बर्दियामा उत्साहजनक जनगणना हुदैँ


बर्दियामा उत्साहजनक जनगणना हुदैँ

गुलरिया (बर्दिया) २७ कार्तिक : देशभर शुरु भएको जनगणना अन्तर्गत बर्दियामा पनि उत्साहजनक रुपमा जनगणना जारी रहेको जिल्ला जनगणना कार्यालय बर्दियाले जनाएको छ ।

४ सय ७२ जना गणकले घरघरमा गएर जनगणना गरिरहेकाछन् । भने जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, कारागार तथा निकुञ्ज भित्र रहेको नेपाली सेना र गुलरियामा रहेको नेपाली सेनाको संस्थागत तथ्याङ्घका लागी जम्मा १ सय ७८ जना गणक खटाइएको छ ।

जनगणालाई सहज बनाउनका लागी जिल्ला जनगणा कार्यालयले स्थानीय तहमा पनि कार्यालय स्थापना गरी काम गरिरहेको छ ।

आठ वटा स्थानीय तह रहेको बर्दियामा जनगणनका लागी गुलरिया नगरपालिकामा ६८ जना, राजापुर नगरपालिकामा ६३ जना, मधुवन नगरपालिकामा ५५ जना, ठाकुरबाबा नगरपालिकामा ५४ जना, बारबर्दिया नगरपालिकामा ७७ जना, बाँसगढि नगरपालिकामा ६४ जना, बढैयाताल गाँउपालिकामा ५६ जना र गेरुवा गाँउपालिकामा ३५ जना गनक खटाइएको छ । यसका लागि एक सय १७ जना सुपरिवेक्षक समेत खटिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जनगणनामा स्थानीयको उत्साह पाइएको बताए ।

उनले भने ‘तथ्यांक संकलनका लागि घरघर पुगिरहेका गणकलाई हालसम्म कुनै समस्या आएको छैन । गणकले सोधेको मागेको तथ्यांक सहजै प्राप्त भइहरेकोछ ।’

‘घरघरमा आउने गणकलाई सही र वास्तविक सूचना उपलब्ध गराऔं । यो नागरिकको कर्तब्य र दायित्व हो सबैले पुरा गरौं’ प्रजिअ सुनारले भने । घरघमा गणक गइरहेकाले सत्य तथ्य विवरण उपलव्ध गराइदिन उनले आग्रह गरे ।

गणकले एउटा घरको विवरण लिदा करिब ३० मिनेट सम्म लाग्ने जिल्ला जनगणना कार्यालय बर्दियाका प्रमुख दानबहादुर ऐडीले बताए ।

उनले भने–‘बर्दियामा उत्साहजनक रुपमा जनगणना भैरहेको छ । जनगणनाका लागि घरघर पुगेका गणकहरुलाई सूचना प्राप्तीमा स्थानीयले सघाइरहेकाछन् । सबैले जनगणाका लागि सूचना तथा विवरण उपलब्ध गराइरहेको पाइएकोछ ।’

जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागी ८० वटा प्रश्नावली रहेका छन् । यी प्रश्नबाट जनसख्या, रोजगारीको स्थिति, वित्तिय पहँुच, शैक्षिक अवस्था, वसाईसराइको दर, आम्दानीको स्थिति लगायतका तत्थांक संकलन हुनेछ ।