नेपाली क्रिकेट टिमको प्रशिक्षकमा दसानायके दोस्रो पटक नियुक्त


नेपाली क्रिकेट टिमको प्रशिक्षकमा दसानायके दोस्रो पटक नियुक्त

नेपालगन्ज २५ मंसिरः नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके दोस्रो पटक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको हो ।

पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी–२० विश्वकप खेलेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।

क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । त्यसमध्ये क्यानडाका पुबुदुसँगै भारतका मोन्टी देसाइ प्रशिक्षकको होडमा अघि थिए । तर, अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो । नेपालले २०२२ को फेब्रुअरीमा टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । प्रशिक्षक पुबुदको पहिलो काम ग्लोबल छनोट हुनेछ ।