मेयरको चिडियाखाना मेयरलाई नै घाडोँ

सुधारको योजना छैन, असुरक्षित वन्यजन्तु


मेयरको चिडियाखाना मेयरलाई नै घाडोँ

नेपालगन्ज : धवलशम्शेसर राणा पहिलो पटक मेयर हुँदा स्थापना गरिएको नेपालगन्ज मिनी चिडियाखाना अहिले नेपालगन्ज उपमहानगरपालिकालाई नै घाँडो भईरहेको छ ।

लक्ष्य र उद्देश्य अनुसार चिडियाखाना सञ्चालन र यसको व्यवस्थापन गर्न उपमहानगरपालिका उदासिन हुँदा अहिले चिडियाखाना ‘खाऊ त कान्छा बाबुको अनुहार नखाऊँ त सात दिनको भोको’ भने झै भएको छ ।

सदरलाईन छेउमा रहेको चिडियाखानामा रहेका अधिकांश बन्यजन्तु तथा जनावरहरु बिरामी हुनेक्रम रोकिएको छैन् । विरामी र आपसी लडाईका कारण मर्ने क्रमपनि उत्तिकै छ । यहाँ रहेका वन्यजन्तु र जनावरले समयमै उचित उपचार पाउँन सकेका छैनन् ।

यसले वन्यजन्तु र जनावर मर्ने क्रम पनि रोकिएको छैन् । दुई दशकपछि राणा नै फेरि उपमहानगरपालिकाको मेयर भए, तर चिडियाखानाको स्तरउन्नती, मर्मत सुधार र वन्यजन्तु तथा जनावरको सुरक्षा हुन सकेको छैन् । साँघुरो बासस्थानकै कारण आपसमा जुधेर वन्यजन्तुहरू बेलाबखतमा घाईते हुने र मर्ने गरेकाछन् । उचित स्याहार तथा आहाराको कमीले यतिवेला चिडियाखानामा रहेका जनावर, पक्षिंहरु क्रमस मर्ने र विरामी हुनेक्रम बढेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जको प्रचण्ड गर्मी छल्न उनीहरुका लागि उचित बासस्थान समेत छैन । गर्मीले काकाकुल भएका चिडियाघरका जनावर र पक्षींलाले प्रचुरमात्रामा आहारा नपाएको समेत पाइएकोछ । जसका कारण वन्यजन्तु र पक्षिं बचाउँन गाह्रो भईरहेको छ ।

कुनैबेलाको नेपालगन्ज र नेपालगन्ज आउने आगन्तुकका लागि उत्कृष्ट गन्तब्य रहेको चिडियाखाना नगरलाई नै घाँडो भईसक्यो । स्थानीय माहोम्मद यूसूफ जसगढले भने –‘पार्कभित्र रहेका जनावरको सुरक्षा र आहाराको कसैलाई चिन्ता र चासो छैन । पार्कभित्र रहेका सवै रुखहरु काटेर उजाड बनेको पार्क भित्र अवलोकन गर्न समेत पर्यटक आउदैनन् ।’

उनले भने–‘उपमहानगरपालिकाको उदासिनताका कारण पार्कको रौनकता र सौन्दर्यता घटेर गएकोछ । यहाँ राखिएका वन्यजन्तुहरु पनि मरेर सक्किए । यसको स्तरीयकरणमा समेत ध्यायन दिइएको छैन । जनावर र पक्षिंलाई उचित संरक्षण समेत हुनसकेकोछैन ।’

अहिले चिडियाखानामा दुई दर्जन वन्यजन्तु, जनावर छन् । चार वटा बयस्क र १४ वटा साना चित्तल छन् । भने एक वटा कृष्णसार मात्र रहेको पाइएकोछ । उपमहानगरपालिकाकै उदासिनताले चिडियाखानामा रहेका वन्यजन्तु र पक्षिं जोखिममा परेकाछन् । चिडियखानाको समस्या समाधान गर्दै स्तरउन्नती गर्ने उद्घोष गरेका नगर प्रमुख राणा नै उदासिन छन् । एक जनप्रतिनिधीले भने ‘पार्कको सुधार र पशुपंक्षिको सुरक्षाको जरूरी छ ।’

यसअघि आपसमा लडेरै एउटा पोथी र डेढ वर्षको भाले कृष्णसारका साथै गत वर्ष एउटा पोथी मयुर मरेको थियो । केही वर्ष पहिले पार्कमा पालिएको पोथी लौकाट, एक जोडी भालु पनि रोगको संक्रमणमा परेर मरेका थिए । जनावरको उचित बासस्थान, रेखदेख र उपचार गर्ने चिकित्सक अभावमा यहाँका पशुपंक्षि उच्च जोखिममा रहँदै आएको कर्मचारी बताउँछन् ।

