कोभिड–१९ बाट प्रभावित परिवारलाई खाद्य सामाग्री वितरण


दीपक शर्मा दीपक शर्मा   बिहीबार, मंसिर २३, २०७८
कोभिड–१९ बाट प्रभावित परिवारलाई खाद्य सामाग्री वितरण

बर्दिया २३ मंसिर : कोभिड–१९ बाट प्रभावित विपन्न बर्गका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएकोछ । चुजी फाउण्डेशनको आर्थिक सहयोगमा समुदाय विकास तथा सरोकार केन्द्र बर्दियाले खाद्यान्न राहत वितरण गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण दैनिक मजदुरी गरी जिविकोपार्जन गर्ने गुलरिया नगरपालिकाका एक सय घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नगर क्षेत्रमा रहेका कोभिड–१९ प्रभावित विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिँदा स्थानीय सरकारको लक्ष्य प्राप्तीमा सहयोग भएको बताए ।

‘नगरपालिकाले सवै संघसस्थासंग समन्वय गरी विपन्न वर्गको आर्थिक सामाजिक स्तर बृद्धिका लागी काम गरिरहेको छ, यसकिसिमको सहयोगले हामीलाई थप प्रोत्साहन गरेकोछ,’ उनले बताए ।

समुदाय विकास तथा सरोकार केन्द्रका अध्यक्ष शुसील लामिछानेले नगरपालिकासंगको समन्वयमा कोभड–१९ प्रभावित विपन्न परिवार पहिचान गरि खाद्यान्न वितरणका लागी चुजी फाउण्डेशनसंग सहकार्य गरिएको बताए । उनले उक्त फाउण्डेसनको सहकार्यमा बर्दियाका एक सय ५० घरपरिवारका लागी सहयोग प्राप्त भएको र जसमध्ये गुलरिया नगरपालिकाका एक घरपरिवार तथा बढैया गाउँपालिकाका ५० घर परिवारलाई राहत प्रदान गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले कोभिड–१९ को त्रास कायमै रहेको हुँदा सतर्कता अपनाउन आग्रह गर्दै खोप लगाउन छुटेकाले तत्काल खोपको व्यवस्था गरि विपन्न परिवारलाई राहतका प्याकेज प्रदान गर्ने कार्यले सकारात्मक भएको टिप्पणी गरे ।

राहत स्वरुप एक सय ५० घरपरिवारका लागी प्रतिपरिवार २५ किलो चामल, १० किलो पिठो, एक किलो मसुरोको दाल, एक किलो चना, एक लिटर खाने तेल, एक किलो नुन, एक किलो चिनी र ४ थान सावुन गरी जम्मा ३ हजार ७ सय ५० किलो चामल, एक हजार ५ सय किलो पिठो, एक सय ५० किलो दाल, एक सय ५० किलो चना, एक सय ५० लिटर खाने तेल, एक सय ५० किलो नुन, एक सय ५० किलो चिनि र ६ सय थान सावुन वितरण गरिएको समुदाय विकास तथा सरोकार केन्द्रका सचिव दीपक शर्माले जानकारी दिए । कार्यक्रममा गुलरिया नगरपालिकाका बरिष्ठ अधिकृत मुकुन्द अर्याल लगायतको पनि उपस्थिति रहेको थियो ।