आफ्नो वडा जिताउन नसक्ने नेता पदमा बसिरहन सुहाउँदैन : राठौर


आफ्नो वडा जिताउन नसक्ने नेता पदमा बसिरहन सुहाउँदैन : राठौर

गुलरिया (बर्दिया) १७ माघ : नेपाली काँग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले १४ औं राष्ट्रिय महाधिवेशनबाट नेपाली काँग्रेसभित्र गुट–उपगुटको राजनीती अन्त्य भएको बताउँदै तीन वटै तहको निर्वाचनमा प्रतिबद्ध भएर लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएकाछन् ।

नेपाली काँग्रेस भित्र रहेको गुट–उपगुटको राजनीती १४ औं महाधिवेशनबाट अन्त्य भैसकेको बताउँदै उनले स्थानीय, प्रदेश तथा संघको निर्वाचनको लागी नेता तथा कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–७ मा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रममा बोल्दै राठौरले देशमा आमुल परिवर्तनका लागी नेपाली काँग्रेसको महत्वपुर्ण भुमिका रहेको सर्वविदितै छ, यसलाई जनमानसमा पुर्याउने काम नेता तथा कार्यकर्ताको जिम्मेवारी हो त्यसमा लाग्नुहोस् ।

काँग्रेसकै कारणले काँग्रेस पराजित भएको विगतको तीतो यथार्थतालाई सम्झिदै उनले भने –‘अब त्यो अवस्था पुनः दोहोरिदैन र दोहोर्याउनु पनि हुन्न । त्यसैले वडा, नगर तथा जिल्लामा रहेका नेताहरुले आफ्ना पार्टीका उमेदवारलाई जिताउन सक्नुपर्छ । त्यस्तो गन नसक्ने नेताले पद ओगेटेर बसिरहनु नैतिकताले पनि दिदैन ।’

Kanti Aarogya Hospital Nepalgunj

राजनीतीमा नैतिकता पनि आवश्यक हुन्छ, पछिल्लो पटक नेताहरुमा नैतिकता नभएकै कारण नागरिकले दुःख पाइरहेको सहमहामन्त्री राठौरले बताए ।

राठौरले पार्टीलाई समय नदिने कार्यकर्ता, जनताको भावना नबुझ्ने र संगठनभित्रै गुटउपगुटमा र पदमा रमाउने नेतालाई क्रियाशिल सदस्यहरुले तह लगाउन सक्नुपर्छ ।

शहीद दिवशका अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति अरुणप्रकाश सिंह राठौर, नेपाली काँग्रेसका महाधिवेशन महासमिति सदस्यद्वय जन्मजय तिमिल्सिना र रामचन्द्र थापाले नेपाली जनता अझँै पनि काँग्रेस प्रतिको विश्वास कायमै रहेको हुँदा वर्तमान नेपाली राजनीति संकटबाट पार लगाउने अभिारा काँग्रेसमै रहेको बताए ।

उनीहरुले आगामी निर्वाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याउने र त्यसका लागी कार्यकर्ताले उच्च मनोबलका साथ काम गर्न उनीहरले आग्रह समेत गरे ।

यसैगरि महाधिवेशन प्रतिनिधि एवम जनसम्पर्क समिति जापानका सह–महामन्त्री युवराज अधिकारीले काँग्रेस पार्टी भित्र भएका कमिकमजोरीलाई हटाउनका लागी गुटको राजनिति हावि हुन नदिनुपर्नेमा जोड दिए ।