अहिले यहाँ ४ वटा बयस्क र १४ वटा साना चित्तल र १ वटा कृष्णसार रहेकाछन् । केही संख्यामा लौकाट, खरायो, चराचुरूङ्गी, चाइनिज हासँ, परेवा, २ वटा बाँदर, कुखुरा र २ वटा अस्ट्रिच रहेकेछन् ।

यी जनावर तथा वन्यजन्तुमध्ये केही अहिलेपनि विरामी छन् भने गर्मीमा शीतलता, प्रयाप्त मात्रामा पिउने पानी र आहाराको कमीका साथसाथै उचित उपचार उनीहरुले पाउन सकेको छैन् । अहिलेपनि चिडियाखानामा वन्यजन्तु, जनावरका लागि उचित बसोबासको समस्या छ । चिडियाखानाको सरसफाईमा समेत उपमहानगरपालिकाको ध्यान जान सकेको छैन् ।

चिडियाखानाको सरसफाईमा समेत उपमहानगरपालिकाले उदासिनता देखाएको छ । बस्ने ठाउँ फोहोरी भएरै जनावरमा जुम्रा र इन्फेक्सन हुने गरेको पाइएकोछ ।

वन्यजन्तु चिकित्सक छैन
पार्कमा राखिएका वन्यजन्तुको उपचारका लागि उपमहानगरपालिकासँग आफ्नै चिकित्सक छैनन् । यसले पनि समयमै उपचारमा समस्या हुने गरेकोछ । पार्कमा रहेका चौकीदारले खबर गरेपछि जिल्ला पशु सेवा कार्यालयबाट चिकित्सक बोलाएर मात्रै उपचार गर्ने प्रचलन रहेको छ ।
तर, घरेलु पशुपक्षिंलाई उपचार गर्नु र वन्यजन्तुलाई उपचार गर्नु फरक छ ।

वन्यजन्तुको उपचारमा सक्रिय चिकित्सकको कमीले गर्दा घाईते तथा विरामी परेका पार्कका वन्यजन्तुको उपचार गर्न पुगेका चिकित्स उल्टै जोखिममा समेत पर्ने गरेको पार्कका कर्मचारी बताउँछन् ।

पशु सेवा कार्यालय बाँकेको तथ्यांकले अहिलेसम्म पार्कका नौवटा कृष्णसार मरिसकेका देखाउँछ । मृतक कृष्णसारको पोस्टमार्टमे
रिर्पोटमा सबै आपसमा लडेरै मरेको देखिएको पशु सेवा कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार यहाँ रहेका तीन चित्तल पनि यसअघि रोग लागेरै मरेका थिए ।

जनावर विरामी भईरहेका छन्, मरिरहेका छन् तर, चिडियाखाना मर्मत सुधार र वन्यजन्तु संरक्षण गर्न बजेट छैन । पहिला ठेक्कामा सञ्चालन भएको पार्क र चिडियाखाना केही वर्ष यता नगरपालिका आफैंले सञ्चालन गर्दै आएको छ ।

पर्यटक घटे
नेपालगन्जबासीका लागि कुनैबेलाको उत्कृष्ट गन्तब्य रहेको महेन्द्रपार्कको स्तरउन्नती नहुँदा आगन्तुकको संख्यामा कमी आएको छ । भगवान भरोसा चलिरहेको पार्क जसोतसो चलेता पनि उचित संभार तथा प्रर्बद्धन हुननसक्दा आगन्तुक घटेकाछन् ।

तत्कालिन नगर प्रमुख भएका उपमहानगरपालिकाका मेयर राणाले निमार्ण गरेको महेन्द्र पार्क अहिले जिर्ण छ । त्यहाँ भएका भौतिक संरचना तथा वन्यजन्तु र पक्षिंको सुरक्षाका लागि राखिएको पिँजडा, जाली,बार लगायतको उचित मर्मतसंभार नहुँदा पार्कको सौन्दर्यकरण हराउनुका साथै वन्यजन्तु जोखिमपूर्ण अवस्थामा रहेकाछन् ।

उपमहानगरपालिकाको मेयर भएसगैं नेपालगन्जको रानी तलाऊ महेन्द्र पार्क, वाटरपार्क र कान्ति तालको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका मेयरबाट हालसम्म रानीतलाउ बाहेक अरुको उचित व्यवस्थापन हुन सकेकोछैन ।

पिँजडा र वेरिएको जाली खिया लागेर कमजोर भएकाछन् । त्यहाँबाट सजिलै वन्यजन्तु र पक्षिं पटक–पटक भाग्दा पार्कका कर्मचारीलाई नियन्त्रणमा लिन हम्मे–हम्मे समेत हुनेगरेकोछ ।

