‘छोरी निरादेवीको हत्या गरियो’: बुवा राधेश्याम


‘छोरी निरादेवीको हत्या गरियो’:  बुवा राधेश्याम

नेपालगन्ज : बाँके डुडुवा गाँउपालिका वडा नम्बर ३ निवासी राममनोहर कुर्मीले आफ्नी श्रीमती निरादेवी कुर्मीको हत्या गरेको माइती पक्षले दावि
गरेकोछ ।

बिहीबार नेपालगन्जमा गरिएको पत्रकार सम्मेलनमा पीडित माईती पक्षले यस्तो बताएको हो । जेठ २ गते करिब ४ बजे निरादेवी आफ्नै घरमा उनले लगाएको धोतीकै पाँसोमा झुण्डिरहेको अवस्थामा भेटिएकी थिइन । प्रहरीले घटना स्थलमा खिचेको तस्विर देखाउँदै राधेश्यमले भने–‘यो तस्विर हेर्नुहोस्, आत्महत्या भनिएको छोरीले उल्टोमुखी फाँसी लगाएकोछ । अनि छोरीले लगाएको धोती उसको शरीरिमा छ । असमान्य अवस्थामा झुण्डिएकी छोरीलाई ज्वाँइ र उनको परिवार मिलेर पहिले मारे अनि झुण्ड्याएर आत्महत्या गरेको नाटक रचेका हुन् ।’ उनले दावि गर्दै भने ।

जानकी गाँउपालिका वडा नम्बर ३ ईन्द्रपुर निवासी वर्ष २१ की निरादेविको राममनोहरसंग २०७२ बैशाखमा विवाह भएको थियो । विवाह भएसगै असन्तुष्ट भएका श्रीमान र उनको परिवारले निरादेविमाथि दाईजोको विषयमा बारम्बार घरेलु हिंसा गर्दै यातना दिन थाले ।

घटनाबाट आजिद भएका माइती पक्षले महिला तथा बालबालिका सेवा केन्द्रमा समेत निवेदन दिए । बैशाख १७ गते निवेदन दिएका माईती पक्षको निवेदनमाथि २३ गते दुवैपक्षलाई राखेर मिलापत्र समेत गरियो । तर, त्यो मिलापत्र नै निरादेविको लागि अन्तिम कागजी दस्तावेज बन्यो अन्तत १० दिन पछी निरादेविले दाइजोकै कारण अनाहकमा मृत्युवरण भोग्नु प¥यो । मृतक निरादेवीकी बुवा राधेश्याम कुर्मीले छोरीले आत्महत्या नगरी उनको हत्या भएको दावि गरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

घटनको विस्तृत विवरण सुनाउदै कुर्मीले भने –‘ज्वाँइले छोरीको हत्या गरि आत्महत्या गरेको बतायो । मेरी छोरी आत्महत्या गर्नेमध्येकी होइनिन् ।’ भावविहल भएका कुर्मीले भने –‘मैले न्याय पाउनुपर्छ, छोरीको हत्यारा र जो–जो संलग्न छन् उनीहरुलाई पहिचान गरि कडा कारबाही होस् ।’

पत्रकार सम्मलेनमा बोल्दै मृतक निरादेवीकी आमा सरवन कुमारी बर्माले ‘ज्यालादारीमा जिविको पार्जन गर्ने हामीले छोरीको धुमधामका साथ विवाह गरेका थियौं । विवाहामा ७ लाख खर्च भयो । ऋण पनि तिरिरहेकाछौं । तर, आज छोरीले अनाहकमा ज्यान गुमाउनु प¥यो ।’ भावविहल भएकी आमा सरवनकुमारीले भनिन्–‘हामीलाई न्याय चाहिएकोछ । न्यायमा पहुँच नभएर पत्रकार सम्मेलन गरेका हौं ।’

घटना लगत्तै बाँके प्रहरीले निरादेविका श्रीमान राममनोहर कुर्मीलाई हिरासतमा राखेकोछ । मृतक निरादेविकी बुवाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी समेत दिएको उल्लेख गरे । दुई छोरी एक छोराका बुवा राधेश्यामले घटनामा संलग्न जो सुकैलाई पत्ता गरि कडा कारबाही गर्न माग गरे ।

पछिल्ला दिनमा दाईजो र घरेलु हिंसाका कै कारण बाँकेका थुप्रै महिलाले अनाहकमा ज्यान गुमाउनु परेको प्रहरी तथ्यांकले समेत उजागार गरिरहेकोछ । दिनहुँ जसो दाईजो र घरेलु हिंसाका कारण यातना पाउनु र हत्या समेत हुनुले महिला सुरक्षाको चिन्ता बढाएको छ । राज्यले दाइजोको विषयमा कानून त बनायो र कानूनले दाइजो दिने प्रथालाई रोक्न भने सकेको देखिएन ।