राष्ट्रिय सभामा विचाररुपी कार्तुस पड्काउनेछु : शर्मा

‘गठबन्धन छ भन्दैमा वैशाखको निर्वाचन सार्नु हुदैन’


राष्ट्रिय सभामा विचाररुपी कार्तुस पड्काउनेछु :  शर्मा

स्वागत तथा बधाई कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य युवराज शर्मा । तस्बिरः विजय मल्ल /सेतोखरी

नेपालगन्ज १४ माघ : राष्ट्रिय सभामा विचाररुपी कार्तुस पड्काउने नवनिर्वाचित सदस्य युवराज शर्माले बताएकाछन् ।

‘म संग विचाररुपी कार्तुस पहिले नै थियो, बन्दुकका रुपमा सदस्यता पाए, अब राष्ट्रिय सभामा विचाररुपी कार्तुस बर्साउनेछु’ काँग्रेस बाँकेले शुक्रबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित सदस्य शर्माले बताए ।

नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य शर्माले आफ्नो विगतलाई सम्झदै भने–‘आफु आन्दोलन र पार्टी गतिविधिमा सक्रिय रहेपनि राष्ट्रिय सभा सदस्य भइसकेपछि अलिकति चिन्ता थपिएको छ । यद्यपी विचाररुपी ज्ञानमा कमी छैन, त्यसको सही सदुपयोग गर्नेछु ।’

‘राजनीतिमा ‘पुस’ र ‘पुल’ महत्वपूर्ण रहन्छ, संविधान र प्रजातन्त्र संरक्षण गर्नु नै मेरो र हाम्रो पहिलो दायित्व हुन्छ’ शर्माले थपे–‘राष्ट्रिय सभा सदस्यको पद बोकेको छु, म अज्ञानी छु, मलाई केही थाहा छैन, आज म अलिकति चिन्तित छु ।’

Kanti Aarogya Hospital Nepalgunj

बाँके काँग्रेस पूर्व सभापति समेत रहेका शर्माले अगाडी थपे, ‘मैले संविधानको अध्ययन गर्नुप¥यो, ऐन/कानूनको अध्ययन गर्नुप¥यो, मैले पद त पाए, तर मैले कसरी यसको सदुपयोग गरुँ, मलाई आजैदेखि टेनसन भइसकेको छ ।’

आफ्नो फरक यात्रा बल्ल शुरु भएको र यो यात्रामा पनि म सफल हुने विश्वास ब्यक्त गर्दै शर्माले भने –‘म यो यात्रामा ठूलो नभएर असल मान्छे बनेर अगाडी बढ्नेछु, संविधानको रक्षाका लागि मैले काम गर्न सकुँ, प्रतिगमनलाई परास्त गर्न अगाडि बढ्नेछु,’ शर्माले भने ।

उनले संविधानको रक्षा गर्नका लागि भएपनि गठबन्धनभन्दा माथि उठेर वैशाखमै निर्वाचन हुनुपर्ने धारणा राखे । गठबन्धन छ भन्दैमा हामीले वैशाखको निर्वाचन सार्नु हुँदैन उनले जोड दिए ।

शर्माले काँग्रेसमा लागेर कोही काँग्रेस नबन्ने भन्दै काँग्रेसको आर्दश विपीले प्रतिबाद गरेको विपीबाद रहेको बताए । अहिलेपनि विपीले देखाएको पथमा सबै लाग्न नसकेकै कारण सत्ता, शक्ति, पद र स्वार्थका लागि काँग्रेस हुनेहरु काँग्रेस कदापी होइनन् उनले भने ।

यस्तै उक्त कार्यक्रममा काँगे्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीले ढिलै भएपनि शर्मालाई राष्ट्रिय सभामा पु¥याएर सम्मान दिएको बताए । ‘पार्टीले जसरी राष्ट्रिय सभामा पठाएको छ, म युवराज दाईलाई धेरै–धेरै बधाई र शुभकामना दिन्छु,’ उनले भने ।