खिया लागेको पिँजडा र जालीले त्यहाँ आउने आगन्तुकले पार्कको दुरावस्था देखेर जिब्रो टोक्ने समेत गरेको एक कर्मचारीले बताए । मुस्किलले दिनमा ८ सय देखि १२ सय सम्मको टिकट बेचिन्छ । टिकट काउण्टरमा वसेका एक कर्मचारीले भने पार्कको रौनक पहिलेजस्तो छैन । शनिबार र चाडपर्वबाहेक अरुदिन यहाँ खासै चहलपहल हुदैन ।

अझ पार्कमा राखिएका वन्यजन्तु र पक्षिंहरुको अवस्था देख्दा उनीहरुमाथि अत्याचार नै गरिएको प्रष्ट देखिन्छ । कुनैबेला मयुर रहेको स्थानमा मयुर त छैन तर त्यहाँ चानिज हाँस, परेवा राखिएको छैन । जसले गर्दा पार्क आउन रुचाउनेका लागि आर्कषण केही नभएको स्थानीय बताउँछन् ।

चिडियाघरको बडेमानको गेटमा घडियालको चित्र बनाइएकोछ । घडियालको चित्र हेरेर केही मानिस भित्र आँउछन् र सोध्छन् घडियाल पनि छ यहाँ ? त्यसको जवाफमा छैन, राख्ने कुरा चलिरहेको छ भन्ने सुनेपछि केही नबोलेर फर्किने गरेको कर्मचारी बताउँछन् ।

उजाड चिडियाघर, ओत लाग्ने ठाँउ छैन
महेन्द्र पार्कभित्र रहेका विभिन्न जातीका रुखविरुवा काटियो । सो रुखविरुवालाई टेण्डर हालेर पनि बेचियो करिब ७ लाख रुपैयाँ प्राप्त भयो तर, रुखविरुवा काटेपछि उजाड बनेको चिडियाघरमा आएका स्थानीय र पर्यटकलाई शीतल छहारी खाने स्थान छैन । अझ केही बेर बसेर भलाकुसारी गर्ने पेटी वा बस्ने स्थान पनि नभएपछि मानिसहरु गेटबाटै फर्केर जानेगरेकाछन् ।

पार्कभित्र यत्रतत्र फालिएका फोहोरको पनि ब्यवस्थापन नहुँदा दुर्घन्ति सगैं फोहोरी बनेकोछ ।  पार्कमा राखिएका वन्यजन्तु र पक्षिंलाई ओत लाग्ने बनाइको टहरा कर्कट पाताले छाएकोछ । जसका कारण गर्मीमा धेरै गर्मी र चिसोमा धेरै चिसो हुदाँ वन्यजन्तु र पक्षिंले सास्ती भोग्नुका साथै विरामी समेत हुने गरेको कर्मचारी बताउँछन् ।

पार्क पार्टी प्यालेस बन्यो
उपमहानगरपालिकाभित्रको गर्व गर्ने कुरा मध्ये महेन्द्र पार्क एउटा हो । भौगोलिक विगटता र वन्यजन्तुको अवलोकन गर्न नपाएकाका लागि नगरमै अवलोकन गर्न पाउने गरि बनाइएको उक्त पार्क हिजो आज पार्क कम पार्टी प्याले बढि भएकोछ ।

केही बेर आफन्तसंग बसेर रमाउनका लागि बनेको पार्क सुनसान हुँदा हिजोआज खर्च धान्नका लागि भएपनि पार्टी प्यालेस बनेको हो । पछिल्ला केही वर्षदेखि टोलमा हुने विवाह, वर्तबन्ध तथा विभिन्न खाले कार्यक्रम पार्कमा हुने गरेकोछ । पार्कमा हुने यस्ता गतिविधिमा प्रयोग हुने चर्को ध्वनी तथा फोहोरजन्य बस्तुले पार्कमा रहेका वन्यजन्तुलाई प्रत्यक्ष असर परिरहेकोछ ।

मानिसहरुको हुल आउनु, उनीहरुले प्रयोग गरेका विभिन्नखाले अत्तर तथा फोहारले वन्यजन्तुलाई प्रत्यक्ष वेफाइदा पुगिरहेकोछ । जसका कारण वन्यजन्तुमा नकारात्मक असर परि विरामी हुने, विच्कने र एकआपसमा लड्दा घाइते हुनुका साथै मर्ने गरेको पाइएको हो । कसैले एकदिनका लागि पार्क बुक गरेमा दैनिक ११ हजार रुपैयाँ लिने गरेको कर्मचारीले बताए ।