बर्दिया २१ मंसिर : दोस्रो बर्दिया प्रिमियर लिग क्रिकेट प्रतियोगीताको उपाधी हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौंले जितेको छ । मंगलबार भएको फाइनल खेलमा हिमालयन क्रिकेट एकेडेमी काठमान्डौले स्टार क्रिकेट एकेडेमि भैरहवा लाई १५ रनले हराउदै उपाधि जितेको हो ।
यो संगै च्याम्पियन हिमालयनले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद, ट्रफि हात पारेको छ । भने उपविजेता बनेको स्टार क्रिकेट एकेडेमी भैरहवाले ५१ हजार १ सय ११ रुपैया सहित ट्रफि प्राप्त गरेको छ ।
गुलरियाको कबर्डहलको खेल मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।
पहिलो विकेटका लागी दिपक बोहरा र आयुष्मान बम विच २५ रनको साझेदारी भएको थियो । कप्तान दिपक बोहराले ११ बलमा ९ रन जोडे ।
हिमालयनका मिडल अडर पुरन विकेले ४४ बलमा ३ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । आयुष्मान बमले २१ बलमा ४ चौका प्रहार गर्दै २५ रन बनाएका थिए । हिमालयनले ३ विकेट रन आउट मार्फत गुमाएको थियो ।
स्टार क्रिकेट एकेडेमि भैरहवाका लेग स्पिनर सुरज खडकाले ३ ओभरमा १८ रन खर्चिदै २ विकेट लिए, रुपेश वस्याल र पुरु भटराइले समान एक एक विकेट लिएका थिए । १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी व्याटिङ गरेको स्टार क्रिकेट एकेडेमि भैरहवाको सुरुवात भने फितलो रहेको थियो ।
स्टारले पहिलो पावर प्लेमा ४ विकेट गुमाउँदै ३० रन जोडेको थियो । त्यसपछि भने ५ औं विकेटका लागी नन्दन यादव र कप्तान विशाल खत्री विच ६८ रनको साझेदारी भएतापनि सो साझेदारी टुटे सगै स्टारले खेल समेत गुमाएको थियो ।
स्टार क्रिकेट एकेडेमि भैरहवाले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ३० रनमात्र बनाउन सक्यो । स्टारका कप्तान विशाल खत्रीले ३८ वलमा ५ चौका र १ छक्काको मद्धतमा ४५ रनको योगदान दिए । नन्दन यादवले ३७ वलमा २९ रन जोडे । हिमालयनका मध्य गतिका बलर कौशल रुपाखेतिले ४ ओभरमा ४२ रन खर्चियर ४ विकेट लिएका थिए । दीपक चन्दले ४ ओभरमा २७ रन खर्चियर ३ विकेट लिए । सागर भण्डारीले २ विकेट लिए ।
प्रतियोगीताको उत्कृष्ट व्याटर मनिष थापा भएका छन् । फाइनलमा आफनो टिमलाई पुरयाउन मनिषले ५ खेलमा १ सय २९ रन बनाएका थिए । प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडी हिमालयनका आयुष्मान बम भए ।
हिमालयनलाई उपाधी जिताउन उनले प्रतियोगीताभर सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १ सय ११ बलमा १ सय ५६ रन बनाएका थिए । प्रतियोगीताका उत्कृष्ट बलर नेशनल क्रिकेट एकेडेमिका विशाल पौडेल भएका थिए ।
पौडेलले प्रतियोगीताभर १२ ओभरमा ७४ रन खर्चियर १० विकेट लिएका थिए । सर्वोकृष्ट खलाडीले रु १० हजार प्राप्त गरेका थिए भने उत्कृष्ट व्यटर र बलरले समान पाँच पाँच हजार नगद प्राप्त गरेका छन् ।
नयाँ शिरा युवा क्लवको आयोजनामा दोस्रो पटक बर्दिया प्रिमियर लिग आयोजना गरिएको आयोजक क्लवका अध्यक्ष प्रमोद चन्दले आगामी दिनमा पनि बर्दिया प्रिमियर लिग लाई अगाडी बढाउने प्रतिबद्धता जनाए । स्व. वीरबहादुर चन्दको सम्झनामा आयोजना गरिएको दोस्रो बर्दिया प्रिमियर लिग क्रिकेट प्रतियोगीतमा स्व. विरबहादुर चन्दकी श्रीमती चन्द्रा चन्दलाई सम्मान समेत गरिएको थियो ।
विजेता उप विजेता तथा अन्य खेलाडीहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार , कर्णाली, लुम्बिनी प्रदेश क्यानका अध्यक्ष दुर्गा थापा, नेपाल क्रिकेट टिमका पुर्व खेलाडी शक्ति गौचन, अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज गेहेन्द्रप्रसाद ढकाल लगायतकाले खेलबाटै अनुशासनको विकास हुने भएको हुँदा स्वस्थ हुन, अनुशासित बन्न र देशका लागी पहिचान बनाउने खेलाडीलाई उनको क्षमता अनुसार पहिचान गरी खेल क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए । प्रतियोगीतामा देशभरका ८ वटा टिमको सहभागीता रहेको थियो ।