पार्टीमा धैर्य गरेर बस्ने नेता र कार्यकर्ताले पक्कैपनि अवसर पाउँछन् भन्ने युवराज दाई सदस्य निर्वाचित भएर पार्टिमा नजिर बसेको उनले बताए । स्थानीय, प्रदेश र संघीय निर्वाचन नजिक आइरहेकाले सबै नेता, कार्यकर्ताहरु चुनावको तयारीमा जुट्नुपर्ने उनले बताए ।

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले प्रजातान्त्रिक लडाईको सिंगो इतिहासको रुपमा रहेका युवराज शर्मालाई पार्टीले अहिले राष्ट्रिय सभा जस्तो पदमा पु¥याउँदा यसले एउटा राम्रो सन्देश दिएको बताए ।

पञ्चायत कालमा नेपाली काँग्रेसको राजनीति गर्दा शर्मा थुप्रै पटक जेल जानुका साथै भौतिक रुपमा समेत यातना पाएको स्मरण गर्दै मन्त्री हमालले अहिलेको पार्टी नेतृत्वले न्याय गरेको बताए ।

पूर्वमन्त्री एवम् काँग्रेस बाँकेका पूर्वसभापति गजेन्द्र हमालले पार्टीमा लामो समयसम्म राजनीति गरेर पनि कुनै अवसर नपाउँदा धेरै दुःख पाएका शर्मालाई अहिले उचित मूल्यांकन भएको बताए । ‘युवराज दाईले धेरै दुःख पाउनु भएको थियो, नेपाली काँग्रेस सत्तामा आएको यतिका वर्ष भइसक्यो, तर युवराज दाईको नाम लिने कोही थिएन,’ उनले भने ।

कसैले कसैको राजनीतिलाई समाप्त पार्न चाहेपनि त्यो समाप्त नहुने र समयले मूल्यांकन गर्ने पूर्वमन्त्री हमालले बताए । ‘हामीहरुको जाँगर, जोश र हामीहरुको एकताको बलले नै युवराज दाई राष्ट्रिय सभा सदस्य बन्न सफल हुनु भएको छ,’ उनले भने, ‘जो पार्टीमा मरिमेटेर लागेको छ, उहाँहरुलाई तपाईले पनि अगाडि बढाउनु होला ।’

काँग्रेस बाँकेका सभापति किरण कोइरालाले विपी कोइरालाका अनुयायी युवराज शर्मा जस्ता व्यक्तिको पार्टीभित्र अहिले अभाव रहेको बताइन् ।

‘युवराज जीलाई सम्झिदाँखेरी मलाई कस्तो लाग्छ भने मलाई के लाग्छ भने विपीले आफ्नो समयमा आफ्ना कार्यकर्तालाई यस्तो मोटिभेसन गर्नु भएको रहेछ, अहिले मान्छे धेरै मेहेनत गर्न पनि चाहँदैनन्, विपीलाई साक्षी राखेर हिँडेका छन्, तर जुन निरन्तरता हुन्छ, जुन प्रतिबद्धता हुन्छ, जुन पार्टीप्रतिको लगाव हुन्छ, अब त पैसा चाहिन्छ, पद चाहिन्छ ।’

पार्टी र लोकतन्त्रप्रति निरन्तर प्रतिबद्ध भएर काम गरेका शर्मालाई कसैले पनि लान्छना लगाउन नसक्ने सभापति कोइरालाले बताइन् ।

पूर्व जिल्ला सभापति समेत रहेका शर्मा सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा हालै निर्वाचित भएका थिए । उनको स्वागत तथा सम्मानमा काँग्रेस बाँकेले शुक्रबार गरेको कार्यक्रममा बोल्ने अधिकांश नेताले शर्मालाई पार्टीले ढिलै भएपनि सही रुपले मूल्यांकन गरेको बताएका थिए ।