केजी तौल बाहेक सवै तौल समुहका विजेता ओम फिट्नेश क्लब एण्ड अर्डर सप्लायर्सका खेलाडी हुन् । नेपालगन्ज स्थित नगरभवनको हलमा सम्पन्न प्रतियोगितामा प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित मेडल प्रदान गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले प्रतियोगिता आयोजनाका लागि ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । बाँके जिल्लामा १ दर्जन बढी फिट्नेस क्लब संचालनमा रहेकाछन् । जहाँ दिनहुँ करिब २ हजार जनाले जीम गर्ने गरेका छन् ।