बर्दियामा सशस्त्र प्रहरीद्वारा २६ लाख बढिको अबैध सामान सहित एक जना नियन्त्रण


बर्दियामा सशस्त्र प्रहरीद्वारा २६ लाख बढिको अबैध सामान सहित एक जना नियन्त्रण

बर्दिया २३ कार्तिक : बर्दियामा सशस्त्र प्रहरीले लाखौं मूल्यको ठूलो मात्रामा अबैध सामानसहित एक जनालाई नियन्त्रणमा लिएकोछ । भन्सार छली लाखौं मूल्यको ठूलो मात्रामा अबैध सामान बर्दियामा लुकाईछिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले २६ लाख बढीको भन्सारा छलि गरि ल्याएको अबैध सामानसहित बर्दिया बढैयाताल गाँउपालिका वडा नम्बर– ७ बस्ने २४ वर्षिय कृपालाल यादव सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् ।

यादवले कस्मेटिक सामान, विभिन्न भगवानका मूर्ति लगायतका सामान पिकअप गाडीबाट अन्यत्र लैजान लाग्दा सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँज गर्दा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नम्बर ३१ गणका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

रावतका अनुसार यादवले यसअघि पटकपटक पिकअप भ्यान प्रयोग गरि भारतबाट भन्सार छलेर ठूलो मात्रामा अबैध सामान भण्डारण गर्ने गरेको सूचनाको आधारमा गस्तीका क्रममा फेला पारिएको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सशस्त्र प्रहरीले बरामद गरेको उक्त सामान अन्दाजी २६ लाख ७० हजार ४ सय रुपैयाँ रहेको छ । सशस्त्र प्रहरीले बरामद गरेको उक्त अबैध सामान, यादव र पिकअप भ्यानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरीका अनुसार अबैध सामानसहित पक्राउ परेका यादवले भारतीयबजारबाट सामान तस्करी गरि बर्दियामा भण्डारण गर्ने र त्यहाँबाट सम्बन्धित क्षेत्रमा बुझाउने गर्दथे । पक्राउ परेका व्यक्तिले ति सामान केहि दिन अघि भारतबाट ल्याई लुकाई छिपाई राखी अन्यत्र लैजाने क्रममा पक्राउ परेको बुझिएको छ ।

पछिल्लो समय बर्दियामा सशस्त्र प्रहरीको सक्रियता बढेसंगै सशस्त्रलाई सफलता समेत मिल्दै गएकोछ । चोरी तस्करी नियन्त्रणका लागी सशस्त्रले अभियान चलाइरहदाँ अबैध गतिविधिमा उसले निगरानी समेत बढाएकोछ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको नियमित गस्ती भइरहेको भएपनि तस्करसंगको ‘सेटिङ्ग’का कारण भन्सार छली गरि ल्याइने सामाग्री र तस्करलाई नियन्त्रणमा लिन गाह्रो भइरहेकोछ । सशस्त्र प्रहरीले एकैदिन लाखौं मूल्यको ठूलो परिमाणमा अबैध सामान बरामद गरेपछि सशस्त्र प्रहरी बलका विओपीहरुमा सुरक्षा निगरानी कडा पारिएकोछ ।