नेपालगन्ज : नेपालगन्जमा सम्पन्न दोश्रो मेयर कप जुडो प्रतियोगिताको उपाधी कम्दी डोजोले हात पारेको छ ।
नेपालगन्जको कारकाँदोस्थित जुडो हलमा शनिवार सम्पन्न प्रतियोगितामा कम्दी डोजोले ७ स्वर्ण, ५ रजत र ५ कास्य पदक प्राप्त गर्दै उपाधी जित्न सफल भएको हो ।
त्यसैगरि नेपालगन्ज डोजोले ४ स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्दै दोस्रो भयो । यस्तैे बसुदेवपुर डोजोले २ स्वर्ण, १ रजत र ६ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा नेपालगन्ज डोजोका चन्द्र बहादुर कुमाल पुरुषतर्फ र कम्दी डोजोकी कविता बुढाथोकी महिलातर्फ उत्कृष्ठ खेलाडी घोषित भए ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी एव मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका कार्यबाहक अध्यक्ष नरेन्द्र थापा, जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष आतंक बस्नेत, जुडो संघ बाँकेका अध्यक्ष पदम बुढाथोकी, कोषाध्यक्ष लक्ष्मी पोखरेल, नेपालगन्ज वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंह लगायतले टूफी, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।
प्रतियोगितामा २० महिला तथा ५२ पुरुष गरि कुल ७२ जना खेलाडीको सहभागीता रहेको आयोजक नेपालगन्ज उपमहानगरपालिकाले जनाएकोछ । बाँके जिल्ला जुडो संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको थियो